×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

ह्यारिससँग बहस गर्न किन डराए ट्रम्प ?

२८ भाद्र २०८१

२८ भदौ ,एजेन्सी ।

अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिकबाट राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा आएपनि अस्वीकार गरेको आरोप लगाएका छन् ।

तर ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताएकी छन् । बहस पर्यवेक्षकहरूको सिएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ । फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् ।

पाँच जनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाएका छन् । स्वतन्त्र पर्यवेक्षकहरुले भने ट्रम्प ह्यारिसको प्रतिरक्षामा रहेको विश्लेषण गरेका छन् ।

यो राजनीतिक बहसले अमेरिकी जनतालाई जुनमा बाइडेन र ट्रम्पबीच भएको अन्तिम बहसपछि नाटकीय रूपमा परिवर्तन भएको अभियानलाई हेर्ने मौका दिएको छ। बहसका क्रममा दुवै उम्मेदवारले अमेरिकी अर्थतन्त्र, गर्भपतन र आप्रवासनका विषयमा आ–आफ्ना विचार व्यक्त गरे र एकअर्कालाई प्रहार गरे ।

जब कमला ह्यारिसले अमेरिकी मध्यम वर्गको लागि आफ्नो योजनाको बारेमा कुरा गरिन्, ट्रम्पले विदेशी सामानहरूमा कर बढाउन जोड दिए । राष्ट्रपतिको बहसको उद्घाटन गर्दै ह्यारिसले अर्थतन्त्र र बढ्दो मुद्रास्फीतिबाट चिन्तित अमेरिकी परिवारहरूलाई सहयोग गर्ने योजना रहेको बताइन् ।

ट्रम्पले अर्थतन्त्रको मुद्दामा बाइडेन प्रशासनलाई घेरेका थिए र विदेशबाट आयातमा कर लगाउने कुरा गरे। पूर्व राष्ट्रपतिले अमेरिकामा बढ्दो आप्रवासन नै देशको आर्थिक कठिनाइको लागि जिम्मेवार रहेको बताए । उनले आप्रवासनहरुले कुकुर विरालाहरु समेत खाइरहेको भन्दै गम्भिर आरोप लगाए ।

ट्रम्पको यो अभिब्यक्ति अहिले अमेरिकामा ट्रोल बनेको छ । कमला ह्यारिसले क्यापिटल हिल हिंसाको सन्दर्भमा भनिन्, ’त्यस दिन संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले हाम्रो राष्ट्रको क्यापिटलमा आक्रमण गर्न, हाम्रो राष्ट्रको क्यापिटललाई अपमान गर्न एक हिंसक भीडलाई उक्साए।’

यसमा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरू जनवरी ६, २०२१ मा क्यापिटलतर्फ सरेको स्वीकार गरे । निक्कै रोचक देखिएको डिबेटमा ट्रम्पले कमला पनि राष्ट्रपति जो बाइडेन जस्तै भएको टिप्पणी गरे । उनले अमेरिकाका लागि नयाँ पुस्ताको लिडरसिपको विकासमा आफूले काम गर्ने प्रतिबद्धता जनाइन् ।

ट्रम्पले बाइडेन प्रशासनको आलोचना गर्दा कमलाले बाइडेनविरुद्ध नभएर आफूविरुद्ध चुनाव लडिरहेको उनलाई सम्झाएकी थिइन् । यस्तै डिबेटमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्नसक्ने बताए । ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस–युक्रेनमा युद्ध नै नहुने टिप्पणी गरे ।

ह्यारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुने थिए भन्दै टिप्पणी गरिन् । उनले बाइडेन प्रशासनमा सीमा खुकुलो हुँदा कयौं आप्रवासी अवैध रुपले अमेरिका प्रवेश गरेको र देश असुरक्षित बनेको बताए ।

उनले आफू राष्ट्रपति भएको भए इजरायलको युद्ध पनि हुने थिएन भन्दै बाइडेनको आलोचना गरे । ह्यारिसले आफ्नो ध्यान भविष्यमा रहेको र ट्रम्पको ध्यान विगतमा रहेको बताइन् । ट्रम्पले भने ह्यारिसको नीतिहरूको सूचीको कुनै अर्थ नभएको बताए ।

उनले नोभेम्बरमा कमला ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने बताए । अब ट्रम्पले ह्यारिससँग अन्य बहस नगर्ने घोषणा गरेपछि संभवत यही बहसकै आधारमा अमेरिकी मतदाताले नोभेम्बर ५ मा नयाँ अमेरिकी राष्ट्रपति चुन्नेछन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top