एमालेका सांसद ढकालले भने : देशद्रोही मेटमणिलाई मुद्दा लगाउनुपर्छ

३० भदौ ८१, सोमबार

३१ भदौ, काठमाडाैं ।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका सांसद मेटमणि चौधरीलाई देशद्रोही मुद्दा लगाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आफ्नो धारणा राख्दै उनले चौधरीले संविधानविरोधी र राष्ट्रघाती अभिव्यव्यक्ति दिएकाले कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘एकजना पूर्वमन्त्री, पार्टीका पदाधिकारीले एउटा संचारमध्यममा आफ्नो विचार राख्ने सन्दर्भमा लिम्पियाधुरा र लिपुलेक भारतको हो । उसको दाबी पुग्छ भन्ने विचार व्यक्त गर्नुभयो । यो संविधानविरोधी र गैरजिम्मेवार अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु । यो अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही कुरा हो । राष्ट्रिय स्वतन्त्र र भौगोलिक अखण्डतालाई खण्डित गर्ने कुरा हो । तीन करोड जनतालाई अपमानित गर्ने कुरा हो । विदेशीलाई खुखी बनाउने कुरा हो ।’

सांसद ढकालले संसद्‌बाट सर्वसम्मत पास भएर संविधानको अनुसूचीमै लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट भएपनि त्यसविरुद्ध त्यसरी बोल्नेलाई देशद्रोहीको मुद्दा लगाउन माग गरेका छन् । ‘संसद्‌बाट सर्वसम्मत पास भई संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयलाई यो नेपालको भूभाग होइन भनेर अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्दा लगाइयोस्,’ उनले भनेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top