रामदानको पवित्र अवसरमा सेवाः डेढ सय परिवारलाई खाद्य सामग्री वितरण

२२ फागुन ८१, शुक्रबार

२३ फागुन , काठमाण्डौ ।

इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ ।मुस्लिम समुदायको पवित्र महिना रामदानको अवसरमा नेपाल भारत मिल्लत काउन्सिल सेन्टरले खाद्य सामग्री वितरण गरेको छ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी करिब डेढ सय परिवारलाई आवश्यक खाद्य सामग्री वितरण गरिएको हो । कार्यक्रममा नेपाल भारत मिल्लत काउन्सिल सेन्टरका अध्यक्ष तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी प्रमुख अतिथि  रहेका थिए ।

Advertisement

प्रमुखअतिथि  अन्सारीले भने “रामदान प्रेम, सद्भाव र सेवा भावको महिना हो। यस अवसरमा गरिब तथा आवश्यक परिवारलाई सहयोग गर्न पाउनु गौरवको विषय हो।

Advertisement

नेपाल भारत मिल्लत काउन्सिल सेन्टरले हरेक वर्ष रामदानको अवसरमा विपन्न समुदायलाई सहयोग गर्दै आएको छ।

आयोजक समितिका अनुसार यस वर्ष करिब १ सय ५० परिवारलाई खाद्य राहत प्रदान गरिएको छ, जसमा चामल, दाल, तेल, चिनी र अन्य आवश्यक खाद्य सामग्री समावेश छन्।

कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top