×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई निकाल्यो, भारतीयलाई बोलायो

२९ आश्विन २०८१

२९ असोज , विराटनगर।
भारत र क्यानडाबीचको तनाव उत्कर्षमा पुगेको छ । तनाव बढ्दै जाँदा भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्तलाई फिर्ता बोलाएको छ । आफ्ना लाखौं नागरिकहरुले बसोबासका लागि रोजेको मुलुक क्यानडाबाट भारतले आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

क्यानडामा सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएका बेला भारतले उच्चायुक्त वर्मा र अन्य ६ जना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

यसका लागि भारतले दिल्लीमा रहेको क्यानडाको उच्चायोगलाई पत्र समेत पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै भारतले ६ जना क्यानडाका कूटनीतिज्ञ पनि निष्कासन गरेको छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ तारिखको राति १२ बज्नु अघि भारत छोड्न भनेको छ ।

भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् ।

सिख नेता निज्जरको गएको वर्ष क्यानडामा गोली हानी हत्या भएको थियो । उनको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको सम्बन्ध तनावपूर्ण हुँदै गएको हो ।

भारतले क्यानडाको कूटनीतिक सञ्चारलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको खबरमा उल्लेख छ । क्यानडनले निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको आरोपसहित छानबिन गरिरहेको बताएको छ ।

यसअघि भारतले निज्जरलाई आतङ्कवादी भन्दै आएको थियो । तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन् । यता सोमबार बेलुका भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘जस्टिन ट्रुडो नेतृत्वको क्यानडा सरकारको रवैयाका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । हामीलाई क्यानडाको वर्तमान सरकारप्रति कुनै भरोसा छैन । त्यहीभएर भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसहितका अन्य कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडालाई भनिसकेका छौं कि ट्रुडो सरकारले जसरी भारतविरुद्ध अलगाववादी र अतिवादको समर्थन गरिरहेको छ । त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतलाई छ ।’

भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धानमा नसघाएको आरोप लगाएका छन् ।

उनले भने, ‘क्यानडा र भारतबीच लामो समयदेखिको सम्बन्ध छ । व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले जे देखिरहेका छौं त्यो सैह्य छैन । भारतको सम्प्रभूता र क्षेत्रीय अखण्डताको क्यानाडाले पूर्णरुपमा सम्मान गर्दछ र हामीलाई विश्वास छ भारतले पनि हामीलाई त्यस्तै गर्ने छ ।’

यसैगरी भारतले निष्कासित गरेपछि दिल्लीस्थित क्यानडाइ मिसनका बरिष्ठ कूटनीतिज्ञ स्टिबर्ट ह्वीलरले भनेका छन्, भारतले लामो समयदेखि जे माग गरिरहेको थियो, त्यो माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिकको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएका छौं ।

अब कदम चाल्ने पालो भारतको हो । भारतीय कदम दुवै देश र ती देशका नागरिकका जनताको हितमा हुनेछ । यो प्रकरणमा सहयोग गर्न क्यानडा सरकार तयार छ ।’ यस्तै ट्रुडोले पनि भारत–क्यानाडा सम्बन्ध कसरी सार्वजनिक झगडामा पुग्यो भन्नेबारेमा सोमबार दिउँसोको प्रत्यक्ष टेलिभिजनमा बोल्दै भने, क्यानाडामा ’आपराधिक’ कार्यहरूलाई समर्थन गर्नमा भारतले ’आधारभूत त्रुटि’ गरेको छ । तर दिल्लीले भने क्यानडाका लागि आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्माको ३६ वर्षको कूटनीतिक करिअरको रक्षा गर्दै क्यानाडा सरकारले उनीमाथि लगाएको आशंका हास्यास्पद र अपमानजनक रहेको उल्लेख गरेको छ । यसअघि सोमबार, क्यानाडाली पुलिसका कमिश्नर माइक डुहेमेले पत्रकार सम्मेलनमा भनेका थिए,’हामी यस्तो बिन्दुमा पुग्यौं जहाँ हामीले भारत सरकारको सामना गर्नु आवश्यक छ भन्ने महसुस गर्यौं ।’

क्यानडाली अधिकारीहरूले कथित आपराधिक गतिविधिमा एक दर्जन भारतीय एजेन्टहरू संलग्न रहेको बताएका छन् । हरदीप सिंह निज्जरलाई ब्रिटिस कोलम्बियाको सरेमा रहेको सिख मन्दिर बाहिर दुई नकावधारी बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।

उनी छुट्टै सिख मातृभूमिको माग गर्ने खालिस्तान आन्दोलनका मुखर समर्थक थिए र सार्वजनिक रूपमा यसको लागि अभियान चलाएका थिए । भारतले विगतमा उनलाई आतंकवादी पृथकतावादी समूहको नेतृत्व गर्ने आतंकवादीको रूपमा वर्णन गरेको छ ।

सेप्टेम्बर २०२३ मा प्रधानमन्त्री ट्रुडोले क्यानाडाको संसदलाई हत्यामा भारतीय संलग्नताको आरोप क्यानाडाको गुप्तचरमा आधारित थियो । उनले उक्त कार्यलाई क्यानडाको सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएका थिए ।

यो तनाव चलिरहँदा क्यानडाले हालसम्म भारतबाट ४१ कूटनीतिक अधिकारी फिर्ता लिएको छ । भारतसँगको कटुताकाबीच क्यानडाले भारतीय विद्यार्थीलाई प्रतिकुल हुनेगरी नियमहरु परिवर्तन गरेको आरोप लाग्दै आएको छ । निज्जर प्रकरणमा भारतीय एजेन्टको हात रहेको सूचना भने क्यानडालाई अमेरिकी अधिकारीहरुले दिएका थिए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top