×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्नु

२७ आश्विन २०८१

२७ असोज , विराटनगर ।
चाडपर्वको बेला राजमार्ग अवरुद्ध हुँदा यतिबेला यात्रुहरुले निकै सास्ती पाएका छन । यसपालि अशोज दोश्रो साताको अविरल वर्षासँगै बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको थियो भने सडकपूर्वाधारमा अर्बौको क्षति भएको छ ।

जसको यकिन विवरण अझै आइसकेको छैन । यद्यपि, ठाउँ ठाउँमा अबरुद्ध सडकहरु खुलाउने प्रयास जारी छ । यसैबीच हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

Advertisement
Advertisement

यो सडक खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक सडक प्रयोग गरेर काठमाडौँ हेटौँडा आवत जावत गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम अर्यालले जानकारी दिए ।

‘हेभीको उकालोमा इभी गाडीहरु उक्लिन नसक्ने देखियो,’ उनले भने, ‘जसले गर्दा त्यहाँ अहिले धेरै सवारी साधन फसेका छन्। त्यसैले हामीले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका हौँ।’ उनले सडक पूर्णरुपमा अवरुद्ध भने नरहेको बताए ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ अथवा कान्तिलोकपथ गर्न आग्रह गरिएको बताइन् । कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेको उनको भनाई छ ।

यता काभ्रेको पाँचखालमा पहिरो खस्दा अरनिको राजमार्ग एकतर्फी बनेको छ । पाँचखाल नगरपालिका– ८ मा गएराति करिब १० बजे सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि आइतबार बिहान नौ बजेदेखि सडकमा एकतर्फीरुपमा गाडी चल्न थालेका हुन् ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ८ पचास किलो भन्ने ठाउँमा पहिरो खस्दा रातभरी सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । स्थानीय निकाय र सडक विभागसँग समन्व्य गरेर पहिरो एकतर्फी रुपमा हटाइएको छ ।

बाँकी पहिरो पनि पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचनाअधिकारी मिनबहादुर घलेले जानकारी दिए । यसैबीच यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथको हेटौडा–भैंसे सडकखण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो । त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् ।

हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top