×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

रास्वपाका उम्मेदवारलाई चुनाव लड्न पनि रोकियो ?

२ मंसिर २०८१

२ मंसिर, विराटनगर  ।
यही १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सहभागिता जनाउने निर्णय गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई अपहरणको शैलीमा बेपत्ता बनाएपछि उनी उम्मेदवारी दिने निर्णयबाट पछि हटेकी छन् ।रास्वपाले उनलाई डर धम्की दिएर उम्मेदवारीबाट पछि हट्न बाध्य बनाइएको बताएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला मङ्सिर १ गते दिउँसो करिब १ बजे थापा र उनका श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको बताएका छन् ।

घटनाबारे थाहा भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको समेत रास्वपाले जनाएको छ । ‘रास्वपाका उम्मेदवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, बुर्लाकोटीले भनेका छन् ।

उनका अनुसार उक्त घटनामा स्थानीय नेपाली काँग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको छ । साथै रास्वपाले हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका पार्टीका केही सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको जनाएको छ ।

रास्वपाका केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक गणेश पराजुलीले थापाले आफू उपाध्यक्ष नउठ्ने जानकारी पार्टीलाई गराएको बताएका छन् । उपनिर्वाचन हुने अन्य क्षेत्रमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई डर धम्की दिने काम भइरहेको उनले बताए ।

यस विषयमा सुरक्षा निकायहरुलाई जानकारी गराउँदा पनि चित्तबुझ्दो पहल नभएको उनको गुनासो छ । ‘यसैबिच मधेस प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएको छ’, रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाक धम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौँ ।’

रास्वपाले पछिल्ला घटनाहरूबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि अनुरोध गरेको छ । यता कीर्तिपुरको मेयरका लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने भएको छ।

आज बिहान १० बजेदेखि सुरू भएको उम्मेदवारी मनोनयनमा रास्वपाले मनोनयन दर्ता नगराउने निर्णय लिएको हो । रास्वपाले आफूले उम्मेदवारी नदिएपनि स्वतन्त्र उम्मेदवारमध्ये एकलाई समर्थन गर्ने र त्यसको लागि पार्टीले बैठक बसेर निर्णय लिने छ।

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ। यसअघि रास्वपाले कीर्तिपुरमा नगर सभापतिसमेत रहेका जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो।

कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, एमालेका डा. सुरेन्द्र महर्जन, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार छन् भने एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।

कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले स्वतन्त्र रुपमा मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन्, ‘१६ वर्ष भयो वनवास हिँडेको ।

०६७ साल भाद्रबाट सहरको फोहोर बढार्दै हिँडेको । कीर्तिपुरलाई सुन्दर सांस्कृतिक सहर बनाउनुपर्छ ।’ उनले कीर्तिपुरलाई संसारकै उच्च सहर बनाउन सकिने बताए । यस्तै कीर्तिपुर नगरपालिकामा दिनेशकुमार अधिकारीले पनि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सो नगरपालिका–४ को अध्यक्ष पदमा पविता अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी निधन भएका वडाध्यक्ष श्याम कुमार अधिकारीकी श्रीमती हुन । उनले पनि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top