उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना

२७ पुष , एजेन्सी ।

उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए ।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भने, ’दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।’

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ’हामी सधैं तिनीहरूको साथमा रहनेछौं । यस दुखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौं ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top