×

NEPAL TIMES UPDATES

Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

२ बैशाख २०८३

२ वैशाख, काठमाण्डौ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो ।

Advertisement
Advertisement

विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ । लामो समयदेखिको अनुसन्धानपछि प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका गाडीहरूमा रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी लगायतका रहेका छन् । यी एउटै गाडीको मूल्य करोडौं पर्दछ । यसका साथै, त्यहाँबाट मोबाइल फोन, कम्प्युटर, महत्वपूर्ण कागजात र सीसीटीभी सर्भर समेत जफत गरिएको विभागले जनाएको छ ।

भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा समेत विभागले छापा मारेको छ । त्यहाँबाट अनुसन्धानका लागि आवश्यक डिजिटल सामग्री र कागजातहरू नियन्त्रणमा लिइएको छ । त्यसैगरी, अग्रवालसँग सम्बन्धित कार्यालयहरूबाट ल्यापटप र सीसीटीभी फुटेज बरामद गरिएको छ भने भट्टका वित्तीय व्यवस्थापक भनिएका उपेन्द्र हिरावतको घरमा पनि छानबिन गरिएको स्रोतले जनाएको छ ।

विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनका विषयमा गम्भीर आशंका व्यक्त गरेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, नेपालभित्रका आर्थिक स्रोतहरू अग्रवालको नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) मा रहेका स्रोतहरू भट्टको नाममा परिचालन भएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ ।

जफत गरिएका सामग्रीहरूको विश्लेषणपछि थप तथ्यहरू खुल्ने विभागको भनाइ छ । भट्ट र अग्रवाल विगत दुई सातादेखि प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति प्राप्त भएको छ । ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक÷बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका सन्दिग्ध गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लाग्दै आएको छ।

भट्ट चैत १९ मा र अग्रवाल २१ चैतमा पक्राउ परेका थिए । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा सुरुमा शंकर अग्रवाल पक्राउ परेका थिए भने त्यसको तेस्रो दिनमै सुलभ पक्राउ परेका थिए । शंकर अग्रवाल भने केही दिन अघि छुटेका छन् । व्यवसायी दीपक भट्टसँगको कारोबार र सम्पत्ति शुद्धीकरण प्रकरणमा उनको बयान लिएपछि छाडिएको विभागले जनाएको छ ।

भट्टले कानुनविपरीत हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सलगायत सूचीकृत कम्पनीमा सर्वसाधारणको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २६ रुपैयाँ अपचलन गरेको आरोप छ । तर, भट्टले भने आफूलाई थाहा नदिई सुलभले यो काम गरेको बताउँदै आएका छन् ।

‘यो तथ्य सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ । यो सबै सेयरको कारोबार सुलभ र भट्टमार्फत भएको प्रमाण पनि विभागले फेला पारेको छ,’ ‘तर भट्टले सेयर खरिदबारे आफूलाई थाहा नभएको बताएका छन् । भट्टले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिएको बयानमा ब्रोकरले आफ्नो नाममा सेयर खरिद गरेकोबारे जानकारी नभएको बताएका छन् ।

‘म र ब्रोकरबीच मार्जिन कारोबारबारे सम्झौता भएको थियो । सम्झौतामा ब्रोकरले सेयर खरिदका लागि ऋण सापटी दिने र वर्षको अन्त्यमा हिसाबकिताब गरेर हिसाब राफसाफ गर्ने भन्ने थियो,’ भट्टले बयानमा भनेका छन्, ‘सोही सम्झौताअनुसार टीएमएसको लगइन र पासवर्ड ५५ नम्बरको भृकुटी ब्रोकरलाई दिएको थिएँ ।’

त्यही लगइन र पासवर्ड ब्रोकरले सुलभलाई दिएको र सुलभले दुरुपयोग गरेको भट्टको बयान छ । ‘ब्रोकरबाट मेरो लगइन र पासवर्ड लिएर सुलभ अग्रवालले ठूलो संख्यामा मेरो (दीपक भट्ट) र सुलभकी श्रीमती सुवीको नाममा सेयर किनेका रहेछन् । मलाई यो कुरा करिब १०÷१५ दिनअघि मात्र थाहा भयो,’ बयानमा भट्टले भनेका छन्, ‘ब्रोकर र सुलभको मिलेमतोमा यो सबै काम भएकाले उनीहरूबाट मलाई धोखाधडी भयो ।’

मार्जिन कारोबारका लागि आफू र ५५ नम्बर भृकुटी ब्रोकरबीचको सम्झौता सुरक्षित रहेको भट्टले बयानमा बताएका छन् । भृकुटी ब्रोकर र सुलभ अग्रवालकै मिलेमतोमा सेयर खरिद गर्न सुलभका भाइ शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल र हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले पनि सघाएको बयान भट्टको छ ।

Advertisement

साहिल हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक र लगानी समितिका संयोजक थिए । यद्यपि हाल साहिलले पनि हिमालयन रि–इन्स्योरेन्सबाट राजीनामा दिइसकेका छन् ।यसरी साहिल र सीईओ पौडेलले हिमालयन रि–इन्योरेन्सको नाममा रहेको विभिन्न कम्पनीको सेयर बिक्री गरेर आएको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ पनि ५५ नम्बर ब्रोकरलाई दिएको र त्यो पैसाबाट सुलभले सेयर खरिद गरेको बयान भट्टको छ ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top