अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल खरिद गर्दै नेपाली सेना

Share this
675shares

नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ।

Advertisement

करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ।

करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्नेगरी नयाँ हतियार किन्न प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ।

Advertisement

यी हतियार ‘जी–टु–जी’ प्रक्रियाअन्तर्गत अमेरिकाबाट सीधै हवाइमार्गबाट ल्याइने छ।, यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top