×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

विदेशबाट घर फर्किदै हुनुहुन्छ ? सुनका गहनामा भन्सार छुट

१८ आश्विन २०८१

१८ असोज , काठमाण्डौ।

नेपालीहरूको महान् चाड बडादशैँ सुरु भइसकेको छ । दशैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू दशैंकै अवसरमा घर फर्कने क्रम जारी छ। यस्तै मुलुकले भोग्नु परेको प्राकृतिक विपत्तिका कारण दशैं अवधिभर विहान साढे ४ बजेदेखि राती २ बजेसम्म उडान अवतरण सुरु गरिएको छ ।

Advertisement
Advertisement

यात्रुको चापकै कारण सरकारले समेत विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरूलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट दिएको वा राजस्व तिरेर ल्याउन सकिने सामान मात्र ल्याउन आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न देशका विमानस्थलमा अपरिचित व्यक्तिले प्रलोभनमा पारी सामानहरू पठाउने र ल्याउने व्यक्तिहरू कानुनी कारबाहीमा पर्ने घटना बढेको भन्सार कार्यालयले जनाएको छ ।

यसरी, यात्रुहरूले मापदण्ड भन्दा सामान ल्याउँदा भन्सार तथा प्रहरीको कारबाहीमा परी समान जफत हुने वा दोब्बर मूल्य बरावर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने गरेका छन् ।

विदेशबाट महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । एकजना व्यक्तिले महसुल तिर्नु नपर्ने सुनमा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार महसुल तिरेर साथमा ल्याउन पाउँछ ।

गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता हुँदैन् । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ । श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ । यस्तै नेपाली नागरिकले नेपाल फर्कंदा कुनै पनि प्रकारको १ लिटरसम्मको १ वोतल मदिरा साथमा ल्याउन पाइन्छ ।

यस्तै व्यक्तिगत प्रयोगका सामानहरुको हकमामा लुगाफाटा बढीमा १५ थान, जुत्ता बढीमा १५ जोर, कस्मेटिक बढीमा १५ थान भन्सार तिरेर ल्याउन पाइन्छ भने सुर्तिजन्य पदार्थको हकमामा २०० खिल्लीसम्म चुरोट भन्सार तिरेर ल्याउन पाइन्छ ।

यदी, तोकिएको परिमाण भन्दा बढि चुरोट ल्याएमा शत्प्रतिशत थप भन्सार महसुल तिर्नूपर्छ । यस्तै, ५० खिल्लीसम्म सिगार पनि भन्सार तिरेर ल्याउन पाइन्छ । तोकिएको परिमाण भन्दा बढि सिगार ल्याएमा शत्प्रतिशत थप भन्सार महसुल तिर्नूपर्छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शुक्रवार एयरपोर्टमा विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उडडयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका संवद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराएका हुन् ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशबाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि संवद्ध पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताएका छन् ।

Advertisement

उनले यात्रुहरुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गरेका छन् । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरु देखिाउन मन्त्री पाण्डेले निर्देशन समेत दिएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top