×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

३ बैशाख २०८३

३ वैशाख , काठमाण्डौ।

नेपालमा फेरि इन्धनको मूल्यबृद्धि गरिएको छ । लगातारको मूल्यवृद्धिले आम उपभोक्ताको जीवनयापन झन् कठिन बन्दै गएको छ। सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी समायोजन गरेको छ, जसले जनजीवनमा थप आर्थिक दबाब सिर्जना गर्ने निश्चित देखिएको छ।

Advertisement
Advertisement

नेपाल आयल निगम ले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल वाहेक डिजेल, मट्टितेल र हवाई इन्धनमा एकैपटक उल्लेख्य मूल्यवृद्धि गरेको खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौ्रं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको एकैपटक अत्यधिक मूल्यवृद्धि गरेको छ ।

निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल–मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । निगमले गएको चैत ३० गते पनि पेट्रोल, डिजेल÷मट्टीतेलको मूल्य बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

उता बुधबार भने एसियाली कारोबारमा तेलको मूल्यमा केही कमी आएको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प प्रशासन र इरानबीच नयाँ शान्ति वार्ताको सम्भावनाले ऊर्जा आपूर्तिमा थप अवरोध हुने चिन्ता कम भएपछि भाउ घटेको हो । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको मूल्य बुधबार घटेर प्रति ब्यारेल ९४ डलर ८८ सेन्टमा आएको छ भने अमेरिकी बजारमा कारोबार हुने वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि १ दशमलव ७ प्रतिशतले घटेर ९७ डलर ४ सेन्टमा झरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिसतानमा इरानसँग वार्ता हुने बताएका छन् । यसअघि, अमेरिका र इरानबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्ने आदेश दिएका थिए, जसका कारण तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो ।

Advertisement

यद्यपि इरान–अमेरिका तनावका कारण इरानमाथि अमेरिकी नाकान्दी र होर्मुज क्षेत्र अस्थिर बनेपछि तेल आपूर्तिमा असर परेर विश्व बजारमा लगातार मूल्य वृद्धि भइरहेको छ । पश्चिम एशियामा देखिएको तनावको असर नेपालसम्म परेको छ । दैनिक उपभोग्य वस्तुहरूदेखि इन्धनसम्मको मूल्य लगातार बढ्दै जाँदा महँगीको चपेटामा परेका नागरिकहरू अब ढाडै सेकिने अवस्थाको पीडा व्यक्त गर्न थालेका छन्।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top