×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

थरीथरीका समर्थकः कोही ट्रक जलाउन, कोही हाईहाई गर्ने

७ आश्विन २०८१

७ असोज, काठमाण्डौ ।

नेपालमा जति दलका नेताहरुमाथि प्रश्न उठ्छ, उति नै उनीहरुका समर्थकहरु पनि आफ्ना व्यवहारका कारण आलोचनाको घेरामा आउने गरेका छन् । नेता चाहे दलका हुन् वा स्वतन्त्र, यदि उनीहरुमा उदण्ड स्वभाव झल्किन्छ भने त्यसको प्रतिविम्ब समर्थकहरुमा अवस्य देखिने गरेको छ ।

Advertisement
Advertisement

अझ दोब्बर परिमाणमा । प्रायः समर्थकहरु अलि उग्र, अलि, उदण्ड, अलिबढी आक्रामक नै देखिदै आएका छन् । यहाँ सडकमा मात्रै होइन बढ्दो सामाजिक संजालको प्रयोगले सामाजिक संजालमा समेत समर्थकले एकअर्काका नेतालाई सके खरानी बनाउने किसिमले प्रस्तुत हुने गरेका पनि देखिन्छन् ।

सडकमा मासमा रहेका बेला त त्यो स्वभाविक जस्तै हुने भैगयो । अहिले पनि केही नेताहरुका समर्थकहरुको उग्ररुप देखिन थालेको छ । हिजो एकैदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ग्यालेक्सी टेलिभिजनका संचालकमध्येका एक तथा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परे ।

त्यसको केही समयपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न प्रहरीले तयारी गरेको जस्ता खबर बाहिरिए । यी सबका बीच नेताहरुका आआफ्ना समर्थकहरु सक्रिय भए । कोही नेताको हाईहाईमा देखिए त कसैले सवारी साधनमा आगो लगाए ।

त्यो पनि नेपालको होइन भारतीय ट्रकमा । अदालतले तीन दिनका लागि हिरासतमा राख्नु भनेका दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे । तर उनीहरुको आह्वान खासै प्रभावकारी देखिएको छैन । सवारीका साधन निर्बाध चलेका छन् ।

तर प्रसाईं पक्राउ परेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले भने राती ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् । उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हन् । यस्तै प्रसाईंका समर्थकहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा पनि आगो लगाएका छन् । यसै गरी उनका समर्थकहरूले झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ ।

प्रहरीका अनुसार ३ वटै ट्रकमा प्रसाईँका समर्थकले आगजनी गरेका हुन् । प्रसाईं पक्राउ परेसँगै रिहाइको माथ राख्दै उनका समर्थकहरूले झापा बन्दको आव्हान गरेका हुन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका नाममा उनीहरूले आन्दोलन समेत सुरु गरेका छन् ।

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् ।

यसअघि पनि प्रसाईलाई पक्राउ पुर्जी जारी गरिएकोमा त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । उनीहरुले झापाको दमकमा, सर्लाहीको लालबन्दीमा प्रदर्शन गरेका थिए । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको थियो ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको थियो । यद्यपि उनी भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परे । उनीमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोप छ । पक्राउ परेका प्रसाईं भने अस्पताल भर्ना भएका छन् ।

यता रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले काठमाडौंको केन्द्रिय कार्यालयमा र पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् । हिजो साँझदेखि नै रास्वपाको केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौँको चःमतीस्थित कार्यालयमा भेला भएका नेता–कार्यकर्तालाई सजक र संयमित रहन नेतृत्वले आग्रह पनि गरेको छ । समर्थकहरुले रवि दाइ हाई हाई, हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

लामिछानेका व्यापारिक साझेदार छविलाल जोशी बन्जाडे पक्राउ परेपछि रास्वपाले उपलब्ध नेता–कार्यकर्ता पार्टी कार्यालयमा जम्मा हुन सन्देश पठाएको थियो । शनिबार राति चीन भ्रमणमा गएका नेताहरूको टोली पनि स्वदेश फर्किँदै छ ।

सभापति लामिछाने पनि पक्राउ पर्ने आकलन पार्टीका नेता–कार्यकर्ताहरूले गरेका छन् । यता पोखरामा पनि समर्थकहरुको भीड लागेको छ । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड पनि बोकेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने बताएका छन् । यसैबीच सूर्यदर्शन सहकारी पीडित बचकर्ताले भने रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । एकातिर पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने अर्कातिर रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । उता सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल बन्जाडे जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका उनलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो। काठमाडौँबाट पक्राउ परेका जोशीलाई राति सवा ९ बजे पोखरा पु¥याइएको थियो।

पोखरा महानगरपालिका वडा नं ४, नालाकोमुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगीसम्बन्धी कसुरमा संलग्न रहेको कारण छविलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्य व्यक्तिहरूउपर हालसम्म पक्राउ पुर्जी जारी नगरेको पनि कास्की प्रहरीले विज्ञप्तिमार्फत भनेको छ। केही दिनअघि इन्द्र जात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकहरुलाई भने शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको थियो ।

Advertisement

त्यसअघि प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी गर्ने बालेका समर्थकलाई भने पक्राउ गरेर मुद्यासमेत चलाइएको छ । नेताहरुका समर्थकहरु सडकदेखि सामाजिक संजालसम्मै एकअर्कामाथि खनिदै आएका छन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top