×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपाभित्रको गुटैगुट,यी नेताका छन् गुट

८ आश्विन २०७५

पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन। अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिंदैछ।

उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ। यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि आउन थालेका छन्।

Advertisement
Advertisement

के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार बिहान नेकपा प्रवक्ता श्रेष्ठले हात्तिवनस्थित निवासमा पार्टीका युवा–विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरे। नागरिक आन्दोलनका अगुवा देवेन्द्र्रराज पाण्डेले उनलाई सुनाएका अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपाभित्र गुटसम्म ठीकै थियो, तर गिरोह नै छ भनेर नागरिक अगुवा देवेन्द्रराज पाण्डेले मलाई सुनाउनुभयो, यदि त्यस्तो गिरोह छ भने त्यसले पार्टीलाई कहाँ र्पुयाउला ? युवा–विद्यार्थीले चिन्ता गर्नुपर्ने बेला आएको छ।

नेकपामा क–कसका छन् गुट ?

नेकपाभित्र दृश्य/अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन्। प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो। तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ। उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन्। महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन्।

Advertisement

सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारीमध्ये ओली पक्षका १० नेताले जिम्मेवारी पाएका छन्। यस हिसाबले पनि ओली पार्टीमा हाबी छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top