×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

नेपाल प्रिमियर लिगः अक्सनका लागि खेलाडी दर्ता खुला

५ आश्विन २०८१

५ असोज , काठमाण्डौ।

नेपाल प्रिमियर लिगको अक्सनका लागि खेलाडी दर्ता प्रकृया खुला भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूका लागि दर्ता प्रकृया खुला गरेको हो । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुल्ला गरेको हो ।

प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुनेछ । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन् । अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration लिंकमार्फत आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।

अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई ए, बी, सी गरी तीन श्रेणीमा विभाजन गरिएको हुँदा खेलाडीहरूले आफ्नो इच्छा अनुरुप कुनै पनि श्रेणीमा नाम दर्ता गर्न सक्नेछन् । दर्ता शुल्क प्रति खेलाडी एक हजार तोकिएको छ ।

दर्ता गर्ने अन्तिम समय असोज १२ गते सम्म रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ ।

एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानका प्रबक्ता छुम्बी लामा बताउँछन् । बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् ।

१० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।

दसैंअघि नै खेलाडीको अक्सन हुने बताइएको छ । यसअघि क्यानले ८ मार्की खेलाडी घोषणा गरिसकेको छ । ती बाहेकका खेलाडीलाई अक्सनमार्फत छानिनेछ । विदेशी खेलाडी भने टिमहरुले सम्झौता गरेर सिधै अनुबन्धन गर्न पाउने छन् ।

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top