×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

सिरियामा सुरु भयो नयाँ गृहयुद्ध, असदको पतनपछि कसलाई फाइदा ?कसलाई घाटा ?

२८ मंसिर २०८१

२८ मंसिर , विराटनगर।

सीरियामा १३ वर्षको गृहयुद्ध यस महिना अन्त्य भएको छ । जब बशर अल असदलाई सत्ताबाट हटाउँदै मोहम्मद अबू जुलानीको नेतृत्वमा रहेको समूह तहरीर अल शाम (एचटीएस) ले राजधानी दमाश्कसमा कब्जा ग¥यो।

बशरको रूस भाग्ने र दमाश्कसमा कब्जापछि अबू जुलानीले यसलाई सीरियाको लागि नयाँ उदयको रुपमा व्याख्या गरे। त्यसपछि यो मानिएको थियो कि सीरिया शान्तिमा फर्किने छ । तर यो साँचो हुँदैन जस्तो देखिँएको छ ।

सीरियामा सक्रिय सशस्त्र समूहहरू बीचको संघर्ष बढ्दै गइरहेको छ, जसले देशमा नयाँ गृहयुद्ध सुरु हुने डर पैदा गरेको छ। सीरियामा टर्की समर्थित सीरियन नेशनल आर्मी र अमेरिका समर्थित सीरिया डेमोक्रेटिक फोर्सबीच तनाव बढिरहेको छ।

एसडीएफ कुर्द, अरब र असीरियन मिलिशियाको गठबन्धन हो। एसएनए टर्कीको समर्थनमा बनेको विद्रोही समूहहरूको गठबन्धन हो। टर्की र अमेरिका समर्थित समूहहरूको अलावा पनि धेरै समूह सीरियामा संघर्ष गरिरहेका छन्, जसले स्थिति अझ जटिल बनाएको छ।

सीरियामा मुख्य रूपमा रूससँग टर्की समर्थित एसएनए र अमेरिका समर्थित एसडीएफ आमने सामने छन्। दुवैका आफ्ना–आफ्ना क्षेत्रीय दावीहरू छन् र दुवैका अन्तर्राष्ट्रिय समर्थकहरू छन्। यी समूह बीच टकरावका थुप्रै कारणहरू छन्।

पहिलो– दुवै समूह सीरियाको भविष्यको बारेमा अलग–अलग सोच राख्दछन्। दोस्रो, यी दुवैका अन्तर्राष्ट्रिय समर्थक फरक–फरक छन् र तेस्रो कारण भनेको यी दुवैका क्षेत्रीय दावीहरू छन्।
एसडीएफ उत्तर–पूर्वी सीरियाको ठूलो हिस्सा नियन्त्रण गर्छ।

यस क्षेत्रमा तेल भण्डार र कृषि क्षेत्र छन्। त्यहाँ एसएनए टर्कीको सहयोगमा उत्तरी सीरियामा सुरक्षित क्षेत्र बनाउनको लागि प्रयासरत छ। टर्की एसएनएलाई समर्थन गर्दछ किनभने उसले आफ्नो सीमामा कुर्द क्षेत्र चाहँदैन। उसले कुर्दहरूलाई सुरक्षाको लागि खतरा मान्छ।

त्यहाँ एसडीएफलाई अमेरिकाबाट सैन्य सहायता प्राप्त हुन्छ। इजरायलबाट पनि एसडीएफलाई समर्थन छ । । जहाँ यसले टर्कीको रिस बढाएको छ। टर्की र अमेरिका बाहेक रूस, ईरान र इजरायल पनि सीरियाको अस्थिरताका कारण छन् ।

रूसले वर्षौंदेखि बशर शासनलाई मद्दत गर्दै आएको छ। त्यहाँ ईरानको सहयोगबाट शिया लडाकाहरू सारियामा सक्रिय रहेका छन्। इजरायलले सीरियामा बिग्रिएको अवस्थाको फाइदा उठाउनका लागि आक्रमणहरू गरिरहेको छ ।

यस्तो अवस्थामा सीरियामा मानविय संकट गहिरिँदै गएको छ र क्षेत्रीय प्रतिस्पर्धा गहिरिँदै गएको छ। यसले एक नयाँ गृहयुद्धको सम्भावना बढाएको छ । सिरियामा असद परिवारको ५ दशकभन्दा बढी लामो शासनको अन्त्यले अरब क्षेत्र र मध्यपूर्वको शक्ति सन्तुलनमा निःसन्देह भिन्नता ल्याउँछ ।

तर, यो भिन्नता कस्तो हुन्छ ? यसले कुन–कुन देश र सङ्गठनलाई के–के फाइदा वा बेफाइदा गर्दछ ? यसको आकलन गर्न थालिएको छ । सबैभन्दा ठूलो बेफाइदा ‘सिया त्रिगुट’ र यसको मुख्य नेता इरानलाई हुन सक्दछ । इरान, सिरिया र लेबनानको हिज्बुल्लाह समूह ‘सिया त्रिगुट’ का नजिकका साझेदार थिए ।

यिनले प्यालेस्टाइनको हमास र यमनी हुथी विद्रोहीलाई आफ्ना साझेदार बनाएका थिए । आन्तरिक गृहयुद्धले जर्जर भएको कारण बसर–अल–असदको सरकार हमास, हिजबुल्लाह र हुथी विद्रोहीको समर्थनमा खुल्न सकिरहेको थिएन ।

तर, इरानसँग सिरियाको सम्बन्ध राम्रो थियो । हिज्बुल्लाह, हमास र हुथी विद्रोहीलाई सहयोग गर्न इरानले सिरियाको भूमि र सम्पर्क सुत्र प्रयोग गर्दथ्यो। गाजा युद्धका कारण हमासका दुई मुख्य नेता इस्माइल हानियाँ र याह्या सिनवरको मृत्यु इरानको लागि ठूलो घाटा थियो ।

इस्माइल हानियाँलाई त इजरायलले तेहरानको पाहुना बनेको अवस्थामै मारेको थियो । अर्कोतिर हिज्जबुल्लाह नेता हसन नसरुल्लासमेत मारिए । हिज्जबुल्लाहका नयाँ नेता इजरायलसँग युद्धविराम गर्न बाध्य भए ।

नोक्सानीको यो शृङ्खलामा इरानले अर्को एउटा ठूलो क्षति बेहोर्नुपरेको छ । सिरियामा असदको पतनले उसले एक नजिकको साझेदार राज्य र सरकार गुमाएको छ । सिरियामा नयाँ स्थापित हुने सरकार इरानको नजिक हुने सम्भावना कम छ ।

यो इरानको क्षेत्रीय शक्ति थप कमजोर भएको सङ्केत हो । असदको पतनले दोस्रो धक्का रुसलाई दिएको छ । असद परिवार सोभियत सङ्घको समयदेखि नै मस्कोको नजिक थियो । सन् २०११ को जनविद्रोह र त्यसपछिको गृहयुद्धको क्रममा सन् २०१५ मा मस्कोले रुसी सेना सिरिया पठाएको थियो ।

गृहयुद्धमा असद सरकारलाई साथ लिएर रुस सिरियामा बदनाम भएको छ । तसर्थ, सिरियाका नयाँ नेताले चाहेर पनि तत्काल रुसी राष्ट्रपति पुटिनसँग सम्बन्ध सहजीकरण गर्न सक्ने छैनन् । कम्तीमा युक्रेन युद्धमा रुसले सिरियाबाट पाइरहेको सानोतिनो सहयोग अब रोकिने छ ।

असद परिवारलाई मस्कोले आश्रय दिएको छ । आश्रय मानवीय दृष्टिकोण दिइएको भनिए पनि यो मूलतः राजनीतिक नै हो । रुसले दशकौंदेखिको एक साझेदार देश गुमाएको छ । तेस्रो ठूलो घाटा लेबनानको हिज्जबुल्लाह समूहलाई हुनेछ ।

हिज्बुल्लाहले सिरियामा असद सरकारलाई सहयोग गर्ने गर्दथ्यो भने सिरियाले लेबनानमा हिज्जबुल्लाहलाई सहयोग गर्दथ्यो । अब हिज्जबुल्लाहले सिरियाको सहयोग नपाउन सक्दछ । सिरियामार्फत हिज्जबुल्लाहले पाउने इरानी सहयोग पनि अहसज हुने छ ।

बेरुत सरकारले दमास्कसको नयाँ शासनसँग राम्रो सम्बन्ध बनाउन सक्दछ । यसो भएमा हिज्बुल्लाह जो गाजा युद्धमा हमासलाई साथ दिँदा आफैँ कमजोर भएको छ, लेबनानी राजनीतिमा यसको प्रभाव अझ कमजोर हुन सक्दछ ।

हिज्बुल्लाह र इरानको सहयोगी शासकको पतनले हमासलाई पनि परोक्षतः बेफाइदा हुनेछ । हमासका मध्यमस्तरका नेता, कार्यकर्ता सिरियामा लुकेर बस्ने गर्दथे । सिरियाभित्र सिया समुदाय र सिया समुदायआधारित सङ्गठन कमजोर हुन सक्नेछन् ।

तर, विद्रोही नेता अबु मोहम्मद अल जुलानी सुन्नी समुदायको भएको हुँदा इसाईलगायतका सिरियाली अल्पसङ्ख्यकमाथिका सङ्कट बढ्न सक्नेछन् । असद शासनकालमा सुन्नी समुदायमाथि ठूलो दमन गरिएको थियो । नयाँ शासनले त्यसको प्रतिशोध लिन्छ वा सबै समुदायसँग समान व्यवहार गर्दछ, त्यो भने प्रतिक्षाकै विषय बन्दछ ।

नयाँ शासनले आधुनिक लोकतान्त्रिक शासन पद्धति अवलम्बन गर्दछ वा इस्लामिक कानुनहरू लागू गर्दछ, त्यो पनि पर्खेर हेर्ने विषय नै हो । जुलानीको राजनीतिक पृष्ठभूमि अलकाइदासँग जोडिएको हुँदा उनले इस्लामिक कानुन लगाउन खोजे अफगानिस्तान र इरानका महिलालाई जस्तै सिरियाली महिलाले पनि बुर्का वा हिजाब संहिता पालना गर्नु पर्ने वा महिला शिक्षा र स्वतन्त्रता सङ्कुचन हुन सक्दछ ।

सम्पूर्ण अरब देश र मध्यपूर्वमा सुन्नी समुदायको राजनीतिक प्रभाव विस्तारमा सिरियाको नयाँ शासनले भूमिका गर्न सक्नेछ । अल काइदा र आरएसआरएस लाभान्वित हुन सक्दछन् । दीर्घकालमा इजरायल लाभान्वित नहुन सक्दछ तर, तत्काल आफ्ना शत्रुहरु हिज्जबुल्लाह, हमास र इरान कमजोर हुने हुँदा यो इजरायलका लागि पनि फाइदाको विषय हो ।

अमेरिका र पश्चिमा देशहरुका लागि भने नयाँ सिरियाली शासनसँगको सम्बन्ध अनुमान गर्न हतारो हुन्छ । जुलानी अलकाइदा र आइएसआइएस पृष्ठभूमिका नेता भएको हुँदा उनको अमेरिका र पश्चिमा देशहरुसँगको सम्बन्ध कस्तो हुन्छ, यसै भन्न सकिन्न ।

तर, तत्कालका लागि भने अमेरिकासमेत फाइदामा छ । किनकि, उसका मुख्य आवणिक प्रतिस्पर्धी दुई देश रुस र इरानले यो सिरिया मामिलामा घाटा बेहोरेका छन । इरान र रुसको बेफाइदा नै अहिलेलाई अमेरिकाको फाइदा हो ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले सिरियामा असदको पतनप्रति खुसी व्यक्त गर्दै यो लडाइँमा अमेरिका संलग्न हुनु नहुने तर्क गरेका छन् । यमन, लिबिया, इजिप्ट, ट्युनिसियाजस्ता देशहरु सम्भवतः धेरै बेफाइदामा हुने छैनन् तर, ती भित्रभित्रै संशयमा र असन्तुष्ट भने होलान् ।

टर्कीको कुर्दिश विद्रोही क्षेत्रमा अधिकांश सुन्नी समुदायका छन् । सम्भवतः टर्की पनि सिरियाको सत्ता परिवर्तनबाट त्यतिधेरै सन्तुष्ट नहोला । जोर्डनमा पर्ने प्रभावबारे पनि अहिले नै यसै भन्न सकिँदैन ।

यद्यपि, युक्रेन युद्धमा रुसलाई सिरियाली सहयोग निर्णायक र महत्त्वपूर्ण थिएन । तर, आफ्नो शत्रु देशको एक सहयोगीको पतन युक्रेनका लागि पनि फाइदाको विषय बनेको छ । यसबारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top