NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त

मङ्लबार कार्तिक १३ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ कार्तिक , काठमाण्डौ।

तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ ।

माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको उनीहरुको भनाइ छ । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।

LS Auto

भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको सुनाए । पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री गरिरहेको उनले बताए ।

विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको उनी भन्छन् । पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको छ ।

माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्छ । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने गरेको छ । उनी भन्छन्, पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेका छन् ।

प्रजापतीका अनुसार सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज छैन । यता पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झन्छन् हरिओम प्रजापती ।

उनी भन्छन्, ‘यो पहिला गल्ली गल्ली छिरेका बेच्ने गर्दथ्यौँ । पैसा कम थियो त्यो बेलामा । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’ बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको बताए ।

अहिले माटो पाउन कठिन रहेको उनको भनाइ छ । माटो लिन पाइने ठाउँमा अहिले प्लटिङ भएको र माटोका भाँडा बेचेर खासै फाइदा नरहेको गुनासो गर्छन । सरकारले माटोको व्यवस्था गर्नसके मात्रै आफूहरुको पेशा लोप नहुने उनको भनाइ छ ।

उनले भने, ‘माटो लिने ठाउँमा घर, प्लटिङ भइसक्यो माटो छैन । अहिले माटोको भाँडा बेचेर खासै फाइदा छैन । सरकारले माटो दिनुपर्छ । किनेर साध्य छैन् । त्यसैले यो लोप हुँदै गएको छ ।’ अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउछन ।

पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको जनाए । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उनलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘हाम्रो यो माटोको भाँडा बनाउने पुख्र्यौली पेशा हो । बाजे बराजुले बनाउनु हुन्थ्यो । हामी पनि बनाइरहेका छौँ । पुरानै रेटमा छ दियो । तिहारमा विशेष गरेर यो पाला मात्रै बिक्छ । अरु बेला सिजनअनुसारले सामानहरु बिक्छ । सदावाहर खुत्रुके, धुपाउरो, सामान बनाउन माटोको अभाव छ । दाउराको अभाव छ । इन्धनको समस्या छ । सहज रुपमा भए काम सुचारु हुन्छ।’

अरु बेला भने सिजनअनुसारले सामानहरु विक्री हुने गरेको उनले जनाए । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर विक्री हुने गरेको छ । माटो पकाउनका लागि भने यो समुदायलाई इन्धन ((दाउरा)को अभाव रहेको छ । माटोको भाँडा बनाउँदै आएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ ।

उनले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आएका छन् । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उनको ठम्याई छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उनको अनुमान छ ।

उनी भन्छन्, ‘३५ वर्ष जति भयो मैले गर्दै आएको । पहिलो वर्ष भन्दा यस वर्ष माग धेरै घटिरहेको छ । अहिले आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले हो कि । हाम्रो आफ्नै परिवारले गर्ने काम भएकाले ठिकै गुजारा चलिरहेको छ ।’

प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उनको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

Tags: #माटोका चिन्ता#माटोका भाँडा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.