NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

सी सँग बाइडेनको अन्तिम भेट,तिक्कतादेखि युद्धसम्म छलफल

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बाइडेन र सीको शीत युद्ध सकियो

US President Joe Biden (R) and China's President Xi Jinping (L) shakes hands as they meet on the sidelines of the G20 Summit in Nusa Dua on the Indonesian resort island of Bali on November 14, 2022. (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ मंसिर,एजेन्सी ।

विदा हुनै लागेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका छन्। पेरुको लिमामा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) फोरमको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

राष्ट्रपतिका हैसियतमा बाइडेनको सीसँगको यो अन्तिम भेट हो। किनभने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनापछि पदभार ग्रहण गर्दैछन्। निर्वाचित राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिलो’ व्यापार रणनीतिअन्तर्गत चिनियाँ सामानको अमेरिकी आयातमा ६० प्रतिशत कर लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेइजिङले यसको विरोध गर्दै आएको छ। उनले २०१६ देखि २०२० सम्मको आफ्नो राष्ट्रपतिकालमा चीनसँग रहेको आर्थिक विवादलाई फेरि जीवित पार्ने सम्भावना छ। चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार सीले चीन नयाँ प्रशासनसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

उनले राष्ट्रपति जो बाइडेनसँग अन्तिम वार्तामा साइबर अपराध, व्यापार, ताइवान, दक्षिण चीन सागर र रूससम्मका विवादका विषयमा कुराकानी गरेको समाचारमा उल्लेख छ। ‘चीनको स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धको लक्ष्य ट्रम्पको कार्यकालमा पनि अपरिवर्तित रहन्छ’, राष्ट्रपति सीले बाइडेनसँग भनेका छन्।

उनले दुवै देशबीच भएका उतारचढाव स्वीकार गर्दै भने, ‘चीन नयाँ अमेरिकी प्रशासनसँग सञ्चार कायम राख्न, सहकार्य विस्तार गर्न र मतभेदलाई व्यवस्थापन गर्न तयार छ।’ डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किन दुई महिना बाँकी रहँदा अमेरिकी अधिकारीहरूले संक्रमणकालमा द्वन्द्वको जोखिम बढेको देखिरहेका छन्।

कतिपय विश्लेषकहरूले ट्रम्पको कार्यकालको सुरुवातसँगै दुई महिनापछि चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन्। राष्ट्रपति बाइडेनले सीलाई शीर्ष तहमा वार्ता जारी राख्नु आफूले पद छोडेपछि पनि अत्यावश्यक हुने बताएको बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

बाइडेनले चीनसँग तनाव घटाउने उद्देश्य राख्दै आएका छन्। यद्यपि प्रमुख समस्याहरूमा कुनै ठोस सफलता हुन सकेको छैन। बाइडेन र सीले आणविक हतियारको प्रयोगबारे निर्णय लिन मानिसले नै भूमिका खेल्नुपर्नेमा सहमति जनाएका छन्।

आणविक हतियारको प्रयोगबारे निर्णय लिन कृत्रिम बौद्धिकता उपयोग गर्न नहुनेमा उनीहरू सहमत भएका हुन्। ‘दुवै नेताहरूले आणविक हतियार प्रयोग गर्ने निर्णयमा मानव नियन्त्रण कायम राख्न आवश्यक रहेको स्पष्ट पारेका छन्’, ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा उल्लेख छ।

दुवै नेताहरूले सैन्य क्षेत्रमा कृत्रिम बौद्धिकताको सम्भावित जोखिमबारे गम्भीर हुन र यो प्रविधि सावधानीपूर्वक विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएको वक्तव्यमा छ। सीले बाइडेनसँग ताइवान, लोकतन्त्र, मानवअधिकार र विकासको अधिकारलाई चीनका लागि महत्त्वपूर्ण रहेकाले यी मुद्दामा प्रश्न उठाउन नहुने बताएका थिए।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार राष्ट्रपति सीले बाइडेनसँग भनेका छन्, ‘ताइवानको मुद्दा, लोकतन्त्र र मानवअधिकार, प्रणाली र मार्ग तथा विकासका चासो चीनका चार प्राथमिकता हुन्, जसलाई चुनौती दिन मिल्दैन।’

चिनियाँ अखबार ग्लोबल टाइम्सले भेटमा सीले चीनका चार रेड लाइन पार नगर्न बाइडेनलाई सुनाएको उल्लेख गरेको छ । ती चार रेड लाइनहरूमा क्रमशः ताइवान प्रश्न, प्रजातन्त्र तथा मानव अधिकार, चीनको बाटो र प्रणाली, चीनको विकासको अधिकार भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीनले ताइवानलाई आफ्नो क्षेत्रका रूपमा दाबी गर्दै आएको छ। अमेरिका स्वशासित टापुको मुख्य सुरक्षा सहयोगी हो, यद्यपि उसले कूटनीतिक रूपमा ताइपेईलाई मान्यता दिएको छैन। सीले दक्षिण चीन सागरमा टापु र चट्टानबारेको द्विपक्षीय विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।

उनले यस क्षेत्रमा ‘उक्साउने कार्यलाई सहयोग नगर्न’ पनि बाइडनेसँग आग्रह गरेका छन्। चिनियाँ राष्ट्रपति सीले एक पक्षले अर्को पक्षलाई प्रतिद्वन्द्वी वा शत्रुका रूपमा हेरेमा दुई देशबीचका सम्बन्ध ‘घुम्ती र मोडहरू झेल्न सक्ने वा पछाडि धकेलिने’ स्थिति आउन सक्ने चेतावनी दिएका छन्।

बाइडेनले विगत चार वर्षका घटनाक्रम र दुई देशबीचको लामो सम्बन्धलाई झल्काउने गरी अभिव्यक्ति दिएका छन्।’पछिल्ला चार वर्षमा, चीन–अमेरिका सम्बन्धले धेरै उतारचढाव अनुभव ग¥यो।

तर हामी दुईको नेतृत्वमा फलदायी संवाद र सहकार्य भएका छन्, जसले समग्रमा स्थिरता ल्याएको छ’, बाइडेनले भनेका छन्। दुई राष्ट्रपतिहरुले उत्तर कोरिया, रुस–युक्रेन युद्धबारे पनि छलफल गरेका थिए ।

Tags: #अमेरिकाका राष्ट्रपति जो बाइडेन#चीनका ४ रेड लाइन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.