प्रदेशको नाम र स्थायी राजधानी छिट्टै : मन्त्री कार्की

विराटनगर, असोज १८
१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानीको छिट्टै टुंग्याउने सरकारले तयारी गरेको बताएका छन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नेकपाको दुई तिहाइ मत भएपनि प्रतिपक्षी दल कांग्रेससहितको सहमतिमा उक्त निर्णय लिइने बताएका छन् । उनले संसदको दुई तिहाइ मतले अन्तिम निर्णय लिने जानकारी गराउँदै सरकारले सहजीकरणमात्रै गरेको बताए ।

मन्त्री कार्कीले प्रदेशको नामाकरण र राजधानी तोक्ने कुरामा सबै राजनीतिक दलको सहयोगको अपिल पनि गरे । संसदको शून्य समयमा बोल्दै संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले राजधानी विराटनगरको विकल्प खोज्नु नहुनेमा जोड दिए । उनले नेपालको सीमा क्षेत्रभित्रको जहाँसुकैको भूगोलमा पनि यथेष्ट सुरक्षा रहेको बताउँदै विराटनगर असुरक्षित रहने कुरा गलत भएको बताए ।

यादवले पहिचानलाई आधार मानेर नामाकरण गर्नुपर्ने पनि बताए । यस्तै सांसद आशारत्न जबेगुले सरकारका मुख्य अंगहरु विकेन्द्रीकरण गर्न नहुने बताउँदै नामाकरण पहिचानका आधारमा हुनुपर्ने बताईन् ।

संसदको बिहिबार बसेको बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाउने निर्णय गरेको छ । उक्त विधेयक माथि ९ जना सांसदहरुले संशोधन दर्ता गराएका थिए । प्रदेशसभाको अर्को बैठक असोज २१ गते बस्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top