×

NEPAL TIMES UPDATES

Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026

ऐतिहासिक क्रिकेट विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

२१ पुष २०८१

२१ पुष , काठमाण्डौ ।

विश्वकपमा खेल्ने सपना हरेक खेलाडीको हुन्छ, र यो सपना पूरा गर्ने गौरव अब नेपाली अन्डर १९ महिला क्रिकेट टोलीको हातमा छ। अन्डर १९ महिला क्रिकेट विश्वकपमा नेपालले पहिलो पटक आफ्नो झण्डा फहराउँदैछ।

Advertisement
Advertisement

यो प्रतिष्ठित प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। नेपाल पटक यू–१९ महिला क्रिकेट विश्वकपमा पुगेको हो।

आगामी ५ माघदेखि २० माघसम्म मलेसियामा यू–१९ महिला क्रिकेट विश्वकप हुँदैछ। पहिलोपटक आइसिसी यू–१९ महिला विश्वकप खेल्न लागेको नेपालले समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ५ माघमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मलेसियामा ५ माघबाट सुरु हुने विश्वकपमा नेपालले विश्व क्रिकेटकै अनुभवी राष्ट्र अस्ट्रेलिया र बंगलादेशसँगै स्कटल्यान्डसँगको प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय एक्सपोजर मात्र नभएर गतिलो नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

नेपालले ७ माघमा स्कटल्यान्डको सामना गर्नेछ । समूह चरणको अन्तिम खेल ९ माघमा नेपालले उपाधि दाबेदार अस्ट्रेलियाको सामना गर्ने आइसिसीले जनाएको छ । आइसिसीले सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरेको छ ।

आइसिसीले ग्रुप १ को ‘ए’ र ‘डी’ समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने जनाएको छ । नेपालले एक जित निकाल्दा पनि सुपर सिक्समा पुग्ने सम्भावना छ । सुपर सिक्सका दुवै ग्रुपका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

दुई सेमिफाइनलका विजेताबिच २० माघमा उपाधि भिडन्त हुनेछ । आइसिसीले मलेसियाको बांगी मैदानमा आयोजना गर्न लागेको विश्वकप दोस्रो संस्करण हो । पुरुष विश्वकप ९० को दशकबाट आइसिसीले सुरु गरेको थियो ।

आइसिसीले महिला खेलाडीलाई पनि उमेर समूहदेखि नै एक्सपोजर दिनुपर्ने जनाउँदै यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता २०२३ देखि आयोजना गरेको हो । पहिलो संस्करणमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

दक्षिण अफ्रिकाको सेनवेस पार्कमा भएको फाइनलमा भारतले इंग्ल्यान्डमाथि सात विकेटको जित निकाली विश्वकप उपाधि उचाल्यो । आइसिसीले दोस्रो संस्करणमा थप चार कोटा थपेको छ । आयोजक राष्ट्रका रूपमा मलेसिया सुरुमै छनोट भयो ।

नेपाल, नाइजेरिया र सामोआले छनोट चरण पारी गरी विश्वकपमा स्थान बनाएका हुन् ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिस)को आयोजनामा आगामी ५ माघदेखि यू–१९ महिला विश्वकप हुन लागेको हो ।

२० माघसम्म सञ्चालन हुने विश्वकपको दोस्रो संस्करणमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन् । नेपालले गत नोभेम्बरमा युएईलाई एसिया कप छनोटको अन्तिम खेलमा चार विकेटले हराउँदै मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

राउन्ड रोबिन लिगमा नेपालले सर्वाधिक अंक बटुलेको थियो । सन् २०२५ को विश्वकपमा छनोट भएको नेपालले सन् २०२७ को यू–१९ महिला विश्वकपमा स्थान पक्का गरिसकेको छ। किनभने नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ विश्वकपको आयोजकको रुपमा प्रतियोगितामा पनि स्थान पक्का गरिसकेका हुन्।

आगामी संस्करणमा स्वतः स्थान पक्का हुनुअघि छनोट भएर नेपाली यू–१९ टोलीले आफूहरु विश्वकपका लागि हकदार भएको समेत प्रमाणित गरेका छन्। सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ।

सन् २०२५ मा नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप खेल्ने इतिहास कोरिदैछ।सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले छनोट पार्दै गर्दै इतिहास बनाएको थियो।

युएईमा सञ्चालन भएको एसिया छनोटमा नेपालले घरेलु टोलीलाई पछि पार्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो। छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्यान्डले भाग लिएका थिए।

पूजा महतो (कप्तान) रहेको नेपाली टोलीमा सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ रहेका छन् ।

सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपको यो दोस्रो संस्करण हो। अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top