NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

मङ्लबार चैत्र ५ , २०८१
Reading Time: 1 min read
A A
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

Chinese President Xi Jinping (R) shakes hands with Indian Prime Minister Narendra Modi during their visit at East Lake Guest House, in Wuhan, China, April 27, 2018. India's Press Information Bureau/Handout via REUTERS ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVE

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ चैत , काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक पोडकास्टमा दिएको अन्तर्वार्ताले उसको एक छिमेकी चीन खुसी भएको छ भने अर्को छिमेकी पाकिस्तान दुखी भएको छ । पाकिस्तानको मामिला बुझ्न सकिन्छ, तर चीन खुसी भएको विषय भने रोचक बनेको छ ।

किनभने सीमामा वर्षौको तनाव, कुटनीतिक मामिलामा वाकयुद्ध, संचारमाध्यम लगायतलाई प्रतिबन्ध, व्यापारमा प्रतिष्पर्धा लगायतको मामिला चलिरहँदा एकाएक भारतीय प्रधानमन्त्रीले चीनसंगको सम्बन्धका बारेमा गुनगान गाउँनु र चीनका तर्फबाट त्यसलाई प्रशंसा गरिनु संयोगमात्रै होइन ।

LS Auto

यसले अब यो क्षेत्रको भूराजनीति नै नयाँ कोणबाट अगाडि बढ्ने संकेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पोडकास्ट अन्तर्वार्तामा चीन–भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन–हात्ती नृत्य’ सहयोग प्राप्त गर्नु दुई देशका लागि एक मात्र सही विकल्प भएको बताएकी छन् ।

मोदीको टिप्पणीमाथि चीनको यो प्रतिक्रियाले अहिले चर्चा बटुलिरहेको छ । लेक्स फ्रिडम्यान पोडकास्टमा प्रधानमन्त्री मोदीको हालैको टिप्पणीमा मिडियालाई सम्बोधन गर्दै माओ निङले चीन भारतसँग मिलेर आफ्ना नेताहरूद्वारा हासिल गरिएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सवलाई विभिन्न क्षेत्र र तहहरूमा आदानप्रदान र सहकार्य अघि बढाउने अवसरका रूपमा लिन तथा चीन–भारत सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन इच्छुक रहेको बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार माओले चीन–भारत अन्तरक्रियाको दुई हजार वर्षको इतिहासमा मैत्रीपूर्ण आदानप्रदान र आपसी शिक्षा मुख्यधारा रहेको र यसले विश्व सभ्यता र मानव प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइन् ।

गत वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए । एआई अनुसन्धानकर्ता लेक्स फ्रिडम्यानसँगको आइतबारको पोडकास्टमा प्रधानमन्त्री मोदीले एक अर्काबाट सिक्ने र बुझ्ने महत्त्वलाई जोड दिँदै चीनसँग भारतको सम्बन्धबारे आशावाद व्यक्त गरेका थिए।

चलिरहेको सीमा विवादका बावजुद प्रधानमन्त्री मोदीले आफूहरू बीच द्वन्द्वको कुनै वास्तविक इतिहास नभएको उल्लेख गर्दै दुई राष्ट्रबिचको प्राचीन सांस्कृतिक र सभ्यताको सम्बन्धलाई स्वीकार गरेका थिए ।

उनले प्रतिस्पर्धा कहिल्यै द्वन्द्वमा परिणत नहुने कुरामा जोड दिँदै दुई देशबिच स्वस्थ प्रतिस्पर्धाका लागि पनि वकालत गरेका थिए । यसबाहेक प्रधानमन्त्री मोदीले सीमामा सामान्य अवस्थामा फर्कने कुरा स्वीकार गरे ।

दुई राष्ट्रले अब सन् २०२० भन्दा पहिलेको अवस्था पुनःस्थापित गर्न काम गरिरहेका छन् । ‘यो सत्य हो कि हामीबिच सीमा विवादहरू चलिरहेका छन् । र सन् २०२० मा सीमामा भएका घटनाहरूले हाम्रा देशहरूबिच उल्लेखनीय तनाव सिर्जना गरेका थिए ।

यद्यपि चीनका राष्ट्रपति सी जिनपिङसँगको मेरो हालैको भेटवार्तापछि हामीले सीमामा सामान्यतामा फर्किएको देखेका छौँ । हामी अब सन् २०२० अघिको अवस्थामा परिस्थितिहरू पुनःस्थापित गर्न काम गरिरहेका छौँ । विस्तारै तर निश्चित रूपमा, विश्वास, उत्साह, र ऊर्जा फर्किनेछ । तर, निश्चय नै, यसले केही समय लिनेछ किनकि पाँच वर्षको अन्तराल भएको छ’, मोदीले भने ।

‘भविष्यमा हाम्रो सम्बन्ध उत्तिकै बलियो रहनुपर्छ । यो बढ्दै जानुपर्छ । अवश्य पनि भिन्नताहरू स्वाभाविक छन् । जब दुई छिमेकी देश अस्तित्वमा रहन्छन्, कहिलेकाहीँ असहमतिहरू हुनु अनिवार्य छ । परिवारभित्र पनि, सधैँ सबै कुरा ठीक हुँदैन । तर हाम्रो ध्यान यी भिन्नताहरू विवादमा परिणत नहोस् भन्ने कुरामा केन्द्रित छ’, मोदीले भने ।

मोदीले चीनसंगको सम्बन्धका बारेमा यस्ता मिठा कुरा गरिरहँदा उता पाकिस्तानका बारेमा भने निराशा नै बढी राखे । मोदीले भने, पाकिस्तानसंग शांतिको हर प्रयासको परिणाम नकारात्मक निस्केको छ ।

मोदीले भने कि उनी शांतिको प्रयासमा नै लाहौर गएका थिए र २०१४ मा शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमंत्री नवाज शरीफलाई निम्ता पनि दिएका थिए । मोदीले थप भने, विश्वमा कहीँ पनि कुनै आतंकबादी घटना भयो भने त्यसको जरा पाकिस्तानसंग जोडिएको हुन्छ ।

मोदीको यो टिप्पणीमा पाकिस्तानले भने आपत्ति सहितको प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मंत्रालयले सोमवार भनेको थियो, ’’भारतका प्रधानमंत्रीको टिप्पणी तथ्यहरुबाट टाढा र एकतर्फी छ । उनले आफ्नो सुविधाका हिसाबले जम्मू–कश्मीर विवादलाई छाडिदिए ।

जबकि अहिले पनि पछिल्लो सात दशकदेखि यसको कुनै पनि समाधान भेटिएको छैन । त्यो पनि भारतले नै संयुक्त राष्ट्र, पाकिस्तान र कश्मीरका मानिसहरुलाई आश्वासन दिएको अवस्थामा’’ ।

प्रधानमंत्री मोदीको टिप्पणीलाई खारेज गर्दै पाकिस्तानको विदेश मंत्रालयले भनेको छ, ’’स्वयंलाई पीडित बनाउनका लागि भारतले काल्पनिक न्यारेटिभ रचिरहेको छ । तर उसले नै पाकिस्तानको भूमिमा आतंकबादलाई प्रसय दिइरहेको छ र त्यो आरोपबाट उ बच्न सक्दैन ।

एकअर्कामा आरोप प्रत्यारोप लगाउनुको साटो भारतले विदेशी भूमिमा आतंकवादको षडयन्त्र र टारगेटेड किलिंगको आफ्नो रेकर्ड हेरोस् । पाक मन्त्रालयले अगाडि भनेको छ, पाकिस्तान सधैं नै परिणाम निस्कने खालको संवादको वकालत गर्दछ, जसमा जम्मू–कश्मीरको विवाद पनि सामेल छ’’ ।

यसरी पाकिस्तानसंगको सम्बन्धलाई झन खराब र चीनसंग भने सम्बन्ध सुधार गर्दै लगेको भारत र उसका प्रधानमन्त्रीको यी दुई छिमेकीबारेको पछिल्लो टिप्पणी तपाइँलाई कस्तो लाग्यो । आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.