×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

‘रविमाथि राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो’

८ कार्तिक २०८१

८ कार्तिक , काठमाण्डौ ।

सहकारी वचतको रकम अपचलनको अभियोगमा रविमाथि अनुशन्धानका लागि अदालतले दिएको ६ दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको छ । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो । तर ६ दिनको अवधिमा उनलाई प्रहरीले अनुशन्धानका क्रममा सोध्नु पर्ने विषय सोधेर बयान सक्नुपर्नेमा लम्ब्याउने प्रयास गरेको स्वयम रवि र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आरोप लगाएको छ ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको आरोपमा पोखरामा प्रर्दशन गरिरहेको रास्वपाले समेत त्यो आरोप अहिले पुष्टि भएको बताएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।’

उनले थप भनेका छन्, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

यस्तै कास्की प्रहरी हिरासतमा रहेका रवि पनि यसपटक लामै समय हिरासत बस्नुपर्ने, नभए पुर्पक्षका लागि कारागार नै पठाउने हो कि भन्ने भयमा देखिएको उनलाई भेटेकाहरु बताउँछन् । यसअघि सहकारी अपचलनको अभियोगमा पक्राउ परेका अधिकांशलाई पुर्पक्षका लागि पठाइएको अवस्थाले पनि रविमा भय देखिएको छ ।

छानविन समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो । रम्तेल पनि पुर्पक्षका लागि कास्की कारागारमै छन् ।

आफूलाई भेट्न आएका रास्वपाकै नेताहरुसँग पनि रविले आफूलाई हिरासतमै राख्नका लागि फेरि म्याद थप्ने गरी बयान लिइएको बताएका छन् । प्रहरीले बयान लागि बोलाएर २÷३ वटामात्रै प्रश्न सोध्ने र ती सबै पहिले नै जवाफ दिइसकेको प्रश्न रहेको रविले आफ्ना नेता तथा कानुनी प्रतिनिधिहरुलाई बताएका छन् ।

यसैबीच पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले बताएका छन् । गौतमले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामी आन्दोलनलाई अब काठमाडौँ केन्द्रित गर्छौँ । पोखराको आन्दोलन आज अन्तिम हो ।’

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top