×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

८ भाद्र २०८२
८ भदौ , काठमाण्डौ । 
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्यात दर ९५.७५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा यो हाराहारीमा निर्यात दर बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याँकअनुसार अघिल्लो वर्षको साउन महिनाको तुलनामा झण्डै दोब्बर परिमाणमा अर्थात ९५.७५ प्रतिशतका दरले २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको सामान नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ ।
अघिल्लो वर्ष साउन महिनामा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको विभिन्न सामान नेपालले निर्यात गरेको थियो । साउन महिनामा नेपालमा ११.४२ प्रतिशतका दरले १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ ।
अघिल्लो वर्षको साउन महिनामा भने १ खर्ब २८ अर्ब ३७ करोड ७७लाख रुपैयाँ बराबरको विभिन्न सामान नेपालमा आयात भएको थियो। यो साउन महिनामा नेपालले १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
अघिल्लो आर्थिक वर्षजस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा पनि निर्यातको सूचीमा विभिन्न प्रकारका खाने तेलले स्थानओगट्न सफल भएको छ ।
अघिल्लो आर्थिक वर्षको निर्यातको सूचीमा निक्कै तल झरेको पाम आयल भने चालु आवको साउनमा भने निर्यातको सूचीमा दोश्रो स्थानमा आउन सफल भएको छ ।
तथ्याँक अनुसार साउन महिनामा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँ बराबरको ५० लाख७८ हजार २ सय ३४ किलो सोयाबिन तेल भारतमा निर्यात भएको छ ।
यस्तै ६७ करोड १२ लाख रुपैयाँ बराबरको ३७लाख ५६ हजार ३ सय ६५ लिटर रिफायन्ड पाम आयल भारतमानिर्यात भएको थियो । यस्तै ६५ करोड १४ लाख रुपैयाँ बराबरको ३४ लाख ८९ हजार ९ सय ७६ लिटर सन फ्लावर तेल भारतमै निर्यात भएको छ ।
निर्यातको सूचीमा नेपालको मौलिक उत्पादन कार्पेट भने चौथो नम्बरमा परेको छ । ५५ करोड १८ लाख ९५ हजार रुपैयाँबराबरको १५ हजार ६ सय ९७ स्क्वायर मिटर अमेरिकामा निर्यात भएको छ ।
८५ प्रतिशत पोलिस्टर भएको एकल धागो ४६ करोड ३२ लाख रुपैयाँ बराबरको २२ लाख २९ हजार किलो भारतमा निर्यात भएको छ भने भारतमै ३४ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ४९ हजार फ्रेट टन किलोमिटर निर्यात प्लाइउड निर्यात भएको छ ।
यस्तै ३४ करोड २३ लाख रुपैयाँ बराबरको १२ लाख १५ हजार २ सय १३ किलो कालो चिया र ३२ करोड १७लाख रुपैयाँ बराबरको २ लाख १६ हजार १ सय ५० किलो ठूलो अलैंची भारतमा निर्यात भएको छ ।
चालु आवको साउन महिनामा आयाततर्फ कच्चा सोयाबिन तेलले बर्चस्व कायम गरेको छ । यो महिनामा ८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँको ५ करोड ८० लाख७७हजार ६ सय २६ लिटर कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात भएको छ ।
यस्तै ५ अर्ब ८८ करोड ७७लाख रुपैयाँ बराबरको ६५ हजार १ सय ५६ किलोलिटर डिजेल, ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँबराबरको ६७हजार ७ सय २४ किलोलिटर पेट्रोल र ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
यसैगरी चीनबाट २ अर्ब ६८ करोड ११ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार ८ सय २९ वटा मोवाइल फोन, १ अर्ब ५२ करोड ६३ लाख रुपैयाँ बराबरको १ लाख ग्राम सुन, १ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ बराबरको कच्चा सोयाविन तेल ब्राजिलबाट, १ अर्ब ४० करोड ५ लाख रुपैयाँ बराबरको २ करोड २० लाख ९६ हजार ६ सय ३० किलो चामल भारतबाट र १ अर्ब २८ करोड ९५ लाख रुपैयाँ बराबरको १४ हजार ४ सय ९२ किलोलिटर हवाई इन्धनभारतबाट आयातभएको छ ।
 यसैबीचचालू आर्थिक वर्षको पहिलो महिनामै नेपालमा करिब साढे तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात भएको छ ।चालू आवको साउन महिना भित्र विभिन्न मुलुकबाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ वटा स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ वटा स्मार्टफोन चीनबाट आयातभएका छन् ।
नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जियम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्मार्टफोन आयातहुने गर्दछ ।
अघिल्लो आव२०८१÷८२ को सोहीअवधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयातभएको थियो ।
यस अवधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार वटा स्मार्टफोन चीनबाट आयातभएको थियो ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top