NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे

मङ्लबार कार्तिक ६ , २०८१
Reading Time: 1 min read
A A
मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ कार्तिक ,  एजेन्सी ।

विश्व फुटबलमा सर्वाधिक गोलकर्ता हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । आगामी फेब्रुअरीबाट उमेरले ४० पुग्न लागेका रोनाल्डोले उत्कृष्ट प्रदर्शनबाट आलोचकलाई जबाफ दिइरहेका छन् । अहिले साउदी अरेबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका उत्कृष्ट लयका साथ खेल्दै आफूलाई अब्बल साबित गर्नमा कुनै कसर बाँकी राखेका छैनन् ।

सन् २००३ मा पोर्चुगलबाट डेब्यु गरेका रोनाल्डोले हालसम्म देश र क्लबका लागि जम्मा एक हजार २४५ खेलमा ९०७ गोल गरेका छन् । आफ्ना प्रतिद्वन्द्वी मानिने लियोनल मेसीलाई उनले ५८ गोलले उछिनेका छन् । अर्जेन्टिनी स्ट्राइकर मेसीले एक हजार ७८ खेलमा ८४९ गोल गरेका छन् ।

तर, पेनाल्टीबाहेकका गोलमा भने ३७ वर्षीय मेसीले आफूभन्दा दुई वर्ष जेठा रोनाल्डोलाई उछिनेका छन् । पेनाल्टीबाहेक मेसीले ७४० गोल गरेका छन् भने रोनाल्डोले ७३९ गोल गरेका छन् । क्लबका लागि पेनाल्टीबाहेकका गोल जोड्दा मेसी २६ गोलले अगाडि छन् ।

बार्सिलोना, पिएसजी र इन्टर मियामीबाट मेसीले पेनाल्टीबाहेकका ६५२ गोल गरेका छन् । युरोपका पाँच शीर्ष डिभिजन लिगमध्ये तीन वटामा अनुभव संगालेका रोनाल्डोले पेनाल्टीबाहेक ६२६ गोल गरेका छन् ।

तथापि, अन्तर्राष्ट्रिय खेलमा भने पेनाल्टीबाहेकका गोलमा विश्वकप विजेता मेसीभन्दा रोनाल्डो नै अगाडि छन् । रोनाल्डोले पोर्चुगलका लागि पेनाल्टीबाहेक ११३ गोल गरेका छन् भने मेसीले अर्जेन्टिनाका लागि पेनाल्टीबाहेक ८८ गोल गरेका छन् ।

रोनाल्डोभन्दा एक वर्षपछि अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले राष्ट्रका लागि १८९ खेलमा ११२ गोल गरेका छन् । मेसीले अर्जेन्टिनालाई एक पटक विश्वविजेता बनाएका छन् भने दुई पटक कोपा अमेरिकाको उपाधि दिलाएका छन् ।

रोनाल्डोले भने पोर्चुललाई एक–एक वटा नेसन्स लिग र युरो कपको उपाधि दिलाएका छन् ।  पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले २१६ खेलमा १३३ गोल गरेका छन् । पछिल्लो दुई दशकयता विश्व फुटबलमा राज गरिरहेका दुवै जना आ–आफ्नो राष्ट्रका सर्वाधिक गोलकर्तासमेत हुन् ।

सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेसीले अहिलेसम्म १४० पटक पेनाल्टी प्रहार गर्दा १०९ गोल गरेका छन् । मेसीका ३१ पेनाल्टी भने ‘मिस’ भएका छन् । रोनाल्डोले भने १९८ पटक पेनाल्टी हान्दा १६८ गोल गरेका छन् ।

पेनाल्टी ‘मिस’ गर्ने विषयमा रोनाल्डो अलि पछि नै छन् । रोनाल्डो हालसम्म प्रहार गरेका ३० वटा पेनाल्टी असफल बनेका छन् । फ्रिकिकबाटै गोल गर्ने मामलामा पनि मेसी नै अगाडि छन् । मेसीले जम्मा ६६ पटक फ्रिकिकबाट सीधै गोल गरेका छन् भने रोनाल्डोले ६४ गोल फ्रिकिकबाटै गरेका छन् ।

ह्याट्रिक गोल गर्ने सिलसिलामा भने रोनाल्डो अगाडि छन् । हालसम्म रोनाल्डोले ६६ पटक ह्याट्रिक गर्दा मेसीले ५९ पटक ह्याट्रिक गोल गरेका छन् । तथापि, अन्तर्राष्ट्रिय खेलमा भने उनीहरूले बराबरी १०–१० पटक ह्याट्रिक गोल गरेका छन् ।

उपाधि संख्याको कुरा गर्ने हो भने मेसी सर्वाधिक धेरै ४६ वटा ट्रफी जित्ने खेलाडी हुन् । जबकि, रोनाल्डोसँग ३४ वटा ट्रफी छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक हेर्दा रोनाल्डो सर्वाधिक धेरै कमाउने खेलाडी हुन् ।

खेलाडीले क्लबसँग गरेको सम्झौताअनुसार पाउने तलब, बोनस, इमेज राइट्स, स्पोन्सरलगायतबाट जोडेर वार्षिक आम्दानी गणना गर्दा रोनाल्डोले यस वर्ष कुल २८५ मिलियन अमेरिकी डलर आम्दानी गरेका हुन् ।

जबकि, मेसी सर्वाधिक धेरै कमाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । मेसीको कमाइ १३५ मिलियन डलर छ । मेसीको मैदानभित्रको कमाइ ६० मिलियन डलर छ भने स्पोन्सरबाट ७५ मिलियन डलर कमाउँछन् ।

Tags: #रोनाल्डोलाई  मेसीले उछिने#विश्व फुटबल

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.