१३ चैत , विराटनगर ।
विश्वमा अहिले पनि धेरैजसो देशहरुसंग पाँचौं पुस्ताको फाइटर जेट पहुँचमै छैनन् । यता सुपरपावर अमेरिकाले भने आफूले छैटौं पुस्ताको लडाकू विमान बनाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले घोषणा गरेका छन् कि यसलाई अब बोइंग कंपनीले बनाउने छ ।
जसलाई एफ–४७ का नामले चिनिने छ । अमेरिकाले यो अचानक भने गरेको होइन, बरु यो सिधारुपमा चीनलाई टक्कर दिनका लागि हो, किनभने उसले छैटौं पुस्ताको फाइटर जेट जे–३६ मा काम शुरू गरिसकेको छ ।
यद्यपि ट्रंपले भनेका छन, नयाँ फाइटर जेटमा अभूतपूर्व शक्ति हुनेछ, जसलाई शत्रुले देख्न पनि सक्दैन । अमेरिकी वायुसेनामा अहिले सबैभन्दा शक्तिशाली फाइटर जेट पाँचौं जेनेरेशनको एफ ३५ रहेको छ, जसलाई लकहीड मार्टिनले बनाएको हो ।
हरेक एफ–३५ को मूल्य ८० मिलियन डलरदेखि ११५ मिलियन डलरका बीचमा रहेको छ । कयौं मानिसहरुले यसलाई सबैभन्दा शक्तिशाली फाइटर जेट भन्ने गरेका छन्, तर यसका आलोचकहरुले भने यसलाई सेतो हात्ती भन्ने गरेका छन् ।
अब त्यो भन्दा पनि शक्तिशाली फाइटर जेट बनाउने घोषणा ट्रम्पले गरेका हुन् । यस्तोमा एफ ४७ का बारेमा जान्न र चीनको जे ३६ को तुलनामा यो कति शक्तिशाली छ भन्नेमा पनि धेरैको जिज्ञासा रहने गरेको छ ।
खासमा एफ ४७ को नाम नै आफैमा विवादमा छ । किनभने ट्रंप अमेरिकाका ४७औं राष्ट्रपति हुन, यसैकारण कयौं मानिसहरु ठान्दछन् कि ट्रम्पले यसको नाम आफ्नै लागि राखेका हुन् ।
यद्यपि ट्रंपले यसलाई एक संयोग भन्ने गरेका छन् । यो विमानलाई आधिकारिकरुपमा नेक्स्ट जेनरेशन एयर डमिनेन्स एनजीएडी वा एनगाड भनिन्छ । यसलाई चीन र रूसको मुकाबला गर्नका लागि छैटौं पुस्ताको लडाकू विमानको आसपासको एक ‘सिस्टमको परिवार’का रूपमा सोचिएको हो ।
ट्रंपले यसलाई सबैभन्दा घातक विमान भनेका छन् । ट्रंपले अर्को पनि दाबी गरेका छन् कि यो विमानको टेस्ट भर्जन कयौं वर्षहरुदेखि गोप्यरुपमा उडान भरिरहेका थिए । यो विमानको विशेषताहरु अहिले पनि गोप्य नै राखिएको छ ।
यद्यपि, यसमा स्टील्थ क्षमता र एडभान्स्ड सेन्सर र अत्याधुनिक इन्जिन हुने ठानिएको छ । यसको जुन तस्वीर सार्वजनिक भएको छ, त्यो हेर्दा कयौं एक्सपट्र्सले यसलाई स्टील्थ विमानहरु भन्दा फरक मान्दैनन ।
एपीको रिपोर्टका अनुसार यो विमानको विकासमा लगभग २० अर्ब डलर खर्च हुने छ । एयर एंड स्पेस फोर्स डट कमको रिपोर्टका अनुसार चीफ अफ स्टाफ जनरल डेभिड डब्ल्यू अल्भिनले भने, एफ ४७ वास्तवमा विश्वको पहिलो चालक दल भएको छैटौं जेनेरेशनको लडाकू विमान हो ।
यता चीनले पनि आफूले अहिलेसम्मकै शक्तिशाली फाइटर जेट बनाइरहेको दाबी गरेको छ । चीनको दाबी अनुसार जे ३६ छैटौं पुस्ताको लडाकू विमान हो । द वार जोनको रिपोर्टका अनुसार यसलाई चेंग्दू एयरक्राफ्ट कर्पोरेशनले बनाइरहेको छ ।
यसको जानकारी पनि अहिले चीनले निकै नै गोप्य राखेको छ । हालै यसले उडान भरेको कयौं भिडियोहरु पनि सार्वजनिक भएका छन् । भिडियो हेर्दा यसको आकार एक त्रिकोण जस्तै देखिन्छ ।
यसमा टेललेस कन्फिगरेशन सामेल छ, जसले रडारको पकडबाट बच्ने क्षमतालाई बढाउँछ । अर्थात यो पनि शत्रुको आँखाले नभ्याउने खालको छ । यसले लामो दूरीमा संचालनका लागि एरोडायनामिक दक्षतालाई पनि बढाउँछ ।
कथितरुपमा जे ३६ लाई तीन डब्लुएस–१० सी टर्बोफ्यान इन्जिनले संचालित गर्छ । जे ३६ को आकार हेर्दा यसमा अतिरिक्त ईंधन बोक्ने पनि क्षमता छ । यसमा उन्नत हतियारहरु र सेन्सरका लागि आंतरिक स्थान छ ।
ज्ो ३६मा साइड–लुकिंग एयरबोर्न रडार, इलेक्ट्रो–अप्टिकल सेन्सर र लो–अब्जर्भेबल प्रवधिहरु रहेको संभावना छ । द डिप्लोम्याटका अनुसार, जे ३६ को लंबाई लगभग २२ मीटर छ । यसको विंगस्प्यान २० मीटर छ । यो २ पायलट रहने विमान हो ।
यसमा पिएल १७ एयर टू एयर मिसाइल हुन सक्छ । जे ३६ को पहिलो उडानका तस्वीरहरु र भिडियोहरु डिसेम्बर २०२४ मै आएका थिए । त्यतिबेला यो जे २० विमानका साथ उडिरहेको थियो ।
अमेरिकालाई नयाँ हतियार बनाउन बाध्य पार्ने मात्रै होइन चीनले अमेरिकाको लामो समयदेखि कायम रहेको स्पेस एक्सप्लोरेशनको दबदबालाई पनि चुनौती दिइरहेको छ । यसका लागि उसले एक नयाँ प्रविधिमा काम गर्न सुरु गरेको छ ।
चीनको एक प्राइभेट एयरोस्पेस कंपनी ग्यालेक्टिक एनर्जीले २०२८ सम्म विश्वको पहिलो इलेक्ट्रोम्याग्नेटिक लन्च प्याड तयार गर्ने घोषणा गरेको छ । यो प्रोजेक्ट पूरा भएपछि, स्पेस इंडस्ट्रीमा एक नयाँ युद्ध शुरू हुनसक्छ ।
इलेक्ट्रोम्याग्नेटिक लन्च प्याडको सहयोगले चीनले कुनै पनि स्टाटेलाइटलाई सुपरसोनिक स्पीड र दक्षताका साथ स्टाटेलाइटलाई अर्बिटमा पुर्याउन सक्छ । दक्षिण–पश्चिमी चीनको सिचुआन प्रांतमा राज्य समर्थित रिसर्च इंस्टीट्यूटका साथ साझेदारीमा तैयार गरिएको यो सिस्टममा सुपरकन्डक्टिंग म्याग्नेटको प्रयोग गरिन्छ, जसले रकेटलाई प्रज्वलनअघि नै चुपचाप सुपरसोनिक गतिसम्म लैजान सक्छ ।
यो प्रोसेसको तुलना अक्सर एक म्यागलेभ ट्रेनलाई लन्च गरिनेसंग हुने गरेको छ । सिचुआनमा जियांग सरकार र चाइना एयरोस्पेस साइंस एंड इंडस्ट्री कर्पोरेशनले चीनको पहिलो इलेक्ट्रोम्याग्नेटिक लन्च भेरिफिकेशन प्लेटफर्मको टेस्टिंग गरिरहेका छन् । जसको लक्ष्य तीन वर्षमा यसलाई लन्च गर्नु हो ।
यो जानकारी गत साता सिचुआन रेडियो र टेलीभिजनको एक रिपोर्टमा दिइएको थियो । यो प्लेटफर्मले रकेट्सलाई म्याक १ भन्दा अधिकको गतिसम्म पुर्याउन सक्छ किनभने रकेट्सले उडानको शुरुवातमा सबैभन्दा धेरै ईंधन जलाउँछन् ।
यसले भविष्यमा लन्च त्यति नै सामान्य हुनसक्छ जति हाई–स्पीड ट्रेनको हुन्छ । जियांग कमर्शियल स्पेस लन्च टेक्नोलोजी रिसर्च इंस्टीट्यूटका अध्यक्ष ली पिंगले भने कि यो प्रविधिले पेलोड क्षमतालाई २ गुना गर्न सक्छ ।
र लन्चको लागतलाई कम गर्न सक्छ । लीले भने कि लन्च ट्रयाकलाई पारंपरिक लन्च प्याड्सलाई जस्तै रेखदेख गर्न आवश्यकता हुने छैन । यसमा धेरै पटक लन्च संभव हुने छ । यदी सफल भयो भने, यो चीनकोे अमेरिकी दिग्गज कंपनीहरु जस्तो कि स्पेशएक्सलाई चुनौती दिन महत्वपूर्ण हुनेछ ।
२०१८मा स्थापना भएको, ग्यालेक्टिक इनर्जीले १८ सफल लन्च गरेको छ, जसमा कुल ७७ स्याटेलाइट्सलाई तैनात गरिएको छ । जुन कुनै पनि अन्य निजी अंतरिक्ष कंपनीभन्दा धेरै हो । २१ मार्चमा यसले आफ्नो सिरिज–१ रकेटको साथ जिउक्वान स्टाटेलाइट लन्च सेंटरबाट ६ मौसम स्याटेलाइट्सलाई सूर्य–सिंक्रोनस अर्बिटमा लन्च गरेको थियो ।
हतियार र अतंरिक्षमा अमेरिका र चीनबीच चलिरहेको यो प्रतिस्पर्धालाई तपाइँले कसरी हेनु भएको छ । आफना धारणा अवस्य व्यक्त गर्नु होला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।