×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

२४ चैत्र २०८१

२५ चैत , एजेन्सी ।

निरन्तरको अमेरिकी धम्कीका बीच इरानले पनि युद्धको तयारी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आज अमेरिकी राष्ट्रपतिलाई वाइट हाउसमा दोहोर्याएर भेट गर्दै गर्दा यता इरानले आफ्नो सेनालाई हाई अलर्टमा राखेको छ ।

Advertisement
Advertisement

देशका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको आदेशमा इरानको सशस्त्र बलहरुलाई हाई अलर्टमा राखिएको हो । एक ईरानी अधकिारीले मिडियामा भनेका छन् कि ईरानले छिमेकीहरु इराक, कुवेत, संयुक्त अरब इमिरेट्स, कतार, तुर्कीए र बहराइनलाई पनि संदेश पठाएर यदी उनीहरुले अमेरिकाको हमलामा कुनै पनि प्रकारले साथ दिए भने सबैलाई इरानको दुश्मन मानिने चेतावनी दिएको छ ।

र सोही अनुसारको जवाफी कारबाही पनि गरिने बताएको छ । यसले पश्चिम एशियामा तनाव एक पटक फेरि बढेको छ । खामनेईको पछिल्लो आदेश यस्तो समयमा आएको हो जतिबेला इजरायल–अमेरिकाले ईरानमा हमलाको तयारी गरिरहेको दाबी गरिएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार, ईरानले इराक, कुवेत, संयुक्त अरब इमिरेट्स, कतार, तुर्कीए र बहराइनलाई चेतावनी दिएको छ कि उनीहरुले यदी आफ्नो हवाई क्षेत्रको प्रयोग अमेरिकालाई गर्न दिए भने गंभीर परिणाम भोग्नु पर्नेछ ।

इरानी अधिकारीले भनेका छन् कि ईरानले परमाणु सम्झौतामा अमेरिकासंग प्रत्यक्ष सम्बादका लागि अस्वीकार गरेको छ तर उ ओमान मार्फत अप्रत्यक्ष वार्ता जारी राख्न चाहान्छ । ७ मार्चमा ट्रम्पले भनेका थिए कि उनले वार्ताका लागि खामेनेईलाई एक प्रस्ताव पठाएका थिए ।

त्यसपछि ३० मार्चमा अमेरिकी नेताले भने कि यदी वार्ता विफल भयो भने उनले २ साताभित्रै ईरानमा एक्स्ट्रा ट्यारिफ लगाउने छन् । तर यो पनि भने कि यदि ईरानले उनको कुरा मानेन भने बमहरुको बर्षा हुनेछ । यस्तोमा इरानले पनि अमेरिकी धम्कीहरुबाट नडराउने भन्दै प्रत्यक्ष वार्ताका लागि अस्वीकार गरेको हो ।

अमेरिकाले वार्ता नै गर्ने हो भने किन धम्की दिइरहेको छ भन्दै इरानी अधिकारीहरुले प्रश्न गरिरहेका छन् । यसबीच इरानले युद्ध निकट आएको बुझेरै हुनुपर्छ आफ्ना सेनालाई हाई अलर्टमा राखेको ।

किनभने इजरायलले यसैपनि इरानलाई परमाणु कार्यक्रम विस्तार गर्न नदिने र त्यसलाई रोक्नका लागि परमाणु साइटहरुमै हमला गर्ने चेतवानी दिइसकेको छ । यतिन्जेल उ अमेरिकाले रोकेरमात्रै चुप लागेको बसेको पनि देखिन्छ ।

तर अब स्वयं अमेरिकाले नै बम हान्ने धम्की दिएपछि इरान अब वास्तविक युद्धमा होमिने देखिएको छ । आज वाइट हाउसको वार्तापछि इजरायल र अमेरिकाले यसबारे कदम चाल्ने अनुमान गरिएको छ ।

यसबीच ट्रम्पको पत्रको जवाफ पठाउँदै खामेनेईले भने कि उनलाई अमेरिकी सैन्य हस्तक्षेपमा विश्वास छैन । तर उनले चेतावनी दिएका छन् कि ईरानमा अशांति भड्काउने वाशिंगटनको कुनै पनि प्रकारको प्रयासलाई फेल गराइने छ ।

यसअघि अक्टूबर २०२४ मा इजरायलले ईरानका सैन्य ठेगानाहरुमा हवाई हमला गरेको थियो, जसको जवाफमा ईरानले ब्यालेस्टिक मिसाइलहरुले पलटवार गरेको थियो । न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार, खामनेईले हालै राष्ट्रिय सुरक्षा परिषदलाई इजरायलमा जवाफी हमलाको तैयारी गर्न निर्देशन दिएका थिए ।

यसअघिको हमलामा ईरानको एयर डिफेंस सिस्टमलाई कमजोर बनाइदिएको इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूले दाबी गरेका छन् । यसले ईरानीहरुलाई उनीहरुको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

मिडिल ईस्टका जानकारहरु ठान्दछन् कि खामनेईको पछिल्लो कदमले इजरायललाई पनि संदेश दिने प्रयास गरेको छ कि ईरान कुनै पनि आक्रामकताको कडा जवाफ दिन तयार छ ।

यसबीच ईरानले सेनालाई अलर्टमा राख्नेसंगै आफ्नो हवाई क्षेत्र पनि बन्द गर्न लागेको खबर पनि सार्वजनिक भएको छ । मेहर न्यूज एजेंसीलाई उदृत गर्दै एक एक्स यूजरले लेखेका छन्, अमेरिकी धम्कीहरुपछि ईरानले हवाई क्षेत्र बन्द गरेको छ र सेनालाई तैयार रहन पनि भनेको छ ।

यो कदमले ईरानले अमेरिका र उसको सहयोगी इजरायलका तर्फबाट एकसाथ आउने खतरालाई महशुस गरेको देखाउँछ । ईरानको यो निर्णयमा लेबनान र हिजबुल्लाहको भूमिका पनि अहम छ । इजरायलले हालै हिजबुल्लाहका कयौं कमांडरहरुलाई निशाना बनायो जसमा ईरान समर्थित नेता हसन नसरल्लाहको हत्या पनि सामेल छ ।

ईरानले यसलाई आफ्नो क्षेत्रीय शक्तिमाथि हमला मानेको छ । अहिले ईरानभित्रै पनि खामनेईमाथि दबाव बढेको छ । एक त उनको उमेर । ८५ वर्षका छन् । संगै उनको स्वास्थ्यलाई लिएर पनि अनेक अड्कल भइरहेका छन् ।

केही रिपोट्र्समा दाबी गरिएको छ कि उनले आफ्ना छोरा मोजतबा खामनेईलाई उत्तराधिकारी चुनेका छन्, जसमा आंतरिक स्थिरता कायम राख्ने प्रयास देखिन्छ । यस्तोमा सेनालाई हाई अलर्टमा राखिनु केवल बाहिरी खतराहरुसंग जुध्ने रणनीतिमात्रै होइन बरु देशभित्रै एकता र शक्तिको संदेश पनि दिनु रहेको छ ।

अमेरिका र इजरायलका कूटनीतिक दबाब तथा सैन्य धम्कीबीच इरानले देखाएको कठोर प्रतिकारको तयारीले पश्चिम एशियामा युद्धको संभावना गहिरिँदै गएको छ। अयातुल्ला खामेनेईको नेतृत्वमा इरानी सैन्य तयारी, छिमेकी देशहरूलाई दिइएको स्पष्ट चेतावनी र हवाई क्षेत्र बन्द गर्ने निर्णयले यो संकेत गर्छ कि अब इरान पछि हट्ने अवस्थामा छैन।

अन्तर्राष्ट्रिय कूटनीति असफल भएमा एक भयानक संघर्षको ढोका खुल्नेछ। यस्तो अवस्थामा वाइट हाउसमा हुने वार्तापछि अमेरिका र इजरायलले कुन कदम चाल्छन्, र त्यो कदमले सम्पूर्ण क्षेत्रलाई कुन दिशातर्फ लैजान्छ, भन्ने विषयमा ध्यान केन्द्रित भएको छ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top