NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best UK Casino Bonuses & Welcome Offers December 2025 बुधबार पुस ९ , २०८२
Bet With Real Money बुधबार पुस ९ , २०८२
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

ऋषिकेशका स्वकीय सचिवको ठगी धन्दा,एमबीबीएसको नाममा ३८ लाख झ्वाम

शुक्रबार पुस १९ , २०८१
Reading Time: 1 min read
A A
ऋषिकेशका स्वकीय सचिवको ठगी धन्दा,एमबीबीएसको नाममा ३८ लाख झ्वाम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ पुष , काठमाण्डौ।

सहकारी प्रकरणमा श्रीमतीविरुद्ध प्रहरीले पक्राउ पुर्जी नै जारी गरेपछि घेरिदै आएका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल नै ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ ।

यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ नगरेको अवस्थामा उनका स्वकीय सचिव नै ठगी धन्दामा मुछिएको फेला परेको छ ।

LS Auto

मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन् । ठगी प्रकरणमा पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेशसमेत दिएको छ ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको पीडितले बताएका छन् । छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीले बताएका छन् ।

विभिन्न मितिमा आफूबाट पोखरेलले ७ पटक रकम लिएको उनको भनाइ छ । नविल बैंकमा रहेको पोखरेलको खातामा चौधरीले रकम जम्मा गरिदिएका थिए । पोखरेलको खातामा रकम जम्मा भएको चौधरीले अदालतमा बुझाएको स्टेटमेन्टमा समेत उल्लेख छ ।

एमबीबीएस अध्ययन गर्न छोरीको नाम निकालिदिने र होस्टलमा बस्ने वातावरण बनाइदिने बताएपछि रकम दिएको बुबा बौआलालले दिएको जाहेरीमा उल्लेख छ । तर, एमबीबीएस प्रवेश परीक्षामा छोरी उत्तीर्ण नभएपछि चौधरीले पोखरेलसँग रकम मागेका थिए ।

पैसा माग्दा पोखरेलले उल्टै चौधरीलाई ५० लाख रुपैयाँ ऋण दिएको कपाली तमसुक देखाएका थिए । २०७८ फागुन ९ गते पोखरेलले हिसाब चुक्ता गरिदिने भन्दै काठमाडौं बोलाएर पुरानो मितिमा किर्ते कागज बनाएको पीडितले बताए ।

‘छोरीलाई डाक्टर बनाउन पोखरेललाई करिब ३९ लाख रुपैयाँ बुझाएँ । मेरो पहुँच र पावर माथिसम्म छ, छोरीलाई डाक्टर पढाउन नाम निकाल्ने व्यवस्था मिलाइदिन्छु भनेपछि पैसा दिएको हुँ,’ बौआलालले दिएको जाहेरीमा उल्लेख छ, ‘छोरीको नाम त निस्किएन नै, उल्टै मेरो रकम पचाउने र थप रकम लिने उद्देश्यले किर्ते तमसुक बनाएको छ ।’

रकम फिर्ता माग्दा पोखरेलले जबरजस्ती किर्ते तमसुक बनाएको र उल्टै धम्की दिने गरेको चौधरीले बताएका छन् । आफू ठगीमा परेको भन्दै पोखरेललाई कारबाही माग गर्दै चौधरी उजुरी बोकेर प्रहरी कार्यालय पनि पुगेका थिए ।

पोखरेलबाट ठगीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दर्ता गर्न चौधरी धेरै पटक धाए । तर, प्रहरीले उजुरी नै लिन नमानेको समेत उनले बताएका छन् ।

पोखरेलविरुद्ध ठगी मुद्दामा जाहेरी दिँदा प्रहरीले प्रमाण नपुग्ने भन्दै नलिएपछि चौधरीले १८ साउन २०७९ मा हुलाक निर्देशनालय विराटगरमार्फत् मोरङ प्रहरीमा जाहेरी दरखास्त पठाएका थिए। प्रहरीले हुलाक र प्रत्यक्ष भेटेर पनि पोखरेलविरुद्ध उजुरी दर्ता नगरेपछि चौधरी अदालत पुगेका थिए ।

रकम दिएको बैंक स्टेटमेन्ट र भौचरसहित दिँदा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि चौधरीले अदालतमा रिट दायर गरेका थिए । चौधरीले ३१ साउन २०७९ मा पोखरेलविरुद्ध अनुसन्धान गर्न परमादेश मागदाबीसहित रिट निवेदन दर्ता गराएका थिए ।

यस विषयमा मोरङ प्रहरीले भने आन्तरिक रुपमा आफुहरु अनुसन्धानमा रहेको बताएको छ । अदालतबाट परमादेश आइसके समाचारबाट थाह पाएपछि आधिकारिक रुपमा अदालतको पत्र प्रहरी कार्यालयमा आइनपुगेको भन्दै मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले प्रहरीले विगतमा जाहेरी दर्ता नगरेको विषयमा समेत ततकालीन समयको फाइल खोज्ने काम गरिरहेको बताएका छन् ।

उनले अदालतको पत्र प्राप्त हुनासाथ कारबाही प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । चौधरीले ठगीमा संलग्न पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ । गत भदौ ३१ गते उच्चले दिएको परमादेश पुस ११ गते प्रमाणीकरण भएको हो ।

अदालतको परमादेशपछि सभापति पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई जिम्मेवारीबाट हटाएका छन् । पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका थिए । पोखरेलले संसद सचिवालयमा लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

संघीय सांसद तथा लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत सहकारी ठगीमा फरार अभियुक्त छन् । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारीको करोडौं रकम कोइराला सञ्चालक भएको बेला अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

गत मंसिर २७ गते अदालतमा सहकारी ठगीको मुद्दा दर्ता भएर पुस ३ गते पक्राउ पुर्जी जारी भए पनि कोइराला पक्राउ परेकी छैनन् । विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिका रहेकी कोइराला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि विद्यालयमा हाजिर भएकी छैनन् ।

यही प्रकरणमा सभापति पोखरेलको लेखा समितिबाट राजीनामा समेत माग गरिएको छ । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले गएको पुस ८ को बैठकमा पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए ।

माओवादी सांसद मोदीले सभापति पोखरेलको राजीनामा माग्दा एमाले सांसद गोकुल बास्कोटा र मोदिबीच केहिबेर सवालजवाफ भएको थियो । एमाले र कांग्रेसका सांसद पोखरेलको पक्षमा देखिएका थिए ।

सांसदहरुले प्रश्न उठाएपछि सभापति पोखरेलले आफु सबै कानुनि परिक्षामा संलग्न हुन तयार रहेको बताएका थिए । अहिले स्वकीय सचिव नै ठगी प्रकरणमा मुछिएपछि उनी थप दबाबमा परेका छन् ।

Tags: # ऋषिकेशका स्वकीय सचिव#ऋषिकेश पोखरेल#सहकारी प्रकरण

लोकप्रीय

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

विचार

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

थप समाचार

Casino

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२
Casino

Bet With Real Money

बुधबार पुस ९ , २०८२
Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.