NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

मार्शल ल पछि दक्षिण कोरियाःअनिश्चितकालीन आम हड्ताल

बिहिबार मंसिर २० , २०८१
Reading Time: 1 min read
A A
दक्षिण कोरियामा युवा भेट्न मुश्किल पर्ने दिन आउँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० मंसिर, एजेन्सी ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन घोषणा र फिर्ता प्रकरणले बुधबारदेखि विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए ।

यो घटनापछि देशको सबैभन्दा ठूलो छाता श्रमिक सङ्घले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन आम हड्तालको आह्वान गरेको छ । यसको प्रभाव देशभर परेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यस्तै दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनले राजीनामाको घोषणा गरेका छन्। राष्ट्रपतिको मार्सल ल लगाउने प्रयासको विरोधमा श्रमिक युनियनले सामूहिक हडतालको घोषणा गरेपछि दक्षिण कोरियालीहरू सडकमा उत्रिएका छन् ।

राष्ट्रपतिले आफ्नी श्रीमती र आफूलाई बचाउनका लागि मार्सल कानून लागु गर्ने प्रयास गरेको आरोप मानिसहरूले लगाएका छन्। यता जापानका रक्षामन्त्री जनरल नाकातानीले दक्षिण कोरियाको भ्रमण स्थगित गरेका छन् भने स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनका प्रवक्ताले प्रधानमन्त्री दक्षिण कोरियाको निर्धारित भ्रमणमा नजाने बताएका छन्।

क्रिस्टरसनले यस हप्ता दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलसँगको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम थियो। चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो ।

कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ। सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्वसरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ ।

दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन् । विपक्षी डेमोक्रेयाटिक पार्टी (डीपी)का नेता किम योङ मिनले भने, ‘हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौं ।’

उनीहरूले राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ । उच्च पदस्थ विपक्षी नेताहरूले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन् । दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन ।

यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदकोे दलबदल आवश्यक छ। यसअघि डीपीले युन, उनका रक्षा तथा आन्तरिक मामिलामन्त्री, सैन्य कानुनका कमान्डर र प्रहरी प्रमुखलगायतका अधिकारीविरूद्ध राज्य विद्रोह (कू)को मुद्दा दायर गर्ने बताएको थियो ।

युनको आफ्नै सत्तारुढ दलका नेताले समेत राष्ट्रपतिको यो कदमलाई ‘दुःखद’ भन्दै घटनामा संलग्नलाई जवाफदेही बनाउन माग गरेका छन्। युनले उत्तर कोरिया र ‘राज्यविरोधी शक्ति’को खतराको हवाला दिँदै मङ्गलबार राति टेलिभिजनमा सैनिक शासन लागू गरिएको घोषणा गरेका थिए ।

राष्ट्रपतिको उक्त कदमपछि २४ वटा हेलिकप्टरको सहयोगमा २८० भन्दा बढी सैनिक संसद भवन पुगेका थिए । तर, १९० जना सांसदले राइफल बोकेका सैनिकको धज्जी उडाउँदै संसद भवनभित्र पसेर त्यसको विपक्षमा मतदान गरेका थिए ।

यसले युनसँग आफ्नो निर्णय फिर्ता लिन बाध्य बनायो । उनका लागि स्थानीय समयअनुसार मङ्गलबार बिहान ४ः३० बजे अर्को टेलिभिजन सम्बोधन गरी सेनालाई फिर्ता बोलाउनुबाहेक अर्को विकल्प थिएन । कोरियाली संविधानअनुसार संसदमा बहुमतले माग गर्दा सैनिक शासन हटाउनुपर्ने प्रावधान छ ।

युनका लागि काम गर्ने वरिष्ठ सहयोगीहरूले बुधबार सैनिक शासन घोषणाको विरोधमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए। यो समाचार तयार पार्दासम्म पनि युन फेरि सार्वजनिक रूपमा देखा परेका छैनन् ।

घोषणा फिर्ता गर्ने राष्ट्रपतिको निर्णयपछि संसद बाहिर झण्डा फहराइरहेका प्रदर्शनकारीहरू बीच खुशीयाली छाएको थियो । उनीहरूले युनको सैन्य शासन घोषणाको अवज्ञा गर्दै रातभर सतर्कता अपनाउन चिसो तापक्रममा प्रदर्शन गरेका थिए ।

थप विरोध प्रदर्शन हुने अनुमान गरिएकाले ठूलो सङ्ख्यामा प्रहरीले मुख्य स्थानहरूमा गस्ती गरिरहेका छन् । युनले उत्तर कोरियाको कम्युनिष्ट शक्तिले निम्त्याएको खतराबाट उदार दक्षिण कोरियालाई जोगाउन र जनताको स्वतन्त्रता र खुशी लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न सैनिक शासनको लागू गरेको बताएका थिए ।

युनले उत्तर कोरियाको खतराबारे विस्तृत जानकारी नदिए पनि आणविक शक्ति सम्पन्न प्योङयाङसँग प्राविधिक रूपमा दक्षिण कोरिया युद्धमा छ । दक्षिण कोरियाको निकट सहयोगी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीलाई ‘दक्षिण कोरियाली राष्ट्रपतिलाई सत्ता अपदस्थ गर्न उद्दत राष्ट्रविरोधी शक्ति’को संज्ञा दिएका छन् ।

हालैका हप्ताहरूमा युन र उनको पिपुल्स पावर पार्टीले अर्को वर्षको बजेटलाई लिएर विपक्षीहरूसँग कडा मतभेदहरूको सामना गरेका छन् । विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत बजेट योजना पारित गरेका थिए जसले युनको खर्च योजनामा कटौती गरेको थियो।

गत हप्ता ‘ग्यालप’को पछिल्लो सर्वेक्षणमा राष्ट्रपतिको अनुमोदन दर १९ प्रतिशतमा झरेको थियो । मतदाताहरू अर्थव्यवस्थाको अवस्था र उनकी पत्नी किम किन हीसँग सम्बन्धित विवादहरूलाई लिएर आक्रोशित भएका देखिन्छन् ।

Tags: #कोरियाको अवस्था आज कस्तो छ ?#मार्शल ल पछि दक्षिण कोरियाः

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.