NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

कसरी रोकिन्छ युक्रेन युद्ध ? जेलेन्स्की सम्झौतामा सहमत

शुक्रबार माघ ११ , २०८१
Reading Time: 1 min read
A A
राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ माघ , विराटनगर ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भएपछिको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिँदै आफ्नो प्रचारका क्रममा युक्रेन–रुस द्वन्द्व अन्त्य गर्न “२४ घण्टा भित्र समाधान खोज्ने“ प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले यस विषयमा आफ्नो व्यक्तिगत अनुभव, कूटनीतिक क्षमता, र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्बन्धलाई उपयोग गर्ने बताएका थिए । ट्रम्पले प्रतिवद्धता जनाएको समय कटि सकेको छ ।

LS Auto

उनले अमेरिकी राष्ट्रपति पदमा सपथ लिइसकेका छन् भने महत्पूर्ण कार्यकारी आदेशहरुमा हस्ताक्षर समेत गरेका छन् । उनका नयाँ घोषणाहरुले विश्वमै हलचल पैदा भएको छ । खास गरी अमेरिकाका निकट रहेका देशहरु नै असुरक्षित महसुस गर्न थालेका छन् भने प्रतिस्पर्धी देशहरु थप चिढिएका छन् ।

यस्तो बेला ट्रम्पले बेकारको संज्ञा दिने युक्रेन र रुस उसको द्धन्द अन्त्यका लागि विभिन्न कदमहरु चालिसकेको जनाउ भने दिइसकेका छन् ।सपथ लगत्तै उनले रुसलाई युद्ध अन्त्यका लागि कडा शब्दमा चेतावनी दिएका छन् ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हास्यास्पद युक्रेन युद्ध समाप्त गर्न वा नयाँ प्रतिबन्धको सामना गर्न तयार रहन भन्दै चेतावनीपूर्ण आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले आफ्ना रुसी समकक्षीसँग राम्रो सम्बन्ध रहेको भए पनि युक्रेन युद्ध अन्त्यको सम्झौता नगरे नयाँ आर्थिक दण्ड लगाउने चेतावनी दिएका हुन् ।

अमेरिकामा रहेका राजदूत दिमित्री पेलेन्स्किीले प्रतिक्रिया दिँदै ‘हामीले हेर्नु छ, कि सम्झौताको अर्थ के हो ?’ भनेका छन् । तर ट्रम्पको यो चेतावनीको रुसले कडा प्रतिक्रिया दिएको छ । रूसले ’समान वार्ता र पारस्परिक सम्मानजनक संवाद’का लागि तयार रहेको बताएको छ ।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पको बयानपछि आएको हो, जसमा उनले रूसलाई चेतावनी दिएका थिए । उनले भनेका छन्, यदि मस्कोले युक्रनमा युद्ध रोकेन भने त्यसमाथि प्रतिबन्ध लगाइनेछ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामी अझै आउन बाँकी संकेतहरूको पर्खाइमा छौँ ।“ उनले डोनाल्ड ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा फेला नपारेको बताए ।

उनले भने, “रूसले डोनाल्ड ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा फेला परेन ।“ बुधबार रूसका उपसंयुक्त राष्ट्र राजदूत दिमित्री पोल्यान्स्कीले भनेका थिए, “अर्को कदम चाल्नुअघि रूसले युद्ध अन्त्य गर्ने सम्झौतामा ट्रम्प के चाहन्छन् भन्ने कुरा जान्न चाहन्छ ।“

युक्रेन युद्ध अन्त्य गर्ने विषयमा गर्मिलो अवस्थाका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सम्झौतामा सहमत भएको दाबी अमेरिकी ट्रम्पले गरेका छन् । उनले जेलेन्स्कीसँग कस्तो सम्झौता भएको हो भन्ने विषय चाँही खुलाएका छैनन् ।

ट्रम्पले केही आदेशमा हस्ताक्षर गरेपछि ओभल अफिसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनलाई युक्रेन युद्धबारे सोधिएको थियो र यो द्वन्द्वमा चीनले के योगदान दिन सक्छ भन्ने बारेमा पनि सोधिएको थियो ।

जवाफमा ट्रम्पले चीनको बारेमा भने, ‘रुसमाथि उसको धेरै प्रभाव छ । रूसले चीनलाई ऊर्जा आपूर्ति गर्छ र मैले सुनेको छु कि पुटिन मसँग भेट्न चाहन्छन् ।’ ‘यो युद्धलाई अन्त्य गर्नु नै राम्रो हुनेछ, यो बेकारको युद्ध हो ।’ अझ अगाडि उनले भनेका छन् ।

अर्काे तर्फ अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबिया र पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) का अन्य देशहरूलाई तेलको मूल्य घटाउन आग्रह गरेका छन् । तेलको कम मूल्यले रुस र युक्रेनबिचको युद्धलाई तत्काल अन्त्य गर्न सहयोग पुग्ने ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिले स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “म साउदी अरब र ओपेकलाई पनि तेलको मूल्य निर्धारण गर्न आग्रह गर्न जाँदैछु“, ट्रम्पले भनेका छन् । तपाईँले यसलाई कम गर्नुपर्छ। स्पष्टसँग भन्नुपर्दा, उनीहरूले चुनावअघि किन त्यसो गरेनन् भनेर म आश्चर्यचकित छु। उनीहरूले धेरै प्रेम देखाएनन्। म यसबाट अलि आश्चर्यचकित छु। अमेरिकी राष्ट्रपतिले युक्रेनमा जे भइरहेको छ त्यसका लागि केही हदसम्म ओपेक देशहरूलाई जिम्मेवार ठहर्याएका छन् । यदि तेलको मूल्य घट्यो भने रुस–युक्रेन युद्ध तुरुन्तै अन्त्य हुनेछ, ट्रम्पले भनेका छन् ।

अहिले तेलको मूल्य यति धेरै छ कि युद्ध जारी रहनेछ। तपाईँले तेलको मूल्य चुकाउनु पर्छ। तपाईँले युद्धको अन्त्य गर्नुपर्छ। उनीहरूले यो धेरै पहिले नै गर्नु पर्ने थियो। जे भइरहेको छ त्यसका लागि तिनीहरू केही हदसम्म जिम्मेवार छन्।

रिपब्लिकन नेताले तेलको मूल्य र ब्याज दरहरू तत्काल घटाउन माग गरेका छन् । ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न असफल भएमा रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्ने इच्छा पनि व्यक्त गरेका थिए।

ट्रम्पले आफू पुटिनलाई भेट्न इच्छुक रहेको बताएका छन्। उता पुटिन पनि ट्रम्पलाई भेट्न इच्छुक रहेका छन् । रुस र युक्रेनबीचको द्वन्द्व सन् २०१४ मा क्रिमियाको विलय र डोनबास क्षेत्रमा सुरु भएको संघर्षबाट उत्पन्न भएको हो।

पछि सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा “विशेष सैन्य अपरेसन“ घोषणा गरेपछि युद्धको नयाँ चरण सुरु भयो। जसको असर विश्वमै परिरहेको छ भने युक्रेनले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको छ ।

रुसले समेत यस युद्ध ठूलो सैन्य क्षति व्यवहोरेको छ । रुसले युक्रेनका प्रमुख शहरहरूमा आक्रमण गर्दै आएको छ, जसमा अस्पताल, टिभी टावर, रेलवे र विमानस्थलहरू समेत निशानामा परिसकेका छन् ।

युद्धको क्रममा अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि ठूलो परिवर्तन आएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीचको सम्बन्ध प्रगाढ बनेको छ । जसका कारण युक्रेनविरुद्ध रुसको पक्षमा लड्न उत्तर कोरियाली सैनिकहरू समेत सहभागी भएका छन्।

तर, तीमध्ये झन्डै १,००० सैनिकको मृत्यु भएको दाबी गरिएको छ। यो युद्ध पहिलो पंतिमा रहेका रुस र युक्रेन बीच भएको देखिएपनि यसको पृष्ठभूमिमा अमेरिकासहित समग्र युरोप र उत्तर कोरिया जोडिएका छन् ।

एसियाका महाशक्ति भारत र चीनको रुसको कीर्तिमानी व्यापार र युद्धका लागि लिएको मौनताले समेत रुसलाई ठूलो शक्ति प्रदान गरेको छ । हालसम्म, युद्धको अन्त्यको कुनै स्पष्ट संकेत देखिएको छैन, र दुबै पक्षबीच भीषण संघर्ष जारी छ।

अन्तर्राष्ट्रिय समुदायले युद्धविराम र शान्तिवार्ताको आह्वान गर्दै आए पनि ठोस परिणाम हासिल हुन सकेको छैन। युक्रेन–रुस युद्धले तीन वर्षभित्र लाखौं मानिसको जीवनमा अकल्पनीय क्षति पु¥याएको छ।

२०२२ फेब्रुअरी २४ यता यो युद्धमा हजारौं मानिस मारिएका छन्, लाखौं विस्थापित भएका छन्, र अरबौं डलर बराबरको पूर्वाधार ध्वस्त भएको छ। रुसले हाल करिब १८% युक्रेनी भूभाग आफ्नो नियन्त्रणमा राखेको छ, जसमा डोनेत्स्क, लुहान्स्क, जापोरिझिया, र खेरसनका प्रमुख क्षेत्रहरू र दजनौं गाउँ सामेल छन्।

यस जटिल परिस्थितिमा अमेरिकी राष्ट्रपति ट्रम्पले तेलको मूल्य घटाउन ओपेकलाई दबाब दिएर रुसमाथि आर्थिक संकट निम्त्याउने प्रस्ताव अघि सारेका छन्। ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग समझदारी भइसकेको र रुसी राष्ट्रपति पुटिनसँग भेटघाटका लागि तयार रहेको बताएका छन्।

उनको योजनाले शान्ति वार्ताको ढोका खोल्न सक्छ, तर यसले कूटनीतिक सफलता पाउन अन्य देशहरूको सहकार्य आवश्यक पर्नेछ। तेलको मूल्य घटाएर रुसको राजस्वमा धक्का दिने ट्रम्पको रणनीति युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदम हुन सक्छ, तर यो समाधान दीर्घकालीन रूपमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने अझै खुला छ।

ट्रम्पले युक्रेन–रुस द्वन्द्व समाधान गर्ने वाचा गरे पनि यो जटिल समस्या तत्काल समाधान गर्न कूटनीतिक, राजनीतिक र मानवीय चुनौतीहरूसँग जुध्नुपर्नेछ। युद्ध अन्त्यका लागि उनको योजनाले सफलता पाउने वा नपाउने कुरा भने समयमै निर्भर रहनेछ। यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #कसरी रोकिन्छ युक्रेन युद्ध ?#युक्रेन युद्ध#विश्व शान्तिको बिजारोपण

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.