NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

निर्लज्ज दृश्यः KIIT मा नेपालीको पीडामा सांसदको हाँसो

मङ्लबार फाल्गुन ६ , २०८१
Reading Time: 1 min read
A A
निर्लज्ज दृश्यः KIIT मा नेपालीको पीडामा सांसदको हाँसो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ फागुन , काठमाण्डौ ।

भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना ,त्यसको छानविन र न्यायको माग गर्ने नेपाली विद्यार्थी माथिहरु नै निष्काशन गरिएको घटनापछि नेपालीजन स्तब्ध छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले घटनाप्रति दुःख ब्यक्त गर्दै भारतसँग कुरा गर्ने बताए भने भारतस्थित नेपाली दुताबासपनि मृत्युको अनुशन्धान र विद्यार्थीमाथि गरिएको दुव्र्यवहारको घटनाप्रति चिन्तित रहदै तत्काल भारतीय पक्षसँँग संवादमा जुट्यो ।

यो विषय नेपालको संसदमा समेत प्रवेश भयो । संसदमा यही विषय उठाउनका लागि समय माग गर्दा बोल्न समय नदिएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले संसद बैठक नै बहिष्कार गरिन् । मंगलबारको संसद बैठकमा गृहमन्त्री रमेश लेखले प्रकृतिको रहस्यमय मृत्युको विषयमा संसदमा जानकारी दिएका छन् ।

उनले घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गरे । बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको बताए ।

उनले भने ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर गर्ने काम भयो । त्यसपछि हाम्रो दिल्लीस्थित दुतावासले यसमा काम गरेको छ । दुतावासका पदाधिकारी भारत सरकार, ओडिसाको प्रदेश सरकार र कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी (केआइआईटी)का रजिष्टार लगायको निरन्तर सम्पर्कमा रहेको छ ।

र हाम्रो दुतावासले गरेको अनुरोधअनुसार छात्रावासबाट हटाइएका नेपाली विद्यार्थीलाई सुरक्षित छात्रावासमा फर्काउनका लागि दुतावासले आग्रह गरेको थियो । केही समय पहिला सम्बन्धीत शैक्षिक संस्थाले स्टेटमेण्ट नै जारी गरेर नेपाली विद्यार्थीलाई फर्कनका लागि आग्रह गरेको छ र उनीहरुको पढाई तथा सुरक्षाको समेत सुनिश्चितता गरेको छ ।

त्यो वक्तव्य हामीले प्राप्त गरेका छौं । हाम्रा विद्यार्थी सुरक्षित रहनेछन् यसबारे सरकार गम्भिर छ । प्रकृति लम्सालको मृत्यु घटनाको स्वतन्त्र छानविन गर्नको लागि भारतस्थित हाम्रो दुतावासले भारत सरकारका सबै निकायको गम्भिर ध्यानाकर्षण गरेको छ ।’

गृहमन्त्रीले एउटा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरुले भोग्नुपरेको दुव्वर्यवहारको गम्भिर विषयमा जानकारी दिँदै गर्दा प्रतिनिधिसभा बैठकमा रहेका केही माननीयहरु भने खित्का छाडेर अट्टाहास गरिरहेको दृश्य देखिएको छ ।

हरेक नेपालीलाई पीडाबोध गराएको यति गम्भिर विषयमा गृहमन्त्रीले सम्बोधन गर्दै गर्दा यसरी हाँसोको फोहोरा छाड्ने माननीयहरु भने अरु कोही नभएर सत्तारुढ दलका दुई महिला सांसद नै रहेका छन् ।

यो विषयमा आजको राष्ट्रियसभामा पनि उठेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

आज बसेको राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा सांसदहरूले उठाएपछि लम्सालको रहस्यमय मृत्युको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ। संसदमा गृहमन्त्रीले समस्या समाधान भइसकेको भनेर हिजै जानकारी दिए ।

तर आजसम्म पनि त्याहा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था उस्तैछ । कलेजको सूचनापछि पनि नेपाली विद्यार्थीहरु आफ्ना केही मागसहित कलेजप्रशासनको जवाफको प्रतिक्षामा छन् भने केही विद्यार्थी कलेज पुगेका छन् ।

तर कलेजमा फर्किएका विद्यार्थीहरुलाई माफी माग्न लगाई अब यस्तो काम नगर्ने भन्दै हस्ताक्षर गर्न लगाइएको खुलेको छ । अहिले नेपाली दूताबासका प्रतिनिधि ओडिसामा विद्यार्थीको सम्पर्कमा पुगेका छन् भने कलेल प्रशासनले कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ ।

केआईआईटी मा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लामसालको आइतबार होस्टल कोठामा शव फेला परेको थियो । तर केआईआईटी प्रशासनले मृतक छात्राले आत्महत्या गरेको दाबी गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ।

भुवनेश्वरका डीसीपी पिनाक मिश्राले भनेका छन्, “छात्राको आत्महत्यासम्बन्धी घटनामा एक जना विद्यार्थीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको छ।“ अनुसन्धानका लागि छात्राको मोबाइल, ल्यापटप र अन्य उपकरण जफत गरिएको छ।

तर यो घटनापछि न्यायको माग गरिरहेका नेपाली विद्यार्थीहरूलाई उल्टै होस्टल खाली गर्न निर्देशन दिएपछि यसको सर्वत्र आलोचना भएको छ । यो घटनापछि नेपालमा पनि विरोध सुरु भएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतको ओडिशा राज्यस्थित केआईआईटीमा मृत फेला परेकी लम्सालको न्यायको माग गर्दै प्रदर्शन थालेको छ।

नेविसंघ त्रिचन्द्र बहुमुखी क्याम्पस समितिले मंगलबार बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको छ। यसअघि नेविसंघ पद्मकन्या बहुमुखी क्याम्पस समितिले क्याम्पस गेटमा प्रदर्शन गरेको थियो। घटनाको विरोधमा नेविसंघसहित देशभर अन्य विद्यार्थी संगठनहरूले आक्रोश व्यक्त गरेका छन्।

विद्यार्थीहरूले नेपाली विद्यार्थीमाथि भारतमा हेपाहा प्रवृत्ति देखिएको आरोप लगाएका छन्। साथै, उच्च शिक्षाका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी भारत जाने क्रम जारी रहेको हुँदा सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरिएको छ।

तक नेपाली विद्यार्थी प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ। पूर्वप्रेमी अद्विक श्रीवास्तवले बारम्बार मानसिक तनाव दिएपछि उनले विश्वविद्यालय प्रशासनमा एक महिना अघि नै उजुरी दिएको उनका साथीहरूले बताएका छन्।

Tags: #निर्लज्ज दृश्यः KIIT#नेपालीको पीडामा सांसदको हाँसो

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.