NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

भ्रष्ट नेता कहिले जान्छन् जेल ? रामेश्वरपछि कुलमानले खोले उजुरी पेटिका

बिहिबार अशोज ९ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ असोज , काठमाण्डौ ।

जेनजीले २८ घण्टाभित्र पूरानो राज्य सत्तालाई भगाएर नागरिकस्तरको नयाँ सरकार त बनाए । तर उनीहरुको मुख्य एजेण्डा भ्रष्टाचारीलाई जेल हाल्नु पर्ने भन्ने विषयमा नागरिक सरकार समेत अन्योलमै रहेको छ ।

सुशीला कार्की नेतृत्वको सरकारको दुई साता पुग्नै लाग्दासम्म सरकारले धेरै महत्वपूर्ण निर्णयहरु गरेपछि भ्रष्टाचार छानविनका विषयमा भने कुनै निर्णय गरेको छैन् ।

LS Auto

जेनजी आन्दोलनको मुख्य एजेण्डा नै पूरा नहुने त होइन भन्ने प्रश्नहरु जेनजीभित्रै बढ्दै गएका बेला सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे जानकारी दिँदै माथिको प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ’, उनले भनेका छन्, ‘एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो।’

तीनवटा मन्त्रालयका काम÷कारबाहीको जिम्मेवारीका कारण व्यस्तता रहेकाले नागरिकले खोजेको समयमा भौतिक रूपमा वा फोनमा समेत उपलब्ध हुन नसकेको जानकारी पनि उनले गराएका छन्।

‘तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी वहन गरिरहँदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र, यसै सिलसिलामा यहाँहरूले खोजेको समयमा भौतिक रूपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन’, उनले अगाडि लेखेका छन्, तपाईंलाई आश्वस्त पार्न चाहन्छु– तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउँदछु।’

मन्त्री घिसिङले आफूले सम्हालिरहेका तीन मन्त्रालयसँग कुनै गुनासा, समस्या वा सुझाव भए पठाउन अनुरोध गर्दै उजुरी पेटिका समेत खोलेका छन्। यसका लागि यस्तो शैली अपनाउन उनले भनेका छन्।

१. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका÷नगरपालिका÷म​हानगरपालिका) र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।

२. सन्देशको सार संक्षेपमा (१–२ वाक्य) र आवश्यक सपोर्टिङ कागजात÷फोटो भए संलग्न गर्नुहोस्।

३. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा अर्जेन्ट÷अत्यन्त जरुरी उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

यसअघि अर्थसहित सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले ६ घण्टामै १६६ गुनासा आएको सार्वजनिक गरेका थिए । अन्तरिम सरकारका अर्थमन्त्री खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताए् ।

डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् । ’१६६ वटा इमेलहरू अर्थ मन्त्रालयको गुनासो मेलबक्समा र मेरो आधिकारिक इमेल आईडीमा यस प्रणाली सुरु गरिएको करिब छ घण्टामै प्राप्त भए ।

करिब दुई दर्जन इमेलमा जवाफ दिइयो र अधिकांशमा आवश्यक कारबाही गरियो।’ मन्त्री खनालले भनेका छन् – ’बाँकीलाई सकेसम्म चाँडै जवाफ दिइनेछ । यसले मानिसहरू÷संस्थाहरूले भोगेका समस्याको समाधान खोज्न सिंहदरबारमा व्यक्तिगत रूपमा जानुपर्ने आवश्यकता हटाउनेछ।’

अर्थ मन्त्रालयले आफू मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा बित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दवाब दिएको एवम् घूस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा दुईवटा इमेल वा टोल फ्रि नम्बरमा सोझै गुनासो गर्न सकिने व्यवस्था गरेको थियो ।

उता जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिएका भनिएका नोटहरूको अनुसन्धान गरेर मुचुल्का उठाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा जलेका भनिएका नोट र जलेको घरको मुचुल्का उठाएर अनुसन्धान थालेको हो ।

विभागलाई सरकारले हालै मात्र प्रधानमन्त्री मातहतबाट अर्थ मन्त्रालय मातहत ल्याएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले मंगलबार प्रचण्डको तत्कालीन निवास खुमलटार पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा प्रचण्ड निवासमा नोट जलेको भनेर देखाइएको घटनास्थलको हो कि होइन भनेर विभागले मुचुल्का उठाएको छ ।

आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। ती भिडिओहरू समेत विभागले अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

कतिपय विदेशमा जलेका नोटका भिडिओ समेत भाइरल भइरहेकाले वास्तविकता परीक्षणपछि मात्र थाहा हुने विभागले जनाएको छ । यसअघि विभागले देउवा र खड्का निवासको पनि घटना मुचुल्का तयार पारेको थियो ।

यदि ती रकम जलेको पुष्टि भएमा त्यसको स्रोत, कानूनी अवस्था र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अनुसन्धानमा अघि बढ्नेछ । धेरैजसो नोट जलिसकेका र जलेका नोटका समेत केही मात्र भेटिएका र धेरै रकम लुटपाट भइसकेको अनुमान छ ।

अहिले प्रचण्ड र देउवा निवासमा प्रवेश रोक लगाइएको छ । विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको थियो ।

टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको थियो भने केही जलेका नोट लगेका व्यक्तिहरूले पनि अनुसन्धानमा सघाउन भन्दै प्रहरीलाई बुझाएका छन् ।

यसको वास्तविकता खुलेपछि उनीहरुविरुद्ध कारबाही गर्न सकिने आधार मिल्न सक्ने सुरक्षाअधिकारी बताउँछन् ।

Tags: #भ्रष्ट नेता कहिले जान्छन् जेल ?#कुलमानले खोले उजुरी पेटिका

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.