×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि ओलीले के गरे ?

२१ चैत्र २०८१

२२ चैत , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई प्राथमिकतामा राखेका छन्। ओलीले मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् ।

Advertisement
Advertisement

थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो कार्यकालमा राष्ट्रिय विकास र जनजीवन सुधारको नारा स्वरूप “समृद्ध नेपाल, सुखी नेपाली” घोषण गरेका थिए। २०७४ सालको निर्वाचनपछि दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनले यो नारा औपचारिक रूपमा अघि सारेका थिए ।

नेपालको तत्कालीन राजनीतिक स्थायित्व, संसदीय दुईतिहाइको बलियो सरकार र राष्ट्रिय आकांक्षाका सन्दर्भमा यो नारा एकदमै सान्दर्भिक ठहरिएको थियो। ओलीको यो नारा मूलतः संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग सिङ्गो राष्ट्रको सपना जोड्ने प्रयास थियो।

यो नाराले दुई प्रमुख आयामलाई समेट्छ । “समृद्ध नेपाल“ भन्नाले पूर्वाधार, ऊर्जा, व्यापार, पर्यटन र उत्पादनको विकासमार्फत आर्थिक प्रगति हासिल गर्ने लक्ष्य हो। अनि “सुखी नेपाली“ भनेको जनताको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानी, बसोबास र सामाजिक सुरक्षामा आम जनतालाई सहजता दिलाउने कुरा हो। तर यो नारा लाई व्यवहारमा उतार्न के काम भयो त भन्ने गहन प्रश्न हो ।

ओली सरकारले उक्त नारालाई व्यवहारमा उतार्न केही रणनीतिक योजना भने अघि सारेको देखिन्छ। पूर्वाधार विकासमा ‘एक प्रदेश एक विशेष परियोजना’, ‘पूर्व–पश्चिम रेल’, ‘ सडकमा सुरुङमार्ग’, ‘जलविद्युत् उत्पादन’ र ‘नेपाल–चीन रेलवे जडान’ जस्ता ठूला योजनाहरू अघि बढाइए। उर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य भएको उल्लेखनीय उपलब्धि यसमा समेटियो ।

जसलाई उनीहरूको ‘सफलता’को रूपमा प्रस्तुत गरिन्छ। त्यसैगरी, आयात प्रतिस्थापन र निर्यात वृद्धिको नीतिगत र दार्शनिक प्रारम्भ गरिएको थियो। तर यस्ता महत्वाकांक्षी योजनाहरूको कार्यान्वयन भने भौतिकभन्दा राजनीतिक पूर्वाधारको अस्थिरताका कारण पूर्ण कमजोर देखिएको छ ।

संघीयता कार्यान्वयन, बेरोजगारी न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनजस्ता क्षेत्रमा अपेक्षित सुधार आउन सकेन। जसका कारण ओलीको प्रधानमन्त्रीको चौथो कार्यकालमा आएरपनि नाराको प्रभावकारिता जनताले जीवनमा महसुस गर्न सकेका छैनन् ।

कोभिड–१९ महामारीको कारणले ‘सुखी नेपाली’को तर्फ उन्मुख प्रयासहरू झनै दबिए । स्वास्थ्य प्रणालीको कमजोरी, असमानता र शासकीय क्षमताको सीमितताले नाराको यथार्थलाई प्रभावित बनायो। प्रधानमन्त्री ओलीले चौथो पटक प्रधानमन्त्री भएपछि पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई नै दिगो विकास लक्ष्यसँग जोडेर बिम्स्टेक सम्मेलनजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरेका छन्।

तर यो नाराले पुनः जनतामा विश्वास निर्माण गर्न, राजनीतिक इच्छाशक्ति, पारदर्शिता र प्रभावकारी कार्यान्वयन संयन्त्रको खाँचो देखिएको छ । “समृद्ध नेपाल, सुखी नेपाली“ नारा केपी ओलीको सबैभन्दा चर्चित र राष्ट्रिय अभियान बन्न सक्ने दृष्टिकोण थियो।

तर यसको दीर्घकालीन प्रभावका लागि भाषण होइन, योजनाको सन्तुलित कार्यान्वयन, समावेशीता र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नतिजा आवश्यक छ। अन्यथा, यो पनि अन्य नेताहरूका जनता झुक्याउने नाराजस्तै घोषणामा सीमित हुने खतरा अधिक देखिन्छ ।

यस्तै प्रधानमन्त्री ओलीले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए ।

उनले यस क्षेत्रका अर्थतन्त्रहरु समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरे । जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा सङ्कट सृजना गरेको उल्लेख गर्दै उहाँले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए ।

“यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पु¥याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले बताएका छन् ।

पहाडहरूको दुर्दशा र पहाड(महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उनले जानकारी दिए ।

उनले बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एशिया) बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न आग्रह गरे ।

Advertisement

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले आजै अपरान्ह भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने तालिका छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top