×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

अरनिकोले आयोजना गरेको कविता प्रतियोगितामा आयुष पहिलो

२८ भाद्र २०८१

२८ भदौ, विराटनगर ।

विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको कवितामा आयुष पोखरले प्रथम भएका छन् । कलेजले विद्यार्थीभित्रको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नेपाली र अंग्रेजी भाषाको कविता प्रतियोगितामा आयोजना गरेको थियो ।

कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ६० जनालाई पछि पार्दै आयुष प्रथम भएका हुन् । उनले ‘म चोर बन्न चाहन्छु’ शीर्षकको कविता वाचन गरेका थिए ।

त्यस्तै ‘म र मेरी आमा’ शीर्षकको कविता वाचन गरेर मनास्लु कोइराला द्वितीय हुँदा ‘मेरो देश’ शीर्षकको कविता वाचन गर्ने सौरभ कटवाल, ‘हामी फेरि एक्लै’ शीर्षकको कविता वाचन गर्ने प्रेरणा मेहता र ‘नारीको व्यथा’ कविता वाचन गर्ने गौशिका थापा तृतीय भए ।

त्यस्तै आयुष्मा खतिवडा र आनिया उप्रेतीले सान्त्वना स्थान प्राप्त गरे । आयुष्माले ‘बुवाको मनको आवाज’ र कविता वाचन आनियाले ‘बालअधिकार’ शीर्षकको कविता वाचन गरेका थिए ।

नेपालीतर्फको प्रतियोगितामा साहित्यकार भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार कविता केशरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै अंग्रेजीतर्फको निर्णायक कलेजका शिक्षक भरतराज दाहालले गरेका थिए ।

प्रतिस्पर्धामा विजयी विद्यार्थीलाई निर्णायकसहित कलेजका संस्थापक तथा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्राचार्य राजेश कार्की, संयोजक विकास खनाल, निर्देशक उमेन्द्रविलाश लुइँटेललगायतले पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरेका थिए । शिक्षिकासमेत रहेकी कवि अम्विका खरेल उप्रेतीले अप्रतियोगी कविता वाचन गरेकी थिइन् ।

विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि कलेजले हरेक वर्ष खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै आएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । कलेजमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै आन्तरिक छनौटबाट छानिएका विद्यार्थीलाई प्रतिस्पर्धा गराइएको उनको भनाइ थियो । कार्यक्रमका वक्ताहरुले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top