×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

चितवन राइनोजको संघर्षपूर्ण जित,जनकपुर र कर्णाली भिड्दै

१७ मंसिर २०८१

१७ मंसिर , काठमाण्डौ ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुआत गरेको छ । बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो।

चितवनले पनि सुरुआत राम्रो गर्न सकेको थिएन । तर, मध्यक्रमका सन्तोष कार्की र शरद भेष्वाकरले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेपछि चितवनले जितसहित प्रतियोगिता सुरुआत गर्न सफल भयो ।

३१ बल खेलेका सन्तोषले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे। शरद ११ रनमा अविजित रहे । पहिलो पावर प्लमै चितवनले दुई ओपनर गुमायो । हसन इसाखिल १२, दीपक बोहरा सात रनमा पभिलियन फर्किएपछि चितवन दबाबमा परेको थियो ।

तर, लुक बेन्केनस्टाइनको २२ रनसँगै चितवन खेलमा फर्किन सफल भयो । १७ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। उनी आउट भएलगत्तै कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा क्याच आउट भए ।

काठमाडौंका शाहब आलमले सर्वाधिक तीन विकेट लिएपनि जितका लागि पर्याप्त बने। चार ओभर बलिङ गरेका उनले २० रन मात्रै दिए । ग्रेहार्ड इरास्मत र डन डाउथवेटले समान एक विकेट आफ्नो नाममा लेखाए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर काठमाडौंले ब्याटिङ थालेको थियो ।

तर, ३९ वर्षीय पाकिस्तानी बलर सोहेल तन्विरको अगाडी काठमाडौंको ब्याटिङ अर्डर पुरै ध्वस्त भयो । माइकल लेभिटले २५ र सुमित महर्जनले २७ रनको योगदान दिए। त्यसपछि मात्रै काठमाडौंले निर्धारित २० ओभर नौ विकेट गुमाएर स्कोर्ड बोर्डमा १११ रन पु¥याउन सक्यो ।

तन्विरसामू काठमाडौंका ब्याटरले खुलेर खेल्न सकेनन्। उनले पावर प्लेमै स्टेफन इन्कान्जीलाई दुई र लेभिटलाई २५ रनमा पभिलियन फर्काए। त्यसपछि भीम सार्की पनि उनकै बलमा एक रनमा क्रिजबाट बाहिरिए ।

लगातार विकेट गुमिरहेको अवस्थामा सुमितले काठमाडौंको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, मध्यक्रमका शंकर राना र राशिद खानले उनलाई साथ दिन सकेनन् । ४१ बल खेलेका सुमित एक चौकासहित २९ रन बनाएर पभिलियन फर्किए।

शंकरले १६ र राशिदले चार रनको योगदान दिए । तर, तल्लो क्रमका कप्तान करण केसी र शाहब आलम समान एक रनमा क्याच आउट भए। डन डाउथवेटले टिकेर १९ रन जोड्दिए । चितवनका तन्विरले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिए।

रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेन्केनस्टाइनको नाममा समान एक विकेट रह्यो । शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

कर्णाली र जनकपुरबीचको खेल अहिले दिउँसो १ः१५ बजे सुरु हुँदैछ । टस जितेको कर्णालीले पहिला ब्याटिङ गर्दैछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ ।

उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top