NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

रविमाथि ‘मिडिया ट्रायल’? चेक काटिएको बारे यस्तो छ बास्तविकता

मङ्लबार मंसिर ११ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ मंसिर , काठमाण्डौ।
सहकारीको वचत अपचलन प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताएका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याएर बयान लिन लागिएको हो । जिल्ला अदालत चितवनबाट पनि मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । कास्कीमा भने उनको बयान सकिएको छ । तर कास्कीमा रविले दिएको बयानका सम्बन्धमा प्रहरी स्रोतलाई उदृत गर्दै विभिन्न समाचार प्रशासन,प्रशारण भएपछि रविका तर्फबाट रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले प्रष्ट पारेका छन् ।

उनले हिरासतबाट रविको सन्देश भन्दै उनले लेखेका छन्, अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर÷छेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन।

पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ। रविको बयानमा आधारित रहेर आएका खबरहरुबारे मनिषले लेखेका छन्, जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छ?

जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो। हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन।

हिरासत कक्षमा भएको भेटमा रवि लामिछानेले भन्नुभयो–

‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई÷तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो।’

दोस्रो कुरा भन्दै उहाँले अगाडि भन्नुभयो–
‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ। सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि? जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ।’

कम्पनीको जिम्मेवारी पूरा गर्दा पनि आफूमाथि निरन्तर अन्याय गरिएको भन्दै रवि लामिछानेले भन्नुभयो–
‘तर यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला प¥यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरुबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहित रहन्छ। प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुख हुन्छु भनेको छैन, हुन्न। तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन। मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन–कुन चेकले कुन–कुन कानूनको उलंघन भयो? आज पो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशसनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र?’
निजी क्षेत्रमा भइरहेका अभ्याससहित आफूविरुद्ध गरिएको षड्यन्त्रबारे उहाँले भन्नुभयो–

‘निजी क्षेत्र विश्वासमा चल्छ। मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन्। कम्पनी ऐनको अधिनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीका मान्छेले जानुन्। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ। ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दा लगाइँदैछ। त्यतिले नपुगेर सरकारी वकील कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ।’

रवि लामिछानेले चेतावनीपूर्ण रुपमा अगाडि भन्नु भएको छ–
‘म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने? यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’
हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिदै गर्दा यो सन्देश चाहिँ नछुटोस् है भनेर भन्नुभयो–
‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यायका कयौं सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्। मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’

Tags: #प्रहरीले प्लेनको टिकट पाएन#रविमाथि ‘मिडिया ट्रायल

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.