NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

थरीथरीका समर्थकः कोही ट्रक जलाउन, कोही हाईहाई गर्ने

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
थरीथरीका समर्थकः कोही ट्रक जलाउन, कोही हाईहाई गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ असोज, काठमाण्डौ ।

नेपालमा जति दलका नेताहरुमाथि प्रश्न उठ्छ, उति नै उनीहरुका समर्थकहरु पनि आफ्ना व्यवहारका कारण आलोचनाको घेरामा आउने गरेका छन् । नेता चाहे दलका हुन् वा स्वतन्त्र, यदि उनीहरुमा उदण्ड स्वभाव झल्किन्छ भने त्यसको प्रतिविम्ब समर्थकहरुमा अवस्य देखिने गरेको छ ।

अझ दोब्बर परिमाणमा । प्रायः समर्थकहरु अलि उग्र, अलि, उदण्ड, अलिबढी आक्रामक नै देखिदै आएका छन् । यहाँ सडकमा मात्रै होइन बढ्दो सामाजिक संजालको प्रयोगले सामाजिक संजालमा समेत समर्थकले एकअर्काका नेतालाई सके खरानी बनाउने किसिमले प्रस्तुत हुने गरेका पनि देखिन्छन् ।

LS Auto

सडकमा मासमा रहेका बेला त त्यो स्वभाविक जस्तै हुने भैगयो । अहिले पनि केही नेताहरुका समर्थकहरुको उग्ररुप देखिन थालेको छ । हिजो एकैदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ग्यालेक्सी टेलिभिजनका संचालकमध्येका एक तथा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परे ।

त्यसको केही समयपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न प्रहरीले तयारी गरेको जस्ता खबर बाहिरिए । यी सबका बीच नेताहरुका आआफ्ना समर्थकहरु सक्रिय भए । कोही नेताको हाईहाईमा देखिए त कसैले सवारी साधनमा आगो लगाए ।

त्यो पनि नेपालको होइन भारतीय ट्रकमा । अदालतले तीन दिनका लागि हिरासतमा राख्नु भनेका दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे । तर उनीहरुको आह्वान खासै प्रभावकारी देखिएको छैन । सवारीका साधन निर्बाध चलेका छन् ।

तर प्रसाईं पक्राउ परेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले भने राती ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् । उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हन् । यस्तै प्रसाईंका समर्थकहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा पनि आगो लगाएका छन् । यसै गरी उनका समर्थकहरूले झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ ।

प्रहरीका अनुसार ३ वटै ट्रकमा प्रसाईँका समर्थकले आगजनी गरेका हुन् । प्रसाईं पक्राउ परेसँगै रिहाइको माथ राख्दै उनका समर्थकहरूले झापा बन्दको आव्हान गरेका हुन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका नाममा उनीहरूले आन्दोलन समेत सुरु गरेका छन् ।

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् ।

यसअघि पनि प्रसाईलाई पक्राउ पुर्जी जारी गरिएकोमा त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । उनीहरुले झापाको दमकमा, सर्लाहीको लालबन्दीमा प्रदर्शन गरेका थिए । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको थियो ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको थियो । यद्यपि उनी भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परे । उनीमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोप छ । पक्राउ परेका प्रसाईं भने अस्पताल भर्ना भएका छन् ।

यता रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले काठमाडौंको केन्द्रिय कार्यालयमा र पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् । हिजो साँझदेखि नै रास्वपाको केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौँको चःमतीस्थित कार्यालयमा भेला भएका नेता–कार्यकर्तालाई सजक र संयमित रहन नेतृत्वले आग्रह पनि गरेको छ । समर्थकहरुले रवि दाइ हाई हाई, हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

लामिछानेका व्यापारिक साझेदार छविलाल जोशी बन्जाडे पक्राउ परेपछि रास्वपाले उपलब्ध नेता–कार्यकर्ता पार्टी कार्यालयमा जम्मा हुन सन्देश पठाएको थियो । शनिबार राति चीन भ्रमणमा गएका नेताहरूको टोली पनि स्वदेश फर्किँदै छ ।

सभापति लामिछाने पनि पक्राउ पर्ने आकलन पार्टीका नेता–कार्यकर्ताहरूले गरेका छन् । यता पोखरामा पनि समर्थकहरुको भीड लागेको छ । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड पनि बोकेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने बताएका छन् । यसैबीच सूर्यदर्शन सहकारी पीडित बचकर्ताले भने रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । एकातिर पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने अर्कातिर रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । उता सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल बन्जाडे जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका उनलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो। काठमाडौँबाट पक्राउ परेका जोशीलाई राति सवा ९ बजे पोखरा पु¥याइएको थियो।

पोखरा महानगरपालिका वडा नं ४, नालाकोमुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगीसम्बन्धी कसुरमा संलग्न रहेको कारण छविलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्य व्यक्तिहरूउपर हालसम्म पक्राउ पुर्जी जारी नगरेको पनि कास्की प्रहरीले विज्ञप्तिमार्फत भनेको छ। केही दिनअघि इन्द्र जात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकहरुलाई भने शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको थियो ।

त्यसअघि प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी गर्ने बालेका समर्थकलाई भने पक्राउ गरेर मुद्यासमेत चलाइएको छ । नेताहरुका समर्थकहरु सडकदेखि सामाजिक संजालसम्मै एकअर्कामाथि खनिदै आएका छन् ।

Tags: #काठमाडौंमा रविको हाईहाई#पोखरामा रविलाई पक्राउ गर्न माग

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.