×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

ओली सार्वजनिक कार्यक्रममा प्रकट, पासपोर्ट रोक्काले आगो

११ आश्विन २०८२

११ असोज , काठमाण्डौ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् । कार्यक्रममा ओलीसहित पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुशीला कार्की नेतृत्वको सरकारमाथि आगो ओकलेका छन् । यस्तै उनले आन्दोलनको क्रममा २४ गते आफूलाई मार्ने योजना बनेको दाबी गरेका छन् ।

गुण्डु पुगेका पार्टी निकट आदिवासी जनजाति नेता कार्यकर्तामाझ उनले बालुवाटारबाट भाग्दाको क्षण सुनाएका छन् । ओलीले कांग्रेस सभापति देउवालाई घाइते बनाउने र ५ मिनेटमात्र ढिला भएको भए आफूलाई मार्ने योजना भएको बताए ।

सुरक्षाकर्मीमाथि भरोसा भएपनि ‘हामी केही पनि गर्न सक्दैनौं’ भनेर बालुवाटारबाट निकालेको उनले सुनाए । जीवनमा यस्ता उतारचढाव, मारिने परिस्थिति कति आए, कति मारिँदा–मारिँदै उम्केको । यसपल्ट पनि पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिं मार्ने खालकै योजना रहेछ । र, मार्न खोजेका हुन् तर पाएनन् । अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो तर हामी केही पनि गर्न सक्दैनौं भनेर अन्तिममा सेनाले भगाइसम्म दियो । त्यहाँबाट निकाल्यो भनौं न । नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ । त्यो अवस्थाबाट पनि जोगिया छ, उनले भने ।

उनले आफ्नो मनोबल कहिल्यै कमजोर नभएको भन्दै थपे, ‘कमजोर मनोबल भएर हामी केही गर्न सक्दैनौं । यसका विरुद्ध ठूलो षड्यन्त्र भइराख्या छ । षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ, हरेस खानु हुँदैन । एकजुट भएर अगाडि बढ्नुपर्छ। देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरु यो त महाअपराधिक घटना, क्रियाकलाप हो । यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौं हामीले । एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रो चाहिँ अलिकति कमजोरी भयो । यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्वहरु, अपराधि तत्वहरु विभिन्न ठाउँ–ठाउँमा पनि पुग्या रहेछन् ।’

अहिले पनि फलानालाई मार्नुपर्छ, घरमा आगो लगाउनुपर्छ भनिरहेको बताउँदै ओलीले भने, ‘कस्तो वाक स्वतन्त्रता, कस्तो अधिनायकवाद हो, तानाशाही हो ? यिनले कस्तो व्यवस्था ल्याउन चाहेको ?’

यस्तै ओलीले देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन चलाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने, ‘विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन चलाइहाल्ने प्रवृत्ति बढेको छ। भ्रमको खेती गर्नेहरू लागिरहेका छन्।’

उनले एमाले नेतृत्वको सरकार बनेपछि देश विकासमा ऐतिहासिक काम गरेको दाबी गरे । सम्बोधनका क्रममा ओली सरकारमाथि पनि खनिए । सरकाले पूर्वपदाधिकारीको सुविधा फिर्ता लिने निर्णय गरेकामा पनि आपत्ति जनाए ।

सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताए । ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको ? भन्दै प्रश्न समेत गरेका छन् । ‘अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔं भनेर देखाइएको छ । घर तोकिएको छ । सरकार के हेरेर बसेको छ ?,’ ओलीको प्रश्न छ ।

उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरे । ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ । सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?,’ ओलीले भने, ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?’

उनले मौसम पनि सधैं एकनास नहुने बताउँदै फेरि मुसुक्क हाँस्ने बताए । ‘खैर म भन्न चाहन्छु, मौसम पनि सधैं एकनास हुँदैन । फेरि मुसुक्क हाँस्छ । झरी बादलको समय आयो भनेर फेरि मुसुक्क हाँस्छ,’ उनले भने ।

यस्तै पूर्वप्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन पनि सुझाव दिएका छन् । उनले भने, ‘यो सरकार जनताको अभिमतबाट बनेको होइन, तोडफोड र आगजनीको माध्यमबाट बनेको हो। यो सरकारलाई भन्छु– मेरा कुराहरू हिम्मतका साथ प्रकाशित गरोस्। कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको, रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस्।।’

ओलीले जेनजी आन्दोलनका बेला आफूले गोली चलाउने आदेश नदिएको दाबी गरे । जेनजीको भ्रष्टाचार अन्त्य नहोस् भन्ने मागसँग गम्भीरताका साथ लिएको थिएँ। तर देश त्यतापट्टि गएन। छानबिन आयोग भनेको छ, आयोगले छानबिन गर्ला, आयोगको प्रतिवेदन पर्खिनुपर्ला। त्यो आदेश दिने, कार्यान्वयन गर्ने को हो? विभिन्न प्रकारका भिडिओ आएका छन्, कति सत्य हुन? कति एआईनिर्मित हुन? आयोगले छुट्याउला। प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न थाहा पाउँछ। यत्तापट्टि म सबैलाई स्पष्ट हुन चाहन्छु।’

उनले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरे । कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए ।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’ उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

सुशीला सरकारमाथि ओली गर्जिरहँदा यता पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि फायर खोले ।

उनले मेयर बालेन्द्र शाहको खेल सफल हुन नदिने समेत जिकिर गरे । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने।

साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाए ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

बस्नेतले ओली सरकारमा रहुन्जेल देश सुरक्षित रहेको तर राजीनामा दिएपछि देश विदेशीको हस्तक्षेपमा गएको समेत बताएका छन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top