×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

४ चैत्र २०८१

५ चैत , काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक पोडकास्टमा दिएको अन्तर्वार्ताले उसको एक छिमेकी चीन खुसी भएको छ भने अर्को छिमेकी पाकिस्तान दुखी भएको छ । पाकिस्तानको मामिला बुझ्न सकिन्छ, तर चीन खुसी भएको विषय भने रोचक बनेको छ ।

Advertisement

किनभने सीमामा वर्षौको तनाव, कुटनीतिक मामिलामा वाकयुद्ध, संचारमाध्यम लगायतलाई प्रतिबन्ध, व्यापारमा प्रतिष्पर्धा लगायतको मामिला चलिरहँदा एकाएक भारतीय प्रधानमन्त्रीले चीनसंगको सम्बन्धका बारेमा गुनगान गाउँनु र चीनका तर्फबाट त्यसलाई प्रशंसा गरिनु संयोगमात्रै होइन ।

यसले अब यो क्षेत्रको भूराजनीति नै नयाँ कोणबाट अगाडि बढ्ने संकेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पोडकास्ट अन्तर्वार्तामा चीन–भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन–हात्ती नृत्य’ सहयोग प्राप्त गर्नु दुई देशका लागि एक मात्र सही विकल्प भएको बताएकी छन् ।

मोदीको टिप्पणीमाथि चीनको यो प्रतिक्रियाले अहिले चर्चा बटुलिरहेको छ । लेक्स फ्रिडम्यान पोडकास्टमा प्रधानमन्त्री मोदीको हालैको टिप्पणीमा मिडियालाई सम्बोधन गर्दै माओ निङले चीन भारतसँग मिलेर आफ्ना नेताहरूद्वारा हासिल गरिएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सवलाई विभिन्न क्षेत्र र तहहरूमा आदानप्रदान र सहकार्य अघि बढाउने अवसरका रूपमा लिन तथा चीन–भारत सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन इच्छुक रहेको बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार माओले चीन–भारत अन्तरक्रियाको दुई हजार वर्षको इतिहासमा मैत्रीपूर्ण आदानप्रदान र आपसी शिक्षा मुख्यधारा रहेको र यसले विश्व सभ्यता र मानव प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइन् ।

गत वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए । एआई अनुसन्धानकर्ता लेक्स फ्रिडम्यानसँगको आइतबारको पोडकास्टमा प्रधानमन्त्री मोदीले एक अर्काबाट सिक्ने र बुझ्ने महत्त्वलाई जोड दिँदै चीनसँग भारतको सम्बन्धबारे आशावाद व्यक्त गरेका थिए।

चलिरहेको सीमा विवादका बावजुद प्रधानमन्त्री मोदीले आफूहरू बीच द्वन्द्वको कुनै वास्तविक इतिहास नभएको उल्लेख गर्दै दुई राष्ट्रबिचको प्राचीन सांस्कृतिक र सभ्यताको सम्बन्धलाई स्वीकार गरेका थिए ।

उनले प्रतिस्पर्धा कहिल्यै द्वन्द्वमा परिणत नहुने कुरामा जोड दिँदै दुई देशबिच स्वस्थ प्रतिस्पर्धाका लागि पनि वकालत गरेका थिए । यसबाहेक प्रधानमन्त्री मोदीले सीमामा सामान्य अवस्थामा फर्कने कुरा स्वीकार गरे ।

दुई राष्ट्रले अब सन् २०२० भन्दा पहिलेको अवस्था पुनःस्थापित गर्न काम गरिरहेका छन् । ‘यो सत्य हो कि हामीबिच सीमा विवादहरू चलिरहेका छन् । र सन् २०२० मा सीमामा भएका घटनाहरूले हाम्रा देशहरूबिच उल्लेखनीय तनाव सिर्जना गरेका थिए ।

यद्यपि चीनका राष्ट्रपति सी जिनपिङसँगको मेरो हालैको भेटवार्तापछि हामीले सीमामा सामान्यतामा फर्किएको देखेका छौँ । हामी अब सन् २०२० अघिको अवस्थामा परिस्थितिहरू पुनःस्थापित गर्न काम गरिरहेका छौँ । विस्तारै तर निश्चित रूपमा, विश्वास, उत्साह, र ऊर्जा फर्किनेछ । तर, निश्चय नै, यसले केही समय लिनेछ किनकि पाँच वर्षको अन्तराल भएको छ’, मोदीले भने ।

‘भविष्यमा हाम्रो सम्बन्ध उत्तिकै बलियो रहनुपर्छ । यो बढ्दै जानुपर्छ । अवश्य पनि भिन्नताहरू स्वाभाविक छन् । जब दुई छिमेकी देश अस्तित्वमा रहन्छन्, कहिलेकाहीँ असहमतिहरू हुनु अनिवार्य छ । परिवारभित्र पनि, सधैँ सबै कुरा ठीक हुँदैन । तर हाम्रो ध्यान यी भिन्नताहरू विवादमा परिणत नहोस् भन्ने कुरामा केन्द्रित छ’, मोदीले भने ।

मोदीले चीनसंगको सम्बन्धका बारेमा यस्ता मिठा कुरा गरिरहँदा उता पाकिस्तानका बारेमा भने निराशा नै बढी राखे । मोदीले भने, पाकिस्तानसंग शांतिको हर प्रयासको परिणाम नकारात्मक निस्केको छ ।

मोदीले भने कि उनी शांतिको प्रयासमा नै लाहौर गएका थिए र २०१४ मा शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमंत्री नवाज शरीफलाई निम्ता पनि दिएका थिए । मोदीले थप भने, विश्वमा कहीँ पनि कुनै आतंकबादी घटना भयो भने त्यसको जरा पाकिस्तानसंग जोडिएको हुन्छ ।

मोदीको यो टिप्पणीमा पाकिस्तानले भने आपत्ति सहितको प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मंत्रालयले सोमवार भनेको थियो, ’’भारतका प्रधानमंत्रीको टिप्पणी तथ्यहरुबाट टाढा र एकतर्फी छ । उनले आफ्नो सुविधाका हिसाबले जम्मू–कश्मीर विवादलाई छाडिदिए ।

जबकि अहिले पनि पछिल्लो सात दशकदेखि यसको कुनै पनि समाधान भेटिएको छैन । त्यो पनि भारतले नै संयुक्त राष्ट्र, पाकिस्तान र कश्मीरका मानिसहरुलाई आश्वासन दिएको अवस्थामा’’ ।

प्रधानमंत्री मोदीको टिप्पणीलाई खारेज गर्दै पाकिस्तानको विदेश मंत्रालयले भनेको छ, ’’स्वयंलाई पीडित बनाउनका लागि भारतले काल्पनिक न्यारेटिभ रचिरहेको छ । तर उसले नै पाकिस्तानको भूमिमा आतंकबादलाई प्रसय दिइरहेको छ र त्यो आरोपबाट उ बच्न सक्दैन ।

एकअर्कामा आरोप प्रत्यारोप लगाउनुको साटो भारतले विदेशी भूमिमा आतंकवादको षडयन्त्र र टारगेटेड किलिंगको आफ्नो रेकर्ड हेरोस् । पाक मन्त्रालयले अगाडि भनेको छ, पाकिस्तान सधैं नै परिणाम निस्कने खालको संवादको वकालत गर्दछ, जसमा जम्मू–कश्मीरको विवाद पनि सामेल छ’’ ।

यसरी पाकिस्तानसंगको सम्बन्धलाई झन खराब र चीनसंग भने सम्बन्ध सुधार गर्दै लगेको भारत र उसका प्रधानमन्त्रीको यी दुई छिमेकीबारेको पछिल्लो टिप्पणी तपाइँलाई कस्तो लाग्यो । आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top