NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Güvenilir ve VIP Bayanlar सोमवार पुस १४ , २०८२
Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि ओलीले के गरे ?

शुक्रबार चैत्र २२ , २०८१
Reading Time: 1 min read
A A
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ चैत , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई प्राथमिकतामा राखेका छन्। ओलीले मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् ।

थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो कार्यकालमा राष्ट्रिय विकास र जनजीवन सुधारको नारा स्वरूप “समृद्ध नेपाल, सुखी नेपाली” घोषण गरेका थिए। २०७४ सालको निर्वाचनपछि दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनले यो नारा औपचारिक रूपमा अघि सारेका थिए ।

नेपालको तत्कालीन राजनीतिक स्थायित्व, संसदीय दुईतिहाइको बलियो सरकार र राष्ट्रिय आकांक्षाका सन्दर्भमा यो नारा एकदमै सान्दर्भिक ठहरिएको थियो। ओलीको यो नारा मूलतः संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग सिङ्गो राष्ट्रको सपना जोड्ने प्रयास थियो।

यो नाराले दुई प्रमुख आयामलाई समेट्छ । “समृद्ध नेपाल“ भन्नाले पूर्वाधार, ऊर्जा, व्यापार, पर्यटन र उत्पादनको विकासमार्फत आर्थिक प्रगति हासिल गर्ने लक्ष्य हो। अनि “सुखी नेपाली“ भनेको जनताको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानी, बसोबास र सामाजिक सुरक्षामा आम जनतालाई सहजता दिलाउने कुरा हो। तर यो नारा लाई व्यवहारमा उतार्न के काम भयो त भन्ने गहन प्रश्न हो ।

ओली सरकारले उक्त नारालाई व्यवहारमा उतार्न केही रणनीतिक योजना भने अघि सारेको देखिन्छ। पूर्वाधार विकासमा ‘एक प्रदेश एक विशेष परियोजना’, ‘पूर्व–पश्चिम रेल’, ‘ सडकमा सुरुङमार्ग’, ‘जलविद्युत् उत्पादन’ र ‘नेपाल–चीन रेलवे जडान’ जस्ता ठूला योजनाहरू अघि बढाइए। उर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य भएको उल्लेखनीय उपलब्धि यसमा समेटियो ।

जसलाई उनीहरूको ‘सफलता’को रूपमा प्रस्तुत गरिन्छ। त्यसैगरी, आयात प्रतिस्थापन र निर्यात वृद्धिको नीतिगत र दार्शनिक प्रारम्भ गरिएको थियो। तर यस्ता महत्वाकांक्षी योजनाहरूको कार्यान्वयन भने भौतिकभन्दा राजनीतिक पूर्वाधारको अस्थिरताका कारण पूर्ण कमजोर देखिएको छ ।

संघीयता कार्यान्वयन, बेरोजगारी न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनजस्ता क्षेत्रमा अपेक्षित सुधार आउन सकेन। जसका कारण ओलीको प्रधानमन्त्रीको चौथो कार्यकालमा आएरपनि नाराको प्रभावकारिता जनताले जीवनमा महसुस गर्न सकेका छैनन् ।

कोभिड–१९ महामारीको कारणले ‘सुखी नेपाली’को तर्फ उन्मुख प्रयासहरू झनै दबिए । स्वास्थ्य प्रणालीको कमजोरी, असमानता र शासकीय क्षमताको सीमितताले नाराको यथार्थलाई प्रभावित बनायो। प्रधानमन्त्री ओलीले चौथो पटक प्रधानमन्त्री भएपछि पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई नै दिगो विकास लक्ष्यसँग जोडेर बिम्स्टेक सम्मेलनजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरेका छन्।

तर यो नाराले पुनः जनतामा विश्वास निर्माण गर्न, राजनीतिक इच्छाशक्ति, पारदर्शिता र प्रभावकारी कार्यान्वयन संयन्त्रको खाँचो देखिएको छ । “समृद्ध नेपाल, सुखी नेपाली“ नारा केपी ओलीको सबैभन्दा चर्चित र राष्ट्रिय अभियान बन्न सक्ने दृष्टिकोण थियो।

तर यसको दीर्घकालीन प्रभावका लागि भाषण होइन, योजनाको सन्तुलित कार्यान्वयन, समावेशीता र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नतिजा आवश्यक छ। अन्यथा, यो पनि अन्य नेताहरूका जनता झुक्याउने नाराजस्तै घोषणामा सीमित हुने खतरा अधिक देखिन्छ ।

यस्तै प्रधानमन्त्री ओलीले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए ।

उनले यस क्षेत्रका अर्थतन्त्रहरु समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरे । जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा सङ्कट सृजना गरेको उल्लेख गर्दै उहाँले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए ।

“यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पु¥याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले बताएका छन् ।

पहाडहरूको दुर्दशा र पहाड(महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उनले जानकारी दिए ।

उनले बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एशिया) बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न आग्रह गरे ।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले आजै अपरान्ह भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने तालिका छ ।

Tags: #‘समृद्ध नेपालसुखी नेपाली’

लोकप्रीय

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२

विचार

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२

थप समाचार

Esenyurt Escort

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२
Ümraniye Escort

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी
समाचार

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश
समाचार

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.