NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
Reading Time: 1 min read
A A
पुटिन र सी बीच भेट, के भयो कुरा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
 १६ असार , काठमाण्डौ ।
युक्रेनमा जारी युद्धका क्रममा गत साता रुसलाई एउटा ठूलो सफलता हात लागेको छ । रूसी सेनाले पूर्वी यूक्रेनको शेभचेन्को गाउँ नजिकैको क्षेत्रमा नियंत्रण गरेको छ ।
शेभचेन्को गाउँ डोनेट्स्कमा रहेको छ, जसलाई रूसले यूक्रेनी सेनाबाट खोसेको हो । रूसको यो क्षेत्रमा कब्जा यसकारण पनि महत्वपूर्ण छ किनभने यहाँ लिथियमको विशाल भण्डार रहेको छ ।
यो भण्डारमा रूसी कब्जाले यूक्रेनका साथै डोनाल्ड ट्रम्पलाई पनि कडा झट्का लागेको छ । किनभने यूक्रेनको खनिज सम्पदामा नियंत्रण गर्नका लागि ट्रम्पले हालै भोलोदिमीर जेलेंस्कीसंग एक सम्झौता गरेका थिए ।
अर्कातर्फ अब रूसले यो क्षेत्रमा कब्जा गरेपछि चीनको पनि पहुंच लीथियम भण्डारसम्म पुग्ने ठानिएको छ । यसले उसलाई वैश्विक खनिज बजारमा आफ्नो दबदबा बनाइराख्न सहयोग गर्नेछ ।
शेभचेन्कोको आसपास वैज्ञानिकहरुले १९८२ मै लिथियमको भंडार रहेको पुष्टि गरेका थिए । जमीनमा दबिएको यो खजाना सो क्षेत्रमा ४० हेक्टरमा फैलिएको छ ।
शेभचेन्कोमा अनुमानित १३.८ मिलियन टन लिथियम छ । यो ड्रोन र उन्नत सैन्य प्रणालिहरुमा प्रयोग हुने ब्याट्रीका लागि बहुमुल्य संपत्ति हो ।
अब यो क्षेत्रमा कब्जापछि रूसी अधिकारीहरुले भनेका छन् कि, जब स्थिति सुधार हुनेछ त्यतिबेला लिथियम भंडारको उत्खनन शुरू गरिनेछ ।
रूसले लीथियमको यो ये भंडार प्राप्त गर्नुले विश्ल शक्ति संतुलनलाई नै परिवर्तन गर्न सक्छ । रिपोर्टका अनुसार रूस र चीनले अब यो लिथियम भंडारको उपभोग गर्न सक्छन् ।
यता यसले अमेरिका–यूक्रेनको सुरक्षित आपूर्ति श्रृंखलाको योजना नै खतरामा परेको छ । र मस्कोको यो कदमले वैश्विक प्रविधि र रक्षा बजारहरुमा पुनः नयाँ आकार दिनसक्छ ।
लिथियमलाई यसको गुणका कारण सेतो सुन भन्ने गरिन्छ । यो आधुनिक रक्षा प्रणालिहरुका लागि निकै आवस्यक छ, किनभने यसको प्रयोग ड्रोन, पोर्टेबल संचार उपकरणहरु र उन्नत सेंसरमा उच्च क्षमता भएका ब्याट्रिहरु बनाउन प्रयोग गरिन्छ ।
ड्रोनका अलावा काउंटर–ब्याट्री रडार बनाउनका लागि पनि लीथियम अहम छ । यसको प्रयोग अमेरिकी र यूक्रेनी सेनाले दुश्मनको तोपखाना पत्ता लगाउनका लागि गर्दै आएका थिए ।
शेभचेन्कोमा रूसी कब्जाले अब उसलाई ड्रोन र अन्य प्रविधिहरुका लागि लीथियम आयात गर्नु पर्ने छैन । उसले अहिलेसम्म खासगरी चीनबाट लीथियम किन्दै आएको थियो । चीन वैश्विक लिथियमको राजा नै हो ।
यसमा विश्वभर अहिलेसम्म उसको दबदबा छ । चीनले वैश्विक लिथियम शोधन क्षमताको करीब ६०% नियंत्रित गर्छ । चीन र रूसको हालैका वर्षहरुमा  रक्षा सहयोग बढेको छ ।
यस्तोमा रूसले लिथियमको भंडार प्राप्त गर्नु चीनलाई पनि आफ्नो प्रभाव बढाउनमा सहयोगी सावित हुनसक्छ । यद्यपि शेभचेन्कोको जटिल भूवैज्ञानिक संरचनाका कारण यहाँ लिथियम उत्खनन निकै कठिन काम हो ।
यसका लागि उन्नत संस्करणका प्रविधि आवस्यक पर्छ, जुन पश्चिमी प्रतिबंधहरु जारी रहँदा अहिले रूससंग त्यो छैन । तर यसमा चीनले उसको सहयोग गर्न सक्छ ।
चीनले पहिला पनि म्यांमार र आफ्नो क्षेत्रहरुमा कयौं धातुहरुको उत्खनन गरिरहेको छ । उता अमेरिकाले हालै यूक्रेनका साथ गरेको महत्वपूर्ण खनिज सम्झौता अब खतरामा पर्न सक्छ ।
जसको उद्देश्य यूक्रेनको खनिज भंडारको खोज गर्नु पनि थियो । अब शेभचेन्को रूसमा गाभिनुले यो सम्झौतालाई कमजोर बनाउन सक्छ। यसले यूक्रेनका लागि पनि उसको सेनालाई  आधुनिक बनाउने र पश्चिमी सहयोगीहरुका साथ समन्वयमा मुश्किल हुनेछ।
अर्कातर्फ शेभचेन्कोमा कब्जाले रूसको सैन्य–औद्योगिक क्षमताहरुलाई बढाउने छ । चीनलाई समेत फाइदा हुने गरी रुसले यो सफलता हात पारिरहँदा यता चीनका वैज्ञानिकहरुले पनि एक यस्तो बम तैयार पारेका छन्, जसको बारेमा भनिएको छ कि यसले दुश्मनको बिद्युत पूर्वाधारहरुलाई नष्ट गर्न सक्छ । 
यो एक ग्रेफाइट बम हो, जसले हमला गर्दा टारगेट गरिएको क्षेत्रमा बिजुलीको आपूर्ति पूरै ठप्प हुन्छ । चीनको सरकारी ब्रोडकास्टर सीसीटीभीको सोशल मीडिया प्लेटफर्ममा यसको एक भिडियो साझा गरिएको छ ।
एनिमेटेड भिडियोमा हतियारलाई जमिनमा तैनाथ एक वाहनबाट लन्च गरिएको छ । यद्यपि चिनियाँ सरकारी टिभीले यो हतियारको नामका बारेमा भने कुनै जानकारी दिएको छैन ।
भिडियोमा हतियार लन्च हुनासाथ नै सिलिन्डर आकारका ९० सबम्यूनिशन बाहिर निस्किएका देखिन्छन् । जुन जमिनमा झर्ने वित्तिकै उफ्रिएको देखिन्छन र लगत्तै यसमा विस्फोट हुन्छ ।
यसभित्र हाई भोल्टेज बिजुलीका पूर्वाधारलाई शर्ट सर्किट गर्नका लागि डिजाइन गरिएको पातलो, रासायनिक रूपले उपचारित कार्बन फिलामेन्ट हुन्छन, जो विस्फोटका साथ छरपस्ट हुन्छन् । यी कार्बन फिलामेन्टले दुश्मनको बिजुलीघरलाई खरानी बनाउन सक्छन् ।
च्यानलका अनुसार, यो हतियारले १० हजार वर्ग मिटरभन्दा धेरै क्षेत्रमा बिजुलीलाई अवरुद्ध पारेर पुरै ब्लाकआउट गर्न सक्छ । जुन दुश्मनको कमाण्ड र नियन्त्रण प्रणालीलाई बाधा पुर्याउनका लागि प्रभावकारी मानिएको छ ।
यद्यपि, चिनियाँ सरकारी मिडियाले यो हतियारका नाम बताएको छैन् र यसलाई ’घरेलु रूपबाट निर्मित एक रहस्यमयी मिसाइल’ भनेको । र अहिले यो स्पष्ट भएको छैन कि यो चिनियाँ हतियार विकासको कुन चरणमा पुगेको छ वा यसलाई चिनियाँ सेनाले तैनाथ गरेको छ वा छैन त्यो पनि अहिले पुष्टि भएको छैन ।
सीसीटीभीले यसलाई ग्रेफाइट बमका रूपमा भनेर सम्बोधन गरेको छैन । तर यसका विशेषताहरु ग्रेफाइट हतियारसंग निकै मिल्छन् । भिडियोका अनुसार, यसको रेंज २९० किलोमिटर र यसको वारहेड ४९० किलोग्राम वजनको छ ।
जसले यसलाई सैन्य सबस्टेशनहरु र अन्य विद्युत पूर्वाधारहरुमा हमला गर्नका लागि उपयुक्त बनाएको छ । यसबीच पिपुल्स लिबरेशन आर्मीसंग ग्रेफाइट बमहरु कति छन् वा छ, छैनन् भन्ने बारेमा निकै कम सार्वजनिक रिपोर्ट छन् ।
सन २०१७ मा मोडर्न शिप्स म्यागजिनका संपादक चेन वुंडीले एक टिप्पणीमा ग्रेफाइट बमहरुलाई भविष्यका युद्धमा पीएलएका लागि खेल बदल्ने खालका अपरंपरागत हतियारका रूपमा वर्णन गरेका थिए ।
चेनले भनेका थिए कि यी हतियार पहिला नै चिनियाँ सेनाको सेवामा आइसकेको छ । तर उनले एक पुरानो, कम एडभांस संस्करणलाई उदृत गरेका थिए, जसमा वारहेडको वजन र कभरेज क्षेत्र आधा थियो ।
यस्ता बमहरुको प्रयोग अमेरिकी सेनाले लामो समयदेखि गर्दै आएको छ । इराकमा ग्रेफाइट वारहेडको प्रयोग गरेर र्यास टमहक क्रूज मिसाइलहरुले नेशनल ग्रिडको ८५ प्रतिशत हिस्सालाई निष्क्रिय पारेको थियो, जसले सैन्य कमान, वायु रक्षा र सरकारी संस्थान अध्यारोमा डुबेका थिए ।
अहिले चीनले पनि सोही बम बनाइरहेको भन्ने खबर अनि रुसले अमेरिकाले आँखा गाडेको युक्रेनी लिथियम भण्डार भएको क्षेत्र कब्जा गरेको संदर्भमा तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #nepaltimestrending#चीनको नयाँ ब्लाकआउट बम#नेपाल टाइम्स् ट्रेडिंग#पुटिन र सीको दबदबा बढ्ने

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.