×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

भारतको राजनीतिमा गान्धी परिवार कहाँबाट जोडियो ?

१४ मंसिर २०८१

१४ मंसिर, एजेन्सी।
भारतमा गान्धी परिवारकी आमा र दुई सन्तान एकैसाथ सांसद भएका छन्। लोकसभा सदस्यमा हालै निर्वाचित प्रियंका गान्धीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि भारतीय संसद्मा तीनैजनाको प्रवेश भएको भारतीय संचारमाध्यामहरुले जनाएको छन् ।

तीनैजना भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध छन्। राहुल गान्धी र सोनिया गान्धी यसअघि नै सांसद सदस्य छन्। राहुल प्रियंकाका दाजु हुन् भने सोनिया आमा हुन्। प्रियंका आफ्नी आमा सोनिया गान्धीका साथ शपथ लिन संसद् भवन पुगेकी थिइन्।

शपथ ग्रहण समारोहमा राहुल र प्रियंकाका पति रोबर्ट वाड्रा पनि सहभागी थिए। प्रियंका गान्धीले पहिलोपटक चुनाव लडेकी हुन्। वायनाडमा भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले छोडेपछि सिट खाली भएको थियो।

यसै वर्ष सम्पन्न लोकसभा चुनावमा राहुल गान्धीले रायबरेली र वायनाडबाट चुनाव लडेका थिए। उनी दुवै स्थानबाट निर्वाचित भएका थिए। त्यसपछि उनले वायनाडको सिट छोडेका थिए। राहुल लोकसभामा विपक्षी दलका नेता हुन्। आमा सोनिया राज्यसभामा छिन् ।

राहुल रायबरेलीबाट लोकसभामा प्रतिनिधित्व गर्छन् भने सोनिया राजस्थानबाट राज्यसभामा प्रतिनिधित्व गर्छिन्। प्रियंका अब लोकसभामा आफ्ना दाजु राहुल गान्धीसँगै रहँदा अर्को इतिहास दोहोरिएको छ।

७१ वर्षअघि जवाहरलाल नेहरू र विजयलक्ष्मी पण्डित पहिलोपटक नेहरू–गान्धी परिवारका दाजुबहिनी सांसद थिए। त्यसपछि सोही परिवारको अर्को जोडी संसद्मा देखापरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रियंका गान्धी ५ वर्षअघि २०१९ को लोकसभा चुनावमा सक्रिय राजनीतिमा देखिएकी हुन्। त्यस बेला उनले चुनावमा भाग लिइनन्। त्यसपछि उनले कांग्रेस महासचिवका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी छन्।

भारतको राजनीतिमा गान्धी परिवार एक महत्त्वपूर्ण र प्रभावशाली परिवारको रूपमा परिचित छ। यो परिवार भारतीय राष्ट्रिय कांग्रेससँग जोडिएको छ र स्वतन्त्रता आन्दोलनदेखि वर्तमान राजनीतिसम्म देशको राजनीतिक इतिहासमा केन्द्रीय भूमिका निर्वाह गर्दै आएको छ।

सन् १८६१ देखि १९३१ सम्म गान्धी परिवारको राजनीतिक आधार मोतीलाल नेहरूबाट सुरु भएको मानिन्छ । उनले भारतीय राष्ट्रिय कांग्रेसका दुईपटक अध्यक्ष बने र स्वतन्त्रता आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसपछि १८८९ देखि १९६४ सम्म मोतीलाल नेहरूका छोरा जवाहरलाल नेहरू आधुनिक भारतका संस्थापकका रूपमा चिनिन्छन्। भारतका पहिलो प्रधानमन्त्री बनेका नेहरु, जो १९४७ देखि १९६४ सम्मराजनीतिमा सक्रिय रहेका थिए । उनले समाजवाद, धर्मनिरपेक्षता र आधुनिक विज्ञानमा आधारित भारतको निर्माणमा जोड दिएका थिए ।

नेहरु पछि १९१७ देखि १९८४ सम्म उनकी छोरी इन्दिरा गान्धी राजनीतिमा सक्रिय भएकी थिइन् । उनी भारतकी पहिलो महिला प्रधानमन्त्री हुन् । उनको नेतृत्व विवादास्पद भए पनि उनले हरित क्रान्ति, बैंकहरूको राष्ट्रियकरण र बङ्गलादेश युद्धमा निर्णायक भूमिका खेलेकी थिइन्।

१९८४ मा सिख विद्रोहपछि उनलाई हत्या गरिएको थियो । त्यसपछि इन्दिरा गान्धीका छोरा जसले १९८४ देखि १९८९ सम्म भारतका प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । टेक्नोलोजी र कम्प्युटर क्रान्ति भारतमा भित्र्याउन राजीव गान्धीको ठूलो योगदान मानिन्छ ।

सन् १९९१ मा उनी तमिल विद्रोहीहरूले गरिएको आक्रमणमा मारिएका थिए । अहिले गान्धी परिवारको आधुनिक भूमिकामा राजीवकी पत्नी सोनिया गान्धी सक्रिय छिन् । सोनिया गान्धी १९९८ देखि २०१७ सम्म कांग्रेस पार्टीको अध्यक्ष रहिन्।

उनको नेतृत्वमा कांग्रेसले २००४ र २००९ मा केन्द्रमा सरकार गठन ग¥यो। उनको साथमा छोरा राहुल पनि राजनीतिमा सक्रिय छन् । राजीव र सोनिया गान्धीका छोरा राहुल गान्धी कांग्रेसको उपाध्यक्ष र पछि अध्यक्ष बने।

उनी युवा नेता भए पनि उनको नेतृत्व आलोचनाको विषय बन्ने गरेको छ। उनले काग्रेसको अध्यक्ष पनि त्याग गरेका थिए । यस्तै राजीव र सोनिया गान्धीकी छोरी प्रियंका गान्धी पनि राजनीतिमा सक्रिय छिन् ।

उनले २०१९ मा उत्तर प्रदेशमा कांग्रेसको प्रचार अभियान सम्हालिन्। अहिले उनी आमा र दाजुसँगै संसदमा प्रवेश गरेकी छन् । गान्धी परिवारमाथि राजनीतिक नेतृत्व परिवारभित्र सीमित राखेको आरोप लाग्दै आएको छ।

कांग्रेस पार्टी परिवारमा आधारित भएको भन्दै आलोचना गरिएको छ। यस्तै बोफोर्स घोटालादेखि अगस्ता वेस्टल्यान्ड हेलिकप्टर विवादसम्म गान्धी परिवार विभिन्न घोटालामा जोडिएको छ। २०१४ मा नरेन्द्र मोदीको उदय पछि कांग्रेसको लोकप्रियता घट्दै गएकाले गान्धी परिवारको राजनीतिक प्रभाव कम हुँदै गएको विश्लेषण गरिन्छ ।

राहुल गान्धीको नेतृत्वलाई कमजोर मानिन्छ भने प्रियंका गान्धीको प्रभाव पनि अपेक्षाअनुसार देखिएको छैन।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top