गणतन्त्रमा किन बज्यो असन्तुष्टिको घण्टी ?

२५ फागुन ८१, सोमबार

२६ फागुन , काठमाण्डौ ।

सामाजिक सञ्जालमा र हिजो काठमाण्डौंका सडकमा भनिए झैँ आजको भोलि नेपालमा राजतन्त्र फर्कन सम्भव छैन् । कुनै पनि आन्दोलनले सफलता पाउनका लागि धेरै चरण पार गर्नु पर्छ । हामीलाई थाहा छ । १० वर्ष सम्म माओवादीले चलाएका शसस्त्र संघर्षमा १७ हजार नेपालीको ज्यान गयो तर आन्दोलन पूर्ण रूपमा सफल नभई सम्झौतामा गएर विर्षजन भयो ।

कुनै पनि पार्टी होस् या व्यक्ति सत्तामा रजगज गरी रहेका बेला चियामा परेको झिँगा जस्तो फुत्त फ्याँक्छु भन्नु दिवा सपना मात्र हुन्छ भन्ने कुरा नेपालमा व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनबाट पुष्टि हुन्छ ।

Advertisement

सत्ता विरुद्धको असन्तुष्टि र जनआक्रोश व्यापक हुनु पर्छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार तथा असमानताले जनतालाई निराश बनाउँछ । यो आन्दोलनका लागि सही मलजल हुन सक्छ । जनताले सरकारप्रति विश्वास गुमाउँदै जानु, शासकीय असफलता, सरकार आर्थिक, सामाजिक वा राजनीतिक रूपमा पूर्णरूपमा असफल हुनु ।

न्याय प्रणाली कमजोर भएर कानुनी राज्य समाप्ति तर्फ उन्मुख हुनु, शासन सत्ताले आन्दोलन विरुद्ध क्रूर दमनकारी नीति अपनाउनु आन्दोलनमा लागि थप बल बन्ने छन् । जनताले आफ्ना माग पूरा गराउन विभिन्न प्रकारका आन्दोलन गर्न थाल्छन् ।

Advertisement

बृहत् नागरिक आन्दोलन, विद्रोह वा क्रान्तिको रूप, राजनीतिक दल वा समूहहरूले सङ्गठित रूपमा नेतृत्व लिनु तथा बाह्य र आन्तरिक दबाब अर्को प्रमुख कारण हो । कुनै ठूलो सामाजिक वा प्राकृतिक सङ्कट, युद्ध, महामारी, आर्थिक सङ्कट आएर व्यवस्थालाई धराशायी बनाउन सक्छ ।

यी कारणका अलावा नयाँ सोच र प्रविधिले पुरानो व्यवस्थालाई अप्रासङ्गिक बनाइ दिन्छ । त्यसो हुँदा शिक्षित तथा सचेत नागरिकहरू परिवर्तनको पक्षमा उभिन पुग्छन् । यदि यीमध्ये केही मुख्य कारणहरू बलियो भए, भने कुनै पनि देशमा व्यवस्था परिवर्तन हुने सम्भावना उच्च हुन्छ ।

पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, सत्तामा रहेका नेताहरूको बिचमा विवाद, भ्रष्टाचार, कुशासन, सामाजिक असन्तुष्टि, नागरिकहरूका आधारभूत आवश्यकताहरू स्वास्थ्य, शिक्षा, रोजगारीको अभाव आर्थिक सङ्कट जस्ता कुराहरू पुरा भएका छैनन् ।

पटक पटक व्यवस्था मात्र परिवर्तन भए जनताको अवस्था परिवर्तन हुन नसक्दा गणतन्त्र प्राप्तिको छोटो समयमा नै असन्तुष्टीहरु सडकमा देखिन थालेका छन् । हिजो पूर्व राजाको पक्षमा देखिएको जनलहरले तत्कालै व्यवस्थापनै परिवर्तन त नगर्ला तर गणतन्त्रवादी नेताहरूलाई घण्टी चाही बजाउने काम गरेको छ ।

नेताहरूले अब पनि आफूलाई सुधार गरेनन् भने परिणाम सोचे भन्दा निकै कठोर आउन सक्छ । पूर्वराजाको अभिव्यक्ति पछि उठेका आवाजलाई जसरी देशका प्रधानमन्त्रीदेखि अन्य ठूला दलका नेताहरूले ओठे जवाफ फर्काइ रहेका छन् यसले सत्ताधारी दलहरू सुध्रने भन्दा पनि एक कानले सुनेर अर्को कानले उडाउँदै छन् भन्ने अनुमान गर्न सहजै सकिन्छ ।

अझ प्रधानमन्त्री त साना साना विषयमा टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कैलालीमा पुगेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई फर्काएको जवाफले अहिले पनि पनि उनीहरू आफूहरूले गल्ती गरेको महसुस गर्ने पक्षमा छैनौं भन्ने प्रमाणका रूपमा लिन सकिन्छ ।

प्रदेश सभा बैठकमा पूर्वराजाले फागुन ७ गते आफूलाई साथ दिन भन्दै दिएको अभिव्यक्ति सुनेर छक्क परेको हल्का र उडन्ते टिप्पणी गरे । ‘फागुन ७ गतेको लागि पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो’, उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’ ओलीको ओठे जवाफ थियो ।

देशको कार्यकारी प्रधानमन्त्रीले व्यवस्था उल्टाउछौं भन्दै सडकमा नारा लागिरहेको अवस्थामा यति हल्का टिप्पणी, त्यो पनि प्रदेशसभा जस्तो बौद्धिक थलोमा गएर गर्र्नु कति उपयुक्त थियो ? यो विचारणीय प्रश्न बनेको छ । उनले आज मात्रै फेरि अर्काे टिप्पणी गरेका छन्, जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा हामी छैनौँ ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहौल नै नरहेको बताएका छन् । सोमबार धनगढीमा उनले भने, ‘कुनै माहौल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।’

उता राजतन्त्रको आवाज सडकमा उठ्न थालेपछि आफ्नो अभियान नै स्थगन गरेर सङ्घीय राजधानी केन्द्रित भएको माओवादीले अध्यक्ष प्रचण्ड निवासमा बैठक बसेर कांग्रेस एमालेको सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।

प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई भने धेरै प्रभाव नपर्ने उसको बुझाइ छ । संविधान संशोधन गर्ने पहिलो सर्त देखाउँदै करिब ८ महिना पहिला कांग्रेस र एमालेले सरकार बनाएका थिए ।

तर सरकारमा पुगेका दिन देखि न उनीहरूको प्राथमिकता संविधान संशोधन प¥यो न त व्यक्त भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने जस्ता जनजिविकाका सामान्य कुरामा जान सके । फलस्वरुप जनतामा रहेको असन्तुष्टि सडकमा आउन थाल्यो ।

अहिले पनि प्रमुख दलहरू आफूहरूले गरेको गल्तीलाई सुधार गर्दै जनतालाई समृद्धि दिन्छौ भन्ने वाचा भन्दा पनि पूर्वराजा र उनका सर्मथकलाई जेल हाल्ने, ठेगान लगाउने र ८४ को चुनावमा आउने निम्तो दिँदै समय बर्बाद गरी रहेका छन् ।

सडकमा उत्रिदैमा तिमीहरुले केही नाप्दैनौं भने जस्तै गरी आलो घाउमा नुन छर्किने काम गरिरहेका छन् । यसले जनतामा नेता र व्यवस्थाप्रति झनै वितृष्णा जगाइ रहेको छ । प्रमुख दलहरू एकै ठाउँमा बसेर हिजोका गल्तीलाई सच्याउँदै देशमा व्याप्त भ्रष्टाचार, बेथितीको अन्त्य गर्दै जनतालाई सहज सेवा प्रवाह गरी समृद्ध नेपाल निर्माण गर्छौ भन्ने लिखित प्रतिबद्धता जनाउन सक्नु पर्छ ।

अहिले सडकमा उत्रिएका अधिकांश जनताले चाहेको पनि त्यही नै हो । नभए ढिलो चाडो एउटै परिस्थितीको सृजना हुनेछ । सच्चिएनौं भने सकिनेछौं ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top