×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

US सामुन्ने युरोपको कति छ दम ? ट्रम्पसंग टक्कर लिँदै स्टार्मर?

१८ फाल्गुन २०८१

१८ फागुन , काठमाण्डौ।

तीन वर्षसम्म अमेरिकी सुरक्षा कवचमुनि नै रुसी आक्रमण झेलेको युक्रेन, डोनाल्ड ट्रम्प सत्तामा आएपछि भने शसंकित र भयभित थियो । उसको त्यो शंका र भय शुक्रबार ओभल अफिसमा छरपस्ट भयो ।

Advertisement

जहाँ अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले पाहुना बनेर बोलाइएका युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्व युद्धका लागि जुवा खेलेको, अमेरिकी पैसा सित्तैमा उडाएको, अमेरिकालाई कुनै क्रेडिट नदिएको लगायतका संगीन आरोप लगाउँदै झाँको झारे र ह्वाइट हाउसबाट निस्कन भन्दै अपमानित गरे ।

ओभल अफिसमा जेलेन्स्कीमाथि ट्रम्प र भान्सले जस्तो व्यवहार देखाए, एउटा सार्वभौम देशका राष्ट्रपतिका लागि गरिने अपेक्षित व्यवहारको सर्वथा विपरीत थियो । अर्कोतर्फ, अरुको सहयोगमा युद्ध लडिरहेका जेलेन्स्कीमा पनि शान्तिका लागि रचनात्मक पहल गर्ने विवेक देखिएन ।

यो घटनालाई लिएर अहिले पक्ष र विपक्षमा व्यापक टिप्पणी भइरहेका छन् । यसमा अमेरिकाको तर्फबाट हेर्ने हो भने, खासमा ट्रम्प चाहादैनन् कि अमेरिकी ट्याक्सपेयरको पैसा यूक्रेन युद्धमा बर्बाद होस् ।

किनभने जति पैसा अमेरिकाले यूक्रेनलाई दिएको छ त्यति त कयौं देशहरुको जीडीपी पनि छैन । अर्बौ डलर खर्च गरिसकेपछि पनि युक्रेनले जित हासिल गरेको छैन, गर्न सक्ने पनि देखिदैन । यही कारणले अमेरिका र युक्रेनबीच तनाव बढीरहेको छ ।

शुक्रवार यो तनाव विश्वका सामु खुलेर आयो । ट्रम्पले कयौं पटक दाबी गरेका छन् कि अमेरिकाले यूक्रेनमा ३०० देखि ३५० बिलियन डलर खर्च गरेको छ, जबकि यूरोपले मात्रै १०० बिलियन डलर दिएको छ । हुनत ट्रम्पका दाबीहरु कयौं पटक गलत पनि साबित भएका छन् ।

अहिलेको आँकडाअनुसार हेर्ने हो भने पनि ट्रम्पको यो बयान सत्यताबाट टाढै छ । कील इंस्टीट्यूटका अनुसार अमेरिकाले जनवरी २०२२ देखि डिसेम्बर २०२४सम्म कुल ११९.७ बिलियन डलरको सहायता यूक्रेनलाई दिएको छ ।

अमेरिकी रक्षा विभागको आंकडा अलिकति धेरै छ, जसमा यूरोपमा सैन्य प्रशिक्षण र अमेरिकी रक्षा स्टक्सको भरपाई पनि सामेल छ, जसको कुल खर्च १८२.८ बिलियन डलर बताइएको छ । तर दुवै आँकडाहरु ट्रम्पको दाबी भन्दा कम छन् ।

व्हाइट हाउसले अहिलेसम्म ट्रम्पको ३५० बिलियन डलरको दाबीलाई लिएर कुनै स्पष्टीकरण दिएको छैन । राष्ट्रपति ट्रम्पको भनाइ छ कि अमेरिकाले ३०० बिलियन डलर र यूरोपले १०० बिलियन डलर खर्च गरेको छ । यसले निकै धेरै अन्तरलाई देखाएको छ ।

नेटो प्रमुख मार्क रुटेका अनुसार २०२४ मा नेटो सहयोगिहरुले यूक्रेनलाई ५१.८९ बिलियन डलरको सुरक्षा सहायता दिएका थिए, जसमा लगभग ६० प्रतिशत यूरोप र क्यानडाबाट आएको थियो । अमेरिका कयौं मामिलाहरुमा यूक्रेनका लागि सबैभन्दा ठूलो दानकर्ता हो ।

तर कील इंस्टीट्यूटका अनुसार यूरोपले संयुक्त रूपले उसको भन्दा धेरै खर्च गरेको छ । २०२२ र २०२४को अन्त्यको बीचमा सिंगो यूरोपले यूक्रेनमा १३८.७ बिलियन डलर खर्च गरेको छ । यस्तोमा अहिले युक्रेनलाई दिइएको आर्थिक सहयोग फिर्ता लिने कि नलिने भन्नेमा पनि दाताहरुबीच बहस चलिरहेको छ ।

ट्रम्पले त खुलेरै यसको बदलामा युक्रेनले आफ्नो खनिज दिनुपर्ने बताएका छन् । यसअघि जब फ्रांसका राष्ट्रपति अमेरिका पुगेका थिए, त्यतिबेला पनि ट्रम्पले दाबी गरेका थिए । उनले म्याक्रोंसंग भनेका थिए, कि युक्रेनलाई दिएको पैसा यूएसले पाउँदैन ।

जसमा लगत्तै राष्ट्रपति म्याक्रोंले असहमति जनाउँदै भनेका थिए कि यूरोप र अमेरिका दुवैले अनुदान र ऋण दिएका हुन् । अमेरिकाले यूरोपको भन्दा धेरै अनुदान यूक्रेनलाई दिएको हो, यता यूरोपेली यूनियनले भने ऋण दिएको हो ।

अमेरिका र युरोपबीच युक्रेनलाई कसले बढी सहयोग गरेको र सो बापतको रकम फिर्ता आउँने कि नआउँने भन्नेमा बहस चलिरहँदा यतिबेला जेलेन्स्की बेलायतमा छन् । उनलाई स्टार्मरले स्वागत गरेका छन् ।

यसअघि पनि जब ह्वाइट हाउसको झगडा बाहिरिएको थियो, त्यतिबेला पनि ब्रिटेनका पीएमले जेलेन्स्कीकै समर्थन गरेका थिए । दुई देशबीच सैन्य सहायतामा नयाँ सम्झौता पनि भएको छ । युक्रेनलाई युद्धमा एक्लै नछाड्ने पनि स्टार्मरले बाचा गरेका छन् ।

तर अब प्रश्न उठेको छ, के स्टार्मरले ट्रम्पसंग सिधा टक्कर लिइरहेका हुन् त ? यद्यपि उनले जेलेन्स्की–ट्रम्पको कटुतापूर्ण वार्ताको केही दिन पहिला नै ट्रम्पसंग भेटवार्ता गरेका थिए । सो क्रममा ट्रम्पले एक प्रश्न सोधेका थिए, जसले उनलाई असहजमा पारेको थियो ।

ट्रम्पले स्टार्मरलाई च्यालेन्ज गर्दै सोधेका थिए, के उनी रुसको एक्लै मुकबला गर्न सक्छन् ? पत्रकारहरुमा अघि ट्रम्पको यो प्रश्न सुनेर स्टार्मर झस्किए । यद्यपि केही सेकेन्डपछि उनले अरु नै केही कुराको अनुभूत गरे र ट्रम्पको प्रश्नलाई हास्दै टारे ।

तर अहिले ट्रम्पसंगको बहसपछि जेलेन्स्कीसंग भेट गर्दै उनले सिधै ट्रम्पलाई चुनौती दिइरहेका छन् । यसमा पनि अर्को प्रश्न उठेको छ, के बेलायतमा त्यति दम छ, जसले उ अमेरिकालाई चुनौती दिन सकोस् ?
यो प्रश्नमा पहिला, हाल बेलायतसंग कति हतियार र सैन्यशक्ति छ, यसबारे संक्षेपमा चर्चा गरौं । बेलायतको हतियार शक्तिमा परमाणु हतियार, छोटा हतियार र सहायक हतियार सामेल छन् । जनवरी २०२४ सम्म युकेसंग २२५ परमाणु हतियार छन् । यसमा १२० तैनाथ छन् ।

यसको परमाणु हतियार समुद्र आधारित छ । जसलाई व्यानगार्ड–क्लास पनडुब्बियहरु द्वारा लैजान सकिन्छ । युकेको परमाणु निवारक भने नेटोलाई सुम्पिएको छ । तर उसंग पूर्ण परिचालन नियंत्रण छ ।

केवल युकेका प्रधानमंत्रीले नै परमाणु हतियारहरुको उपयोगलाई अधिकृत गर्न सक्छन् । बेलायतले परमाणु मुद्दाहरुमा अमेरिका र फ्रांसका साथमा काम गर्दै आएको छ । यस्तै ब्रिटिस सेनामा केवल ७० हजार नियमित सिपाहीहरू छन् ।

इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजका अनुसार रुसको सैन्य बजेट सम्पूर्ण युरोपको रक्षा खर्चभन्दा बढी छ । यो ४१ प्रतिशतले बढेको छ र यो कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ७ प्रतिशत हो ।

जबकि २०२७ सम्ममा बेलायतले आफ्नो जीडीपीको २ दशमलव ५ प्रतिशत मात्र सेनामा खर्च गर्नेछ । यता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसलाई आक्रमण गर्नबाट रोक्न १ लाखदेखि २ लाख अन्तर्राष्ट्रिय सेना आवश्यक पर्ने बताएका छन् ।

तर युरोपले आफैँले यति धेरै सेना उपलब्ध गराउन सक्दैन । पश्चिमी देशका अधिकारीहरूले ३० हजार सैनिक पठाउने विचार गरिरहेका छन् । युरोपेली जेट र युद्धपोतहरूले युक्रेनको हवाई क्षेत्र र समुद्री मार्गहरूको निगरानी गर्नेछन् ।

यो सेनाको ध्यान युक्रेनका शहरहरू, बन्दरगाहहरू र आणविक ऊर्जा केन्द्रहरूको सुरक्षामा केन्द्रित हुनेछ । यिनीहरूलाई पूर्वी युक्रेनको मोर्चामा तैनाथ गरिने छैन । युरोपेली लडाकु विमान र युद्धपोतहरूले युक्रेनको हवाई क्षेत्र र समुद्री मार्गहरूको निगरानी गर्नेछन् ।

तर यो पर्याप्त नहुन सक्ने पश्चिमा अधिकारीहरू विश्वास गर्छन् । त्यसैले उनीहरूले अमेरिकाको सहयोग मागिरहेका छन् । युरोपेली सेनाहरूलाई प्रतिशोधात्मक कारबाहीमा सहयोग गर्न सकियोस् भनेर कम्तीमा पनि अमेरिकी हवाई जेटहरू पोल्याण्ड र रोमानियामा तैनाथ गरिनुपर्ने अधिकारीहरू ठान्दछन् ।

युरोपले अमेरिकाको निगरानी र गुप्तचर सङ्कलन क्षमतासँग प्रतिस्पर्धा गर्न सक्दैन । युक्रेनलाई थप हतियार आपूर्ति गर्न पनि भने यिनीहरू सहमत हुन सक्छन् । अमेरिकाले युक्रेनलाई जति हतियार दिएको छ, हालै युरोपले त्यो भन्दा केही हतियार युक्रेनलाई दिएको छ ।

तर, अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म माथ दिने क्षेप्यास्त्र र हवाई रक्षा प्रणाली प्रदान गरेको छ । युरोपेली देशहरूसँग आफैँले ठुलो सैन्य कारबाही सुरु गर्ने क्षमता छैन । युरोपेली देशहरूलाई हतियारको आपूर्ति पनि अमेरिकामा निर्भर छ ।

२०११ मा लिबियामा नेटोको बमबारी अभियानले धेरै कमजोरीहरू उजागर गरेको थियो । युरोपेली देशहरूले नेतृत्व लिँदा उनीहरू अमेरिकाको सहयोगमा भर पर्नु पर्याे । यी देशहरू अमेरिकी ट्याङ्करहरूमा निर्भर रहे ।

तर स्टार्मर कुनै सैन्य ग्यारेन्टी बिना नै अमेरिकाबाट फर्किए । ‘ट्रम्प नेटोको धारा ५ प्रति प्रतिबद्ध छन्, जसले एउटा सहयोगीमाथिको आक्रमणलाई अन्य सबै सहयोगीमाथिको आक्रमण मानिने उल्लेख गरेको छ ।’

बीबीसीसँग कुरा गर्दै बेलायतका स्वास्थ्यमन्त्री वेइसले भनेका छन् । तर युक्रेनमा पठाइने कुनै पनि सेना नेटो सन्धि अन्तर्गत पर्ने छैन र न त उनीहरूलाई नेटो जस्तो सुरक्षा ग्यारेन्टी दिइनेछ भनेर अमेरिकी रक्षामन्त्री पिट हेगले पहिले नै भनिसकेका छन् ।

यस्तो अवस्थामा युरोपको शक्तिको परीक्षण हुनेछ । ट्रम्पका शब्दहरूमा स्टार्मर अरूलाई पनि आफ्नो साथमा ल्याउन सफल हुन्छन् कि हुँदैनन् भन्ने कुरा पनि हेर्न बाँकी छ । अहिलेसम्म, फ्रान्स युरोपमा एक मात्र यस्तो देश हो जुन एकसाथ उभिन तयार छ ।

उत्तरी युरोपका केही अन्य देशहरू जस्तै डेनमार्क र स्विडेन पनि प्रतिबद्धता देखाउन चाहन्छन् तर उनीहरूको प्रतिबद्धता अमेरिकाको जस्तै छ । स्पेन, इटाली र जर्मनी अझै पनि यसको विरुद्धमा देखिन्छन् ।

स्टारमरले अझै पनि अमेरिकाले युरोपको सेनालाई सहयोग गर्छ भन्ने आशा गरिरहेका छन् । तर केही प्रश्नहरू त अझै पनि बाँकी नै छ । के बेलायती सेनाले रुससँग प्रतिस्पर्धा गर्न सक्छ ? भलै रुसको सेना कमजोर भएको होला ।

तर यो प्रश्नको जवाफ ‘सक्दैन’ भन्ने नै आउनेछ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top