NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

विश्वकपमा तहल्का पिट्ने टोलीमा खड्कियो मेसी, नेयमार र स्वारेजको अभाव !

बुधबार भदौ २६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
विश्वकपमा तहल्का पिट्ने टोलीमा खड्कियो मेसी, नेयमार र स्वारेजको अभाव !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ भदौ, विराटनगर । 

क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटतर्फ बुधबार बिहान अप्रत्याशित नतिजा आयो । आगामी दुई वर्षपछि हुने विश्वकपमा छनोट हुनेगरी आज दक्षिण अमेरिकी राष्ट्रहरूले आठौं चरणका खेल खेलेका थिए, जसमा बलियो भनिएका टिमहरूले जित्न सकेनन् ।

कोलम्बिया घरेलु मैदानमा साविक विजेता अर्जेन्टिनालाई २-१ गोलले हराएर बदला लिन सफल भयो । कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

Advertisement

दुई महिनापछि कोलम्बिया र अर्जेन्टिनाले फेरि एकपटक खेलेका थिए, जसमा कोलम्बियाले अर्जेन्टिनासँग बदला लिएको हो । घरेलु मैदानमा कोलम्बियालाई जिताउन यर्सन मस्क्युरा र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरे । अर्जेन्टिनाका निकालेस गोन्जालजले गरेको गोल सान्त्वना बन्यो ।

अर्को खेलमा ब्राजिल पाराग्वेसँग १-० गोलले स्तब्ध बन्यो । घरेलु मैदानमा पाराग्वेका लागि डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । हुन त ब्राजिल पछिल्लो चार खेलमा एक जितमात्रै हासिल गर्न सफल भएको छ । यसअघि ब्राजिलले यही नतिजामा इक्वेडरलाई पराजित गर्दै लय समात्ने प्रयास गरेको थियो । तर, यो हारसँगै ब्राजिल पुन: खराब लयको शिकार हुन पुगेको छ ।

विश्वकपको पहिलो संस्करणको विजेता हो, उरुग्वे । सन् १९५० मा विश्वविजेता बनेको उरुग्वे विश्वकपमा तहल्का पिट्ने दक्षिण अमेरिकी राष्ट्रहरूमध्येको एक हो । तर, बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न विवस भयो ।

उरुग्वेले पनि बराबरी खेल्दा दक्षिण अमेरिकी छनोटतर्फ बलिया मानिएका तीन टोलीले नै जितविहीन बनेका हुन् । बराबरीसँगै तेस्रो स्थानको उरुग्वले आठ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग १८ अंक छ भने कोलम्बियासँग १५ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिल भने १० अंकसहित पाँचौं स्थानमा छ ।

विश्वकप छनोट खेलमा यी तीनै देशका स्टार खेलाडी छैनन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका नेयमारले चोटका कारण आफ्नो राष्ट्रका लागि खेल्न पाएका छैनन् । अघिल्लो खेलबाटै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका उरुग्वेका लुइस स्वारेज भने अब टोलीमा हुने छैनन् । यसरी हेर्दा ब्राजिल, अर्जेन्टिना र उरुग्वेमा अनुभवी तथा स्टार स्ट्राइकरहरूको अभाव पो खड्किएको हो कि भन्ने आँकलन गर्न सकिन्छ ।

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपका देशहरूले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् । युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् ।

युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

सन् २०२६ मा पहिलोपटक ४८ टोलीको सहभागितामा विश्वकप आयोजना हुने छ, जसमा दक्षिण अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । ७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

Tags: #विश्वकप छनोट #फुटबल

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.