किशोर विश्वकर्मा
झापा, असोज १५
झापाको मेचीनगर नगरपालिका–४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले आईतबार राती ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ ।
साती करिब साढे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ५६ हजार मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–७ का ४५ वर्षिय गोपाल बुढाथोकी र सोही स्थानका ४० वर्षिय अम्बर थापा मगरलाई पक्राउ रहेका छन् ।
उक्त घरमा अवैध मरिच लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले खान तलासी गर्ने क्रममा सो परिमाणको मरिच फेला पारेको थियो ।
बरामद मरिच सहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।