NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

अमेरिकाको राजनीति हल्लाउने ४ महिला, ह्यारिसको संभावना कति ?

मङ्लबार कार्तिक २० , २०८१
Reading Time: 1 min read
A A
नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० कार्तिक , एजेन्सी ।

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ ।

विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् ।

तर सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन् । जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ । अमेरिकामा महिला राष्ट्रपति लामो समयदेखि चर्चा र बहसको विषय बनेको छ।

महिलाहरूको नेतृत्वले अमेरिकी इतिहासमा निर्णायक मोड ल्याएको भए पनि राष्ट्रपतिमा महिला निर्वाचित हुन सकेका छैनन् । रुढीवादी सोच, पितृसत्तात्मक संरचना, र लैङ्गिक विभेदका कारण अमेरिकामा महिला राष्ट्रपतिको संभावना चुनौतीपूर्ण रहेको विश्लेषण गरिन्छ ।

तर इतिहासलाई हेर्ने हो भने, महिलाहरूले नेतृत्वका महत्वपूर्ण अवसरहरू प्राप्त गर्दै अमेरिकाको राजनीतिक परिदृश्यलाई परिवर्तन गरिसकेका छन्। अब यो देख्न बाँकी छ कि अमेरिकी समाजले पहिलोपटक महिला राष्ट्रपतिलाई चयन गर्न तयार छ कि छैन।

अमेरिकी महिलाहरूले सन् १९२० मा मतदान अधिकार प्राप्त गरेपछि अमेरिकी राजनीतिको मुलधारमा समावेश हुन थालेका थिए । शर्ली चिशोल्म अमेरिकामा प्रथम अश्वेत महिला थिइन् जसले १९७२ मा राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरिन्।

उनले लैङ्गिक र जातीय पूर्वाग्रहलाई तोड्दै राजनीतिक यात्रा तय गरेकी थिइन् । यद्यपि, उनी राष्ट्रपति बन्न असफल भइन् । उनले नै भविष्यमा अन्य महिलाहरूलाई नेतृत्वमा आउन प्रेरित गरेकी थिइन् । यस्तै जेराल्डिन फेरारो जो सन् १९८४ मा पहिलो पटक कुनै ठूलो पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बन्न सफल भइन्।

डेमोक्रेटिक पार्टीको तर्फबाट उनले वाल्टर मण्डेलसँग उपराष्ट्रपति पदको लागि उम्मेदवारी दिएकी थिइन्। यद्यपि उनी विजयी हुन सकिनन्, फेरारोको साहसिक कदमले महिलाहरूलाई उच्चस्तरीय राजनीतिमा स्थान दिन सक्छ भन्ने सन्देश दिएको थियो ।

त्यसपछि अमेरिकी राजनीतिको मुलधारमा देखिइन् , हिलारी क्लिन्टन । उनी अमेरिकामा राष्ट्रपतिको लागि निकै नजिक पुग्ने महिला उम्मेदवार हुन् । उनले २००८ र २०१६ मा राष्ट्रपति पदको उम्मेदवारी दिउकी थिइन् ।

२०१६ मा, उनले डेमोक्रेटिक पार्टीको तर्फबाट औपचारिक रूपमा राष्ट्रपतिको टिकट प्राप्त गरिन् र अमेरिकी इतिहासमा प्रमुख पार्टीको राष्ट्रपतिको महिला उम्मेदवार बनिन्। यद्यपि उनले पराजय भोग्नुप¥यो । उनले महिलाको सशक्तिकरणका लागि अमेरिकी राजनीतिमा ऐतिहासिक उदाहरण स्थापित गरिन्।

अर्की महिलामा पर्दछिन् कमला ह्यारिस । कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला, र पहिलो दक्षिण एशियाली अमेरिकी महिला हुन् । जो बाइडनको उपराष्ट्रपति बनेपछि, ह्यारिसले अमेरिकी राजनीतिमा महिला नेतृत्वको सम्भावनालाई थप सशक्त बनाएकी छिन्।

उनले राजनीतिमा महिला सहभागिताको सम्भावनालाई उजागर मात्र गरेकी छैनन्, बरु भावी महिलाहरूलाई राष्ट्रपतिको पदमा पुग्न प्रेरणा पनि दिएकी छिन्। यसैले उनी अहिले राष्ट्रपतिको चुनावी मैदानमा छिन् । यद्यपि अमेरिकी समाज पनि अझै धेरै हदसम्म रुढीवादी मान्यतामा आधारित छ ।

पितृसत्तात्मक समाजले महिलाको नेतृत्व क्षमतामा शंका गर्दछ र उनीहरूको निर्णय क्षमतामा प्रश्न खडा गर्दछ। धेरै महिलाहरूलाई अझै पनि विभेदकारी व्यवहार र पूर्वाग्रहको सामना गर्नुपर्छ। महिला उम्मेदवारहरूलाई शारीरिक र भावनात्मक रुपमा कमजोर देखाउने प्रवृत्ति समाजमा अझै विद्यमान छ।

यद्यपि समयसँगै महिला नेतृत्वप्रतिको धारणा परिवर्तन हुँदै गइरहेको छ। महिलाहरूले नेतृत्व भूमिकामा प्रवेश गरिरहेका छन्, र अमेरिकी समाजले पनि यो तथ्यलाई स्वीकार्न थालेको छ। नयाँ पुस्ताले महिला नेतृत्वको महत्त्वलाई अझ बढी महत्त्व दिइरहेको छ, र महिला राष्ट्रपतिको सम्भावनामा नयाँ आशा देखा परेको छ।

अन्ततः, अमेरिकी समाजले महिलालाई राष्ट्रपतिको रूपमा स्वीकार्न तयार छ कि छैन भन्ने प्रश्नमा धेरै उत्तर लुकेको छ। यसका लागि अब केही घण्टाको मात्रै प्रतिक्षा गर्नुपर्ने हुन्छ । यस वर्षको चुनावमा करिब २४ करोड मतदाता छन् । ७ करोड ८० लाखले ‘प्रि–भोटिङ’ गरिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

१८ देखि २७ वर्षसम्मका ४ करोड ८ लाख युवा मतदातामध्ये ८३ लाखले पहिलो पटक मताधिकार प्रयोग गर्दै छन् । त्यस्तै अनुमानित ४ करोड ७९ लाख अश्वेत अमेरिकी छन्  । ल्याटिन अमेरिकी मूलका कम्तीमा ६ करोड २० लाख छन्  । भारतीय–अमेरिकी मतदाताको संख्या ५२ लाख छ ।

एनबीसीको सर्वेक्षणअनुसार ह्यारिसलाई ५७ प्रतिशत महिलाले मत दिने देखिएको छ भने ४१ प्रतिशत महिला मतदाता ट्रम्पको पक्षमा छन् । ट्रम्पको पक्षमा ५८ र ह्यारिसको पक्षमा ४० प्रतिशत मतदाता छन् । दुई प्रतिशतले मतदानबारे निर्णय नलिएको देखिन्छ ।

‘ब्याटलग्राउन्ड स्टेट’ मा मात्र ४ लाखभन्दा बढी दक्षिण एसियाली मतदाता रहेको बताइएको छ । त्यसमा बहुसंख्यक भारतीय छन् । बहुमत ल्याटिन अमेरिकी मतदाता ह्यारिसको पक्ष छन् । ५४ प्रतिशत ल्याटिन अमेरिकी मतदाताले ह्यारिस र ४० प्रतिशतले ट्रम्पलाई मत दिने बताएका छन् ।

अश्वेत मतदाता भने निकै कम मात्र ट्रम्पको पक्षमा छन् । ट्रम्पलाई १२ र ह्यारिसलाई ८२ प्रतिशत अश्वेतले मत दिने जनाएका छन्  । ६ प्रतिशत अनिर्णीत छन् । नेपाली समयअनुसार आज रातिदेखि हुने मतदानबाट चार वर्षका लागि चयन हुने उम्मेदवारले सन् २०२५ को जनवरी २० देखि कार्यभार सम्हाल्नेछन्  ।

साधारणतया चुनाव सकिएकै रात विजेताको घोषणा हुने गरेको छ । तर हुलाकमार्फत गरिएको मतदानले नतिजा निर्धारित गर्ने अवस्थामा भने नतिजा आउन केही दिन लाग्न सक्छ । चुनावमा बहालवाला राष्ट्रपतिभन्दा अर्को उम्मेदवार निर्वाचित भएको अवस्थामा पद बहाली नगर्दासम्मको अवस्थालाई संक्रमणकाल भनिन्छ ।

उक्त समयमा नवनिर्वाचित राष्ट्रपतिले मन्त्रीहरू चयन र कार्यकालको योजना बनाउने गर्छन । राष्ट्रपतिको चुनावबारे धेरै चर्चा हुने गरे पनि अमेरिकी मतदाताले अरू पदमा पनि मत दिँदै छन् । आजकै चुनावबाट संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) का सबै ४ सय ३५ सदस्य र सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ पदका निर्वाचन पनि हुँदै छन् ।

प्रतिनिधिसभामा हाल रिपब्लिकनका २२० र डेमोक्रेटिकका २१२ सदस्य छन् । सरकारका प्रमुख नियुक्तिहरूमा मतदान गर्ने सिनेट भने डेमोक्रेटको नियन्त्रणमा छ ।

Tags: #अमेरिकाको राजनीति# ह्यारिसको संभावना कति ?

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.