NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

ओली सार्वजनिक कार्यक्रममा प्रकट, पासपोर्ट रोक्काले आगो

शनिबार अशोज ११ , २०८२
Reading Time: 1 min read
A A
ओली सार्वजनिक कार्यक्रममा प्रकट, पासपोर्ट रोक्काले आगो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ असोज , काठमाण्डौ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् । कार्यक्रममा ओलीसहित पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुशीला कार्की नेतृत्वको सरकारमाथि आगो ओकलेका छन् । यस्तै उनले आन्दोलनको क्रममा २४ गते आफूलाई मार्ने योजना बनेको दाबी गरेका छन् ।

गुण्डु पुगेका पार्टी निकट आदिवासी जनजाति नेता कार्यकर्तामाझ उनले बालुवाटारबाट भाग्दाको क्षण सुनाएका छन् । ओलीले कांग्रेस सभापति देउवालाई घाइते बनाउने र ५ मिनेटमात्र ढिला भएको भए आफूलाई मार्ने योजना भएको बताए ।

सुरक्षाकर्मीमाथि भरोसा भएपनि ‘हामी केही पनि गर्न सक्दैनौं’ भनेर बालुवाटारबाट निकालेको उनले सुनाए । जीवनमा यस्ता उतारचढाव, मारिने परिस्थिति कति आए, कति मारिँदा–मारिँदै उम्केको । यसपल्ट पनि पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिं मार्ने खालकै योजना रहेछ । र, मार्न खोजेका हुन् तर पाएनन् । अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो तर हामी केही पनि गर्न सक्दैनौं भनेर अन्तिममा सेनाले भगाइसम्म दियो । त्यहाँबाट निकाल्यो भनौं न । नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ । त्यो अवस्थाबाट पनि जोगिया छ, उनले भने ।

उनले आफ्नो मनोबल कहिल्यै कमजोर नभएको भन्दै थपे, ‘कमजोर मनोबल भएर हामी केही गर्न सक्दैनौं । यसका विरुद्ध ठूलो षड्यन्त्र भइराख्या छ । षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ, हरेस खानु हुँदैन । एकजुट भएर अगाडि बढ्नुपर्छ। देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरु यो त महाअपराधिक घटना, क्रियाकलाप हो । यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौं हामीले । एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रो चाहिँ अलिकति कमजोरी भयो । यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्वहरु, अपराधि तत्वहरु विभिन्न ठाउँ–ठाउँमा पनि पुग्या रहेछन् ।’

अहिले पनि फलानालाई मार्नुपर्छ, घरमा आगो लगाउनुपर्छ भनिरहेको बताउँदै ओलीले भने, ‘कस्तो वाक स्वतन्त्रता, कस्तो अधिनायकवाद हो, तानाशाही हो ? यिनले कस्तो व्यवस्था ल्याउन चाहेको ?’

यस्तै ओलीले देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन चलाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने, ‘विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन चलाइहाल्ने प्रवृत्ति बढेको छ। भ्रमको खेती गर्नेहरू लागिरहेका छन्।’

उनले एमाले नेतृत्वको सरकार बनेपछि देश विकासमा ऐतिहासिक काम गरेको दाबी गरे । सम्बोधनका क्रममा ओली सरकारमाथि पनि खनिए । सरकाले पूर्वपदाधिकारीको सुविधा फिर्ता लिने निर्णय गरेकामा पनि आपत्ति जनाए ।

सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताए । ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको ? भन्दै प्रश्न समेत गरेका छन् । ‘अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔं भनेर देखाइएको छ । घर तोकिएको छ । सरकार के हेरेर बसेको छ ?,’ ओलीको प्रश्न छ ।

उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरे । ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?,’ ओलीले भने, ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’

उनले मौसम पनि सधैं एकनास नहुने बताउँदै फेरि मुसुक्क हाँस्ने बताए । ‘खैर म भन्न चाहन्छु, मौसम पनि सधैं एकनास हुँदैन । फेरि मुसुक्क हाँस्छ । झरी बादलको समय आयो भनेर फेरि मुसुक्क हाँस्छ,’ उनले भने ।

यस्तै पूर्वप्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन पनि सुझाव दिएका छन् । उनले भने, ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीको माध्यमबाट बनेको हो। यो सरकारलाई भन्छु– मेरा कुराहरू हिम्मतका साथ प्रकाशित गरोस्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको, रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस्।।’

ओलीले जेनजी आन्दोलनका बेला आफूले गोली चलाउने आदेश नदिएको दाबी गरे । जेनजीको भ्रष्टाचार अन्त्य नहोस् भन्ने मागसँग गम्भीरताका साथ लिएको थिएँ। तर देश त्यतापट्टि गएन। छानबिन आयोग भनेको छ, आयोगले छानबिन गर्ला, आयोगको प्रतिवेदन पर्खिनुपर्ला। त्यो आदेश दिने, कार्यान्वयन गर्ने को हो? विभिन्न प्रकारका भिडिओ आएका छन्, कति सत्य हुन? कति एआईनिर्मित हुन? आयोगले छुट्याउला। प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न थाहा पाउँछ। यत्तापट्टि म सबैलाई स्पष्ट हुन चाहन्छु।’

उनले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरे । कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए ।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’ उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

सुशीला सरकारमाथि ओली गर्जिरहँदा यता पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि फायर खोले ।

उनले मेयर बालेन्द्र शाहको खेल सफल हुन नदिने समेत जिकिर गरे । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने।

साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाए ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

बस्नेतले ओली सरकारमा रहुन्जेल देश सुरक्षित रहेको तर राजीनामा दिएपछि देश विदेशीको हस्तक्षेपमा गएको समेत बताएका छन् ।

Tags: #ओली सार्वजनिक कार्यक्रममा प्रकट#सुशीला सरकारविरुद्ध ओली

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.