२० कार्तिक , विराटनगर।
सुपरपावर अमेरिकाको सुरक्षा कवचभित्र रहेर इजरायल यतिबेला सात मोर्चाहरुमा युद्ध लडिरहेको छ । गाजामा हमासविरुद्ध युद्धको घोषणादेखि नै मिडिल–ईस्टका कयौं देशहरु खुलेर बेंजामिन नेतन्याहूविरुद्ध अगाडि नआएपनि प्यालेस्टाइनी र लेबनानीहरुका लागि आवाज उठाइरहेका छन् ।
अब इरान र इजरायलबीच सिधा युद्ध सुरु हुने सम्भावना बढेका बेला अमेरिका त इजरायलको साथैमा छ अर्को महाशक्ति रुसले पनि आफ्नो कित्ताकाट गरेको छ । उ खुलेर इरानको पक्षमा छ। यस्तोमा महाशक्ति चीन भने अहिलेसम्म न्यूट्रल देखिएको छ, यद्यपि उसले प्लालेस्टानीहरुको ज्यान गइरहेकोमा आपत्ति जनाउँदै युद्ध अन्त्य गरिनुपर्ने बताएको छ ।
अमेरिका र रुसले कित्ताकाट गर्दा चीन र भारतजस्ता देशहरु भने अलग्गैजस्ता देखिएका छन् । यस्तोमा विशेषगरी चीनले इजरायलसंगको आफ्नो सम्बन्धलाई सुधार्न खासै महत्व नदिएको टिप्पणी भइरहेको छ । जबकी विश्वभरका देशहरुमा आर्थिक रूपले चीनमा निर्भर रहने र सुरक्षकालागि अमेरिकातर्फ हेरिने चलन बढीरहेको छ ।
यो स्थितिले कयौं देशहरुलाई एउटा कठिन अवस्थामा पारिदिएको छ । जहाँ उनीहरुले चीन वा अमेरिका बीच कुनै एकलाई चयन गर्नुपर्ने मुश्किल अवसरको सामना गर्नु परेको छ । यद्यपि, इजराइल यो क्याटागोरीमा आउँदैन ।
इजरायल, जो शत्रुहरुले भरिएको छिमेकी देशहरुले घेरिएको छ, आफ्नो राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिन्छ, जसको मतलब हो, उ सम्पूर्णरुपले अमेरिकामा निर्भर छ । यस्तै चीनका लागि अहिले नै मिडिल–ईस्टमा अमेरिकाको स्थान लिन सहज छैन ।
यद्यपि, पछिल्लो समय यहाँका देशहरुमा लगानी बढाएर र इरान र साउदी अरबबीचमा लामो समयदेखि तिक्त रहेको सम्बन्ध सुधार्न भने चीनले राम्रो भूमिका खेल्यो । खाडीका देशहरु र इरानसंग उसले सम्बन्ध सुधार्दै लगेको छ ।
उसको पछिल्लो भूमिकाले मध्यपूर्वमा चीनले आफ्नो पकड बढाउन खोजेको पनि देखिन्छ । तर अमेरिकाको इजरायलका लागि सिधा समर्थन उनीहरुको ‘विशेष सम्बन्ध’ को उपज हो, जबकि चीनसंग यस्तो कुनै “विशेष सम्बन्ध” छैन ।
तुलनात्मकरुपमा सम्भवतः इरानसंगको निकटताले पनि इजरायलको समर्थनमा अहिले चीन नदेखिएको हो । यद्यपि, चीन मिडिल–ईस्टमा एक नडुब्ने खालको एयरक्राफ्ट क्यारियर राख्न चाहान्छ। तर यो बेजिंगको प्राथमिकताहरुमा अलि तलै छ ।
खासमा अहिले चीनको ध्यान पूर्वी एशिया नै छ, विशेष गरेर ताइवानलाई फिर्ता लिनका लागि, जसलाई उसले एक विद्रोही प्रान्त मान्दछ । र टापुलाई चीनको मुख्य भूमिमा जोड्नले प्रयास गरिरहेको छ । भू–राजनीतिका अलावा, यो पनि तथ्य हो कि चीनको पोलिटिकल सिस्टम र त्यहाँ यहूदी प्रवासीहरुको कमीका कारण, चीन इजरायलीहरुका लागि खासै संवेदनशील नभएको एकथरीको विश्लेषण छ ।
केहीगरी चीन इजरायलको समर्थनका लागि तयार भयो भने पनि उ त्यसो गर्ने स्थितिमा छैन । किनभने २०१२ मा अमेरिकाको एशियातर्फको झुकावपछि चीनमाथि भू–राजनीतिक दबाव थप बढेको छ ।हिन्द–प्रशान्त वा एसिया प्रशान्तमा चीनलाई रोक्नकालागि अमेरिका, जापान, भारत र अस्ट्रेलिया एकजुट भएका छन् ।
यसको परिणामस्वरूप, संख्याको मामिलामा विश्वको सबैभन्दा ठूलो नौसेना भएपनि, चीन अहिले पनि समुन्द्रमा आफ्नो नियन्त्रण कायम गर्नकालागि निकै पर छ र उसको नौसेना पूर्वी एशियामा मात्रै सीमित छ । जबसम्म यो स्थिति बदलिदैन, चीनले आफ्नो ध्यान अन्त लगाउने पनि देखिदैन ।
अर्को, उमाथि देशहरुले आरोप पनि लगाउने गरेका छन् कि चीनले खासै निष्पक्षता पनि देखाउँदैन भनेर । जस्तो गतवर्ष ७ अक्टूबरमा हमासद्वारा इजरायली नागरिकहरुमाथि गरिएको हमलाको बावजूद, चीनले हमासको निंदा गरेको छैन ।
उसले हमासलाई एक आतंकवादी संगठनका रूपमा पनि सम्बोधन गरेको छैन । आजसम्म, चीनले हमासको आलोचना गर्नबाट परै रहेको छ ।“चीन नागरिकहरु विरुद्धको हिंसाको कडा निन्दा गर्छ” जस्ता बयान उसले जारी गर्ने गरेको छ ।
जसले हमासले इजरायलमा गरेको हमलामा नागरिहरु मारिएको मात्रै होइन र इजरायलले गाजामा गरेको हमलामा नागरिकहरुको ज्यान गएको कुराको पनि आलोचना गरेको बुझिन्छ । अर्थात उसले हमास र इजरायल दुवैको आलोचना गर्ने गरेको छ ।
जबकी हमास, जो मुस्लिम ब्रदरहुडको एक शाखा हो, यसलाई अरब देशहरुले खुला हृदयले स्वागत गरेका छैनन् । यस्तोमा चीनले हमासको खुलेर आलोचना नगर्नु पनि छलफलको विषय बन्ने गरेको छ । अर्को यसो गर्नु पछाडी दुई कुरामध्ये एक हुनसक्छ ।
या त चीन अरब देशहरुलाई चिढ्याउन चाहादैन र कुनै जोखिम लिन चाहादैन या, चीनले हमास अरब विश्वमा मात्रै होइन बरु गाजामा पनि अलोकप्रिय रहेकोमा ध्यान दिदैन, जहां उसले युद्ध पहिला शासन गरिरहेको थियो ।
जे कारण भएपनि, अन्त्यमा ७ अक्टूबरको हमलपछि चीनको मौनताले इजरायललाई निकै रुष्ट बनाइदिएको छ । जसले चीन–इजरायल सम्बन्धमा पनि गिरावट आइरहेको छ, जसलाई केहीले अहिलेसम्मकै तल्लो स्तर मानिरहेका छन् ।
यस्तोमा जब चीनले गाजामा इजरायली कारवाहीका लागि सिधा आलोचना गर्न सुरु गर्यो, तर सो दौरान उसले हमासद्वारा गरिएको बर्बरतामा मौनता साध्यो र इजरायलमा भएको हमललाई लिएर हमासको नामसम्म लिएन, यस्तोमा इजरेली अधिकारीहरु भन्छन्, यो स्पष्ट भयो कि चीन अब तटस्थ छैन ।
इजरायलतर्फको यो भनाइले बास्तवमै चीन र इजरायलबीचको सम्बन्ध निकै तल खस्किएको बुझ्न सकिन्छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।