२९ भदौ, एजेन्सी ।
साउदी प्रो-लिग क्लब अल नासरले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नौ सय गोलको उत्सव मनाएको छ । ३९ वर्षीय रोनाल्डोले युरोपियन नेसन्स लिगअन्तर्गत क्रोएसियासँगको खेलमा गोल गर्दै करिअरको नौ सय गोल पूरा गरेका थिए ।
अन्तर्राष्ट्रिय ‘ड्युटी’ सकेर प्रो-लिगलाई निरन्तरता दिएका रोनाल्डोले शुक्रबार राति अल अहलीसँग खेलेका थिए । जसमा रोनाल्डोलाई सर्वकालीन महान् खेलाडी (गोओएटीओ) लेखेको जर्सी दिइएको थियो । जर्सीमा ९०० लेखिएको थियो ।
स्टेडियममा विशाल ब्यानर नौ सय गोल लेखिएको थियो । नासरले ‘हिरोले मात्र यस्तो उपलब्धि’ बनाउन सक्छ भन्ने सन्देश राखेर विभिन् दृष्य देखाएको थियो ।
घरेलु मैदान अल अवाक पार्कमा सेलिब्रेसनपछि खेलाइएको उक्त खेलमा अल नासरले अल अहलीसँग अल अहलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औं मिनेटमा अल अहलीका लागि फ्र्यांक किस्सेले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगियो ।
यो खेलमा भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । यसअघिका दुवै खेलमा रोनाल्डोले एक-एक गोल गरेका थिए ।
समग्रमा रोनाल्डोले करिअरको नौ सय एक गोल गरेका छन् । करिअरको हजार गोल पुर्याउने लक्ष्यमा रहेका रोनाल्डो विश्वभरका ४८ वटा राष्ट्रविरुद्ध गोल गर्ने एक मात्र खेलाडी पनि हुन् ।
रियल मड्रिडका लागि ४५० गोल गर्दा म्यानचेस्टर युनाइटेडबाट १४५, पोर्चुगलका लागि १३१, युभेन्टसका लागि १०१ र अल नासरका लागि ६८ गोल गरेका उनले बाल्यकालका बेला स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका थिए ।
Over 900 reasons to celebrate: the GOAT is home 🐐🎉 pic.twitter.com/8nJvAFEb7v
— AlNassr FC (@AlNassrFC_EN) September 13, 2024