भारतले युक्रेनलाई हतियार पठाएकै हो ?

४ असोज , विराटनगर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिंगटनमा युक्रेनलाई लिएर छलफल चलिरहेका बेला मस्को पुगेर पुटिनसंग अंकमाल गर्दै जसरी पश्चिमालाई झट्का दिए, त्यसको एक महिना पनि वित्न नपाउँदै मोदीले किभ पुगेर जेलेन्स्कीलाई भेट्दै रुस समेतलाई चकित पारेका थिए ।

यो संदर्भ ताजै रहेका बेला अहिले भारतले युक्रेनलाई हतियार दिएको भन्ने नयाँ चर्चाले पनि विश्व राजनीति तताएको छ । भारतीय हातहतियार युरोपको बाटो भएर युक्रेनमा पठाइएको दाबीसहित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले खबर छापेको छ ।

तर भारतले त्यसलाई ठाडै अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले यसलाई खारेज गरेको छ । तर भारतीय हतियार निर्माताहरूको तर्फबाट युद्ध सामाग्री युरोपका ग्राहकहरूलाई बेचिएको र ती हतियार युक्रेन गएको थाहा पाएपछि रुसले विरोध गरेको भन्दै १९ सेप्टेम्बरमा रोयटर्सले समाचार छापेको थियो ।

Advertisement

खबरमा बताइएअनुसार रुसले विरोध गर्दागर्दै पनि भारतले यसमा कुनै रोक लगाएन । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने बिहीबार यो खबरबारे भने– ‘हामीले रोयटर्सले छापेको समाचार हेर्यौं । यो खबर काल्पनिक र भ्रमित गराउने खालको छ ।

खबरमा भारतको तर्फबाट नियमहरूको उल्लङ्घन गरेको कुरा गरिएको थियो, जुन गलत हो ।’ विदेश मन्त्रालयको विज्ञप्तिअनुसार सैन्य र अन्यमा प्रयोग हुने वस्तु निर्यातमा अन्तर्राष्ट्रिय कानुन मान्ने मामिलामा भारतको ट्र्याक रेकर्ड दागरहित छ ।

Advertisement

भारतले आफ्नो सैन्य हतियारको प्रसारको मामिलामा तय भएको अन्तर्राष्ट्रिय जिम्मेवारी र प्रमाणीकरणलाई ध्यान दिने पनि विज्ञप्तिमा भनिएको छ । रोयटर्सले भने समाचारमा भारतीय, युरोपेली र रक्षा उद्योगसँग सम्बन्धित अधिकारीसँगको कुराकानीको आधारमा त्यस्तो दाबी गरेको थियो ।

रुस विरुद्ध युक्रेनको प्रतिरक्षालाई यस्तो खालको समर्थन एक वर्षभन्दा बढी समयदेखि दिइरहेको समाचारमा स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको थियो । रोयटर्सको रिपोर्टका अनुसार जुलाईमा जब भारतीय विदेश मंत्री एस जयशंकर र रूसी विदेश मंत्री सर्गेई लाभरोफले भेट गरेका थिए, त्यतिबेला नै यो मुद्दामा कुरा भएको हो ।

भारतीय विदेश मंत्रालयले यो रिपोर्टमा गरिएको दाबीलाई झुटो भनेको छ । तर रूस र भारतका रक्षा मंत्रालयका तर्फबाट रोयटर्सले सोधेको प्रश्नको उत्तर दिएको छैन । गत जनवरीमा जायसवालले भनेका थिए, ’’भारतले आर्टिलरी शेल्स यूक्रेनमा न पठाएको छ न त बेचेकै छ’’ । यस्तै भारतका रक्षा मंत्री राजनाथ सिंहले अगस्टमा भनेका थिए, ’’भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा २.५ अर्ब डलर पार गर्यो । भारत यसलाई २०२९ मा ६ अर्ब डलरभन्दा माथि पुर्याउन चाहान्छ’’ ।

भारतमाथि युक्रेनलाई हतियार बेचेको आरोप लागिरहँदा स्वयं भारतले भने हतियारको आवस्यकता पूर्तीका लागि रुसको सहयोग लिइरहेको छ । रोयटर्सकै रिपोर्टमा भनिएको छ, भारतको हतियार आयातमा रुसले ६० प्रतिशत भन्दा धेरै स्थान ओगटेको छ । भारतीय वायुसेना रूसी सुखोई एसयू–३० एमकेआई, मिग–२९ र मिग–२१ लडाकू विमानहरुमा निर्भर छ ।

यसका साथै आईएल–७६ र एंटोनाभ एएन–३२ ट्रांसपोर्ट विमान, एमआई–३५ र एमआई–१७ वी ५ हेलिकप्टर र एस–४०० वायु रक्षा प्रणाली पनि रुसी नै हुन् । भारतको सेनाले रूसी टी–७२ र टी ९० युद्धक ट्यांकहरुको पनि प्रयोग गर्छ । नौसेनाको आईएनएस विक्रमादित्य विमान वाहक पोत पहिले एडमिरल गोर्शकोभ थियो ।

यद्यपि, भारतको रक्षा मंत्रालयका अनुसार, भारतबाट ८४ देशहरुमा डिफेंस निर्यात भइरहेको छ । यी देशहरुमा यूक्रेनको नाम पनि सामेल छ । भारतले रक्षा क्षेत्रमा जुन सामाग्रिहरुको आपूर्ति गर्छ त्यसमा बुलेट प्रूफ ज्याकेट र हेलमेट जस्ता सामानहरु रहेका छन् ।

भारतलाई यूक्रेनले सिधै पठाउने कुरा चाहीँ फायर आर्म कम्पोनेन्ट हो । यूक्रेनमाथि रुसी आक्रमण सुरु भएपछि पश्चिमी देशहरुले रूसमाथि कयौं प्रतिबंधहरु लगाएका छन् । तर यी प्रतिबंधहरुका बावजूद भारतले रूसबाट तेल किन्न जारी राखेको छ । भारतलाई यसले फाइदा पनि पुगेको छ ।

यूरोपेली देशहरुले रूसी तेल भारतका मार्फत किनिरहेका छन् । योबीचमा भारत एउटा ठूलो सप्लायर देश नै बन्न पुगेको छ । युक्रेनलाई भारतले पनि हतियारहरु पठाएको चर्चाका बीच फेरि अमेरिकी राष्ट्रपति जो बाइडेनले २६ सेप्टेम्बरमा आफ्ना यूक्रेनी समकक्ष भोलोदिमिर जेलेंस्कीसंग व्हाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् ।

उपराष्ट्रपति कमला ह्यारिस पनि व्हाइट हाउसमा जेलेन्स्कीका साथमा छुट्टै बैठकमा बस्ने भएकी छन् ।दुवै पक्षका नेताहरुले यस क्रममा रूस र यूक्रेन युद्धको स्थितिबारे चर्चा गर्ने भनिएको छ । सो क्रममा यूक्रेनको रणनीतिक योजना र रूसी आक्रामकताविरुद्ध किभको रक्षामा अमेरिकाको समर्थनमाथि कुराकानी हुने बताइएको छ ।

व्हाइट हाउसकी प्रेस सचिव क्यारीन जीन–पियरेले यसबारे जानकारी दिएकी हुन् । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top