×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

च्याम्पियन्स ट्रफीः आज भारत भर्सेस पाकिस्तान

११ फाल्गुन २०८१

११ फागुन , एजेन्सी ।

च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा आज सबैभन्दा ठूलो खेल र बहुप्रतिक्षित भीडन्त हुँदैछ । दुवईमा आज विश्व क्रिकेटको दुई पावरहाउसः भारत र पाकिस्तान, जो खेलका साथै राजनीतिकरुपले पनि घोर विरोधीहरु हुन्, आज आमनेसामने हुँदैछन् ।

Advertisement

सुपर सन्डेमा समूह ए मा रहेका यी दुई देशबीचको खेल हेर्नका लागि आज युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ठूलो भीड लाग्ने पक्का छ । नेपाली समय अनुसार दिउँसो २ः४५ मा खेल सुरु हुदैछ ।

भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । भारत भने पाकिस्तानसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित हुदै उप विजेतामा सिमित बनेको थियो ।

यो प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसंग पराजित भएको थियो । यदी पाकिस्तान आज हारेमा टोली नकआउट चरणबाट लगभग बाहिरिनेछ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित पाकिस्तानलाई सेमिफाइनल सम्भावना बलियो बनाउँन यो खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा बंगलादेशलई हराएको भारत यस खेलमा जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउँन चाहन्छ ।

भारत र पाकिस्तानबीचको पछिल्लो पटकको ओडिआई भेटमा भारत विजयी भएको थियो । सन् २०२३ मा आइसिसी पुरुष क्रिकेट विश्व कपमा भएको भेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

गत वर्ष आइसिसी पुरुष टी–२० विश्व कपमा पनि यी दुई टोली आमनेसामने भएका थिए । जहाँ भारतले पाकिस्तानलाई ६ रनले हराएको थियो । भारत र पाकिस्तानबीच भएका विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कपका पछिल्ला ११ ओडिआई खेलमध्ये ९ मा जित भारतले तथा ३ मा पाकिस्तानले जित हात पारेको छ ।

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जसमा पाकिस्तानले सन् २०१७ को फाइनलसहित भारतलाई तीन खेलमा हराएको छ । इमाम उल हकलाई पाकिस्तानका फखर जमानको स्थानमा टोलीमा समावेश गरिएको छ ।

फखर न्युजिल्याण्डसँगको पहिलो खेलका क्रममा घाइते भएका थिए । यता भारतका उपकप्तान शुभमन गिलले पछिल्लो खेलमा शतक प्रहार गरेका थिए । उनले १२९ बलमा १०१ रन बनाएका थिए। गिल यसवर्ष एकदिवसीयमा टोलीको सर्वाधिक स्कोरर पनि हुन् ।

उनले ४ खेलमा ३६० रन बनाएका छन् । श्रेयर्स ऐयर दोस्रो नम्बरमा छन् । उनले ४ खेलमा १९६ रन बनाएका छन् । बलिङमा तीव्र गतिका बलर हर्षित राणा शीर्ष स्थानमा छन् । उनले यस वर्ष ४ खेलमा ९ विकेट लिएका छन् ।

उनले अन्तिम खेलमा ३ विकेट लिएका थिए । यता पाकिस्तानी टोली खराब लयसंग संघर्ष गरिरहेको छ । प्रतियोगिताको पहिलो खेलमा न्युजिल्याण्डसंग पराजित भएको थियो । बाबर आजम र खुशदिल शाहले टोलीका लागि अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस वर्ष टोलीको सर्वाधिक रन बनाउने खेलाडी सलमान अली आगा हुन् । उनले यस वर्ष ४ खेलमा २६१ रन बनाएका छन् । सलमानले पछिल्लो खेलमा ४२ रनको इनिंग्स् खेलेका थिए । यस अवधिमा तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

शाहिनले ४ खेलमा ६ विकेट लिएका छन् । तर उनले न्युजिल्याण्डविरुद्ध एक विकेट पनि लिन सकेनन् । पाकिस्तानको टोलीमा मोहम्मद रिजवानको कप्तानीमा बाबर आजम, फखर जमान, कामरान गुलाम, सऊद शकील, तैयब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अबरार अहमद, हारिस रउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रिदी रहेका छन् ।

Advertisement

भने भारतको टोलीमा रोहित शर्माको कप्तानीमा, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, लोकेश राहुल, ऋषभ पंत, हार्दिक पांड्या, अक्षर पटेल, वाशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रविंद्र जडेजा, वरुण चक्रवर्ती रहेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top