NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

आरजु दिल्लीबाट फर्किनासाथ सरकार ढल्ने !

बुधबार चैत्र ६ , २०८१
Reading Time: 1 min read
A A
आरजु दिल्लीबाट फर्किनासाथ सरकार ढल्ने !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ चैत , विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले ८ महिना पुरा गरिसकेको छ । यो अवधिमा सरकारको कार्यसम्पादन कमजोर देखियो भने आलोचना र विरोध गर्नेहरुको संख्या बढ्दै गएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले त यो सरकारको गठन नै विचौलियाको घरमा भएको, माफिया र भ्रष्टचारीलाई संरक्षण गर्न बनेको भन्दै आएको छ ।

सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको पक्राउ, काठमाडौंका मेयर बालेन शाहसंगको जुहारीले उनीहरुको समर्थक रहेका ठूलो जमातलाई ओली नेतृत्वको सरकारले चिढ्याएको छ । भने अर्कातिर संसद छलेर अध्यादेश, विभिन्न विवादीत विधेयकहरु, अर्थतन्त्र निरन्तर ओरालो लाग्नुले आलोचना गर्नेहरुको संख्यामा बृद्धि गराइदिएको छ ।

यता राजवादीहरु सडकमा उर्लिदा त्यसको काउन्टरमा जसरी ओली र एमालेका नेताहरु, काँग्रेसका नेताहरुले बयानबाजी जारी गरेका छन्, त्यसले पनि एकथरीलाई चिढ्याएको छ । यसमा माओवादी र अन्य दलहरुले पनि राजवादीविरुद्ध एकस्वर बनाएका छन् ।

यसैपनि आम जनता दुई तिहाइको सरकारले पनि राम्रो डेलिभरी गर्न सकेन भनेर निराशा भइरहँदा यस्ता कयौं विषय र प्रकरणले सरकारको आलोचना गर्नेहरुको भीड बढ्दै गएको छ । यो क्रम बढ्दै जाँदा सरकारको आयुसमेत छोटिने आँकलनहरु गर्न थालिएको छ ।

अर्कातिर दक्षिणको छिमेकी भारतको असन्तुष्टिले पनि ओली सरकार अब धेरै दिन जाने नदेखिएको विश्लेषकहरु बताउँन थालेका छन् । सत्ता सहयात्री काँग्रेसले पटक पटक प्रयास गर्दा पनि नरेन्द्र मोदीले नेपालका समकक्षी ओलीलाई निम्ता दिन चाहेका छैनन् ।

उल्टो एमालेसंग भारतको बढ्दो दुरीले आफ्ना लागि पनि दिल्ली दुर हुने चिन्ता काँग्रेसलाई परेको छ । अब त उ भारतलाई चिढ्याएर ओलीसंगै सरकारमा रहने कि ओलीको साथ छोट्याएर भारतलाई खुसी बनाउने भन्नेमा कुनै एक रोज्नु पर्ने अवस्थामा पुगेको छ ।

पछिल्लो पटक भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेको पछिल्लो प्रयास पनि फेल भएको छ । भारतको नयाँ दिल्लीमा आयोजित ‘रायशिना डाइलग’मा भाग लिन पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी यस जयशंकरसँग त मंगलबार भेटवार्ता गरिन् ।

तर न उनले मोदीलाई नेपालमा निम्ता गर्न सकिन्, न ओलीको भारत भ्रमण पक्का गर्न । जयशंकरसँगको भेटवार्ताका क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा आउँदो जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निम्तो दिने बताइएको थियो । तर, भेटका क्रममा निमन्त्रणापत्र नै हस्तान्तरण हुन नसकेको खुलेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउने प्रयास पनि विफल भएको छ । खासमा ओली र एमालेसँग असन्तुष्ट रहेको भारतीय पक्षले उनीसँगको सम्बन्ध सुधार गर्न नचाहेको पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले सम्बन्ध सुधारका लागि प्रयास गरिरहँदा एमालेले काठमाडौंमा गरेको निर्णयले भारतीय पक्ष थप चिडिएको हुन सक्ने बताइएको छ । गत फागुन २५ गते काठमाडौंमा भएको पूर्वराजा समर्थित आन्दोलन भारतीय उक्सावटमा भएको भन्ने एमालेको निष्कर्ष छ ।

दिल्लीमा राणाले सम्बन्ध सुधारका लागि प्रयास गरिरहँदा यता एमालेले औपचारिक रुपमै राजावादीको आन्दोलनलाई भारतसँग जोडेपछि अवस्था थप बिग्रिएको छ । कांग्रेस सम्बन्ध सुधारका लागि निरन्तर लागे पनि सरकारको नेतृत्व गरेको एमालेबाटै असहयोग भएपछि कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको छ ।

परराष्ट्रमन्त्री राणा स्वदेश फर्किएपछि यो घटनाक्रमले सत्ता गठबन्धनमै मतभेद सिर्जना गर्न सक्ने कांग्रेसका नेताहरुले बताएका छन् । अर्थात कांग्रेस–एमालेको प्रमुख साझेदारी रहेको गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने सम्भावना देखिएको छ ।

दुवै दलका उच्च तहमा समेत गठबन्धनको भविष्यलाई लिएर अड्कलबाजीहरु हुन थालेका छन् । एमालेमा विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको हेपाहा र पेलाई प्रवृतिबाट कांग्रेस सभापति शेरबहादुर देउवा समेत आजित हुँदै गएको नेताहरुले बताएका छन् ।

एकातिर कांग्रेसका मन्त्रीहरुले दैनिकजसो बुढानिलकण्ठमा लगेर सुनाउने पोल अर्कोतर्फ सरकार गठन भएको लामो समयसम्म पनि भारतले निरन्तर गरिरहेको बेवास्ताले ओलीको कुर्सी हल्लाउने सामर्थ त राख्छ नै ।

अनि आरजु देउवाले परराष्ट्रमन्त्रीको हैसियतमा भारतसँगको सम्बन्ध सुधारका लागि गरेको पटक पटकको प्रयास र सम्भावनाका बाबजुद भारतसँग सम्बन्ध सुधार नहुने अवस्था देखिएपछि र सम्बन्ध सुधारको साटो सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले भारतलाई थप चिढ्याउने दिशातर्फ उद्यत भएपछि एमालेसँग अब धेरै सत्ता सहकार्य गर्न नहुने कांग्रेसी धार बलियो बन्दै गएको छ ।

यता एमाले भने भारतको संस्थापन पक्षले भाउ नदिएपछि सरकार छाड्नै पर्दा पनि राजनीतिक लाभ लिने र भारतविरोधी जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा पुगेको देखिन्छ । एमालेको सचिवालय बैठकले जसरी राजावादीको गतिविधिमा भारतलाई जोड्यो, यसबाट समेत गठबन्धनमा समस्या छ भन्ने प्रष्ट हुन्छ ।

त्यसैले अब यो सरकार धेरै टिक्न नसक्ने अनुमान गर्न थालिएको हो । यसबीच भारतीय लाइनअनुसार नै कांग्रेसले समेत भित्रभित्रै विभिन्न दलहरुसँग सम्भावित सत्ता सहकार्यको छलफल अगाडि बढाएको सूइँको पाएको एमालेजनले बताएका छन् ।

यसमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतका उच्चस्तरका नेताहरु समेत गम्भीर भएर छलफल गरिरहेको कांग्रेस भित्र बाटै बताइन्छ । यसो हुँदा आरजु स्वदेश फर्किएलगत्तै दिल्ली भेट र ताजा परिस्थितिको विषयमा छलफल गरिने र त्यही आधारमा गठबन्धनमा बस्ने वा नबस्ने निर्णय लिइने नेताहरुको दाबी छ ।

यसरी एमालेको रणनीति, कांग्रेसको कूटनीतिक चाल, भारतको भूमिकासहित सत्ता समीकरणमा विकसित नयाँ घटनाक्रमले नेपाली राजनीति तरंगित बनेको छ। गठबन्धनको भविष्य अन्योलपूर्ण देखिए पनि अन्तिम निर्णय आरजु देउवाको स्वदेश फिर्तीपछिको दिल्ली संवादले तय गर्ने सम्भावना छ। अबको केही दिन नेपाली राजनीतिका लागि निर्णायक बन्नेछन् ।

यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #आरजुले मोदीलाई फकाउन सकिनन्#नेपाल टाइम्स् ट्रेडिंग#सरकार ढल्ने

लोकप्रीय

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

विचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

थप समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.