×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दशैंको पिङ एकादेशको कथा ? हराए रोटेपिङ र जाँतेपिङ

२१ आश्विन २०८१

२१ असोज ,काठमाण्डौ।

दशैं–तिहार भन्नासाथ सँगसँगै पिङ समेत जोडिएर आउने गरेको छ । यसैले त विगतका वर्षमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । शहर बजारमा समेत खाली स्थानहरुमा लिङ्गेपिङ लगाएर दशैंमा रमाइलो गरिन्थ्यो ।

Advertisement
Advertisement

तर पछिल्लो समय दशैं तिहारमा पिङ क्रमश लोप हुँदै आएको छ । पौराणिक रुपमा भगवान कृष्णसँग जोडिएको लोपोन्मुख पिङको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं ।

दशैं सुरु भएसँगै हरेक गाउँमा सुनिने चचहुई भन्ने शब्द नै एकादेशको कथा बन्ने हो कि भन्ने अवस्था सृजना भएको छ । दशैं र तिहारका गहनाका रुपमा रहेको पिङ पछिल्लो समय मनोरञ्जनका अन्य साधनहरुको ब्यापकताले लोप हुन थालेको छ ।

केही वर्षअघिसम्म गाउँगाउँमा दशैं–तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो । केही वर्षयता भने बिरलै मात्र पिङ देखिन थालेको छ । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने गरेको कतिपयको अनुभव छ ।

पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका भए पनि अहिले रोटेपिङ र लिङ्गेपिङ लगाए पनि खेल्न जाने मानिसको अभाव हुने गरेको छ । अर्काेतर्फ युवा पुस्तामा यसको ज्ञानको समेत अभाव रहेको छ ।

दशंै र तिहार मान्न नेपालीहरु हुरुक्क हुने धेरै कारणहरु मध्ये अत्यन्तै महत्त्वपूर्ण मानिने पिङ पनि हो । पिङ खेल्नकै लागि गाउँघरका मानिसहरु दशैं र तिहार कुरेर बस्थे । तर, दशैं तिहारमा मनोरञ्जनका वैकल्पिक साधनप्रति आकर्षित हुन थालेकाले पिङप्रतिको मोह घट्दै गएको छ।

वर्षमा एक पटक भुइँ छाड्नुपर्ने भन्ने पहिलो चलन थियो । तर, नयाँ पुस्ताले त्यो भनाइ बिर्सेपछि पिङको अस्तित्वमा नै लोप हुने लागेकामा ज्येष्ठ नागरिकहरु चिन्तित छन् । एक दुईजनाको प्रयासले मात्र पिङ राख्न सकिँदैन ।

गाउँघरका युवा रोजगारीका लागि विदेश गएका कारण पनि पिङ राख्न गाह्रो पर्दैै गएको छ। भावी पुस्ताले दशैं–तिहारमा पिङ राख्ने चलनलाई तस्बिरमा मात्र देख्ने दिन आउने अघिल्लो पुस्ताले बताउँदै आएको छ ।

पहाडमा परम्परागत रुपमा भीर र कान्लामा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रुपमा प्रयोग गरिने गरेको थियो । तर, अहिले यो पाइन छाडेको छ । कतिपय ठाउँहरूमा तराइबाट जुटको डोरी समेत ल्याएर परम्परा धन्ने गरीएको छ ।

पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु र त्यसका लागि चाहिने बाबियो घाँससमेत गाउँघरमा पाइन छोडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न मुस्किल परेको ग्रामीण क्षेत्रका स्थानीय बताउँछन् । तराइमा भने जुटको डोरी र शहरमा प्लास्टिकको डोरी प्रयोग हुने गरेको छ ।

पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ। युवापुस्तामा ज्ञानको अभाव र पुस्तान्तरण नहुँदा पिङ हराउदै गएको छ । अर्कोतिर प्रबिधि र इन्टरनेटको ब्यापकताले युवा पुस्ताले अधिकांश समय त्यसमै विताउने गरेको छ ।

ग्रामीण भेगका गाउँनै पिच्छे तथा शहरका खाली स्थानमा लगाइने पिङ पछिल्लो समय नगन्य रुपमा मात्रै देखिन थालेको छ । केही स्थानमा जागरुक युवाहरुले भने संस्कृति संरक्षणकै लागि समूहगत रुपमा लिङ्े पिङ हाल्ने गरेका छन् ।

सामान्यतया लिङ्गेपिङ बाँसका लिंगो गाडेर बाबियो या डोरीको लठ्ठाबाट बनेको हुन्छ । विभिन्न ठाउँमा बाबियोको डोरी बाट्ने सीप भएका मानिस पाउन छाडिएको छ । बाबियो घाँससमेत गाउँघरमा पाइँदैन ।

परम्परागत नेपाली रोटेपिङ र जाँतेपिङ भने सिप र आवश्यक काठको उपलब्धताको कमीले लोप नै भइसकेको अवस्था छ । पौराणिक कथाअनुसार भगवान कृष्णको पालाभन्दा अगाडिदेखि पिङको विकास भएको हो ।

पौराणिक कथामा वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान कृष्णले पिङ खेलिरहेको बताइन्छ ।धार्मिक ग्रन्थका अनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे र पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् । कृष्ण–राधा दिनभर पिङ मच्चाउँथे ।

Advertisement

बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन् र स्वस्थ्य भइन्छ भन्ने मान्यता समेत रहिआएको छ । पिङसँग स्वास्थ्यका कुरा जोड्दा मान्छेले वेवास्ता गर्ने भएकाले यसको महत्त्व दर्शाउन ‘दशैंमा धर्ती छोड्नैपर्छ एकपटक’ भन्ने प्रचलित भनाइ पनि रहदै आएको छ ।

Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top