NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

आरजुका भाइ भूषणको घरमा सिआइबीको छापा

सोमवार अशोज १३ , २०८२
Reading Time: 1 min read
A A
आरजुका भाइ भूषणको घरमा सिआइबीको छापा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ असोज ,काठमाण्डौ ।

सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओली शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकसहित केही कर्मचारीमाथि पनि हिडडुलमा कडाई तथा पासपोर्ट रोक्का गरेको संदर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना पूर्वसांसदहरुलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, पार्टीका पूर्वसांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको हो । जेनजी प्रदर्शनपछि रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका थिए ।

LS Auto

त्यस्तै, पार्टीले ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं,’ रास्वपाले भनेको छ, ‘तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

यता केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा छापा मारेको छ । सिआइबीको टोलीले राणाको घरमा छापा मारेर कागजात र उपकरण नियन्त्रणमा लिइएको छ ।

सिआइबीको टोली आइतबार दिउँसो ललितपुरको जावलाखेलस्थित भूषणको घरमा पुगेको हो । पछिल्लो एक महिनादेखि आरजुका भाइ भुषण नेपालमा नरहेको पनि खुलेको छ ।

विभागका अधिकारी भन्छन्, ‘अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिँदैन । सम्पत्ति आर्जनसँग जोडिएका विषयमा शंका गरिएका व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान जारी छ’ ।

दिदी आरजु र भिनाजु देउवाको आडमा भूषणले अर्बौं रुपैयाँका सार्वजनिक ठेक्कापट्टामा चलखेल गरेको आरोप लाग्दै आएको छ ।

वाइडबडी र नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुसँगै भूषणमाथि पनि शंका गरिएको थियो तर सत्ता र शक्तिको प्रभावका कारण दुवैमाथि निष्पक्ष अनुसन्धान हुन सकेको छैन ।

भदौ २४ गते काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए। आगजनी हुँदा उनको घरमा जलेका रकम पनि देखिएका थिए ।

यसैबीच सम्पत्ति शुद्धीकरणको लागि भइरहेको अनुसन्धानमा भूषण समेत जोडिन सक्ने देखेर प्रहरीको टोली त्यहाँ पुगेको हो । यद्यपि प्रहरीको टोलीले कसैलाई नियन्त्रणमा लिने वा कुनै सामान बरामद भने नगरेको बताइएको छ ।

विभागको टोलीले घरमा भेटिएका जलेका रकमबारे छुट्टै अनुसन्धान गरिरहेको छ । आगजनीका क्रममा घरभित्र अस्वाभाविक रूपमा पैसा भेटिएको÷जलेको भिडियो र तस्बिर आएपछि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पनि विभागको अनुसन्धानमा तानिएका छन् ।

विभागले देउवा, दाहाल र खड्काको निवासमा पुगेर मुचुल्का उठाइसकेको छ । घटनास्थलबाट संकलन गरिएका सबुद प्रमाण विधि विज्ञान प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ ।

‘अनुसन्धानका विभिन्न चरण हुन्छन्, जलेका नोटको विवरण संकलन गरेर प्रयोगशालामा परीक्षण गर्न पठाइएको छ । शंका लागेका व्यक्तिमाथि पनि एकसाथ अनुसन्धान भइरहेको छ,’ विभागका अधिकारीले भने ।

हिजै सरकारले ओली, लेखकसहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गरेको हो ।

जेन–जीको विद्रोहका घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का गर्दै उनीहरूलाई अनुमतिबिना उपत्यका बाहिर जान पनि रोक लगाइएको छ ।

उनीहरू कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले उपत्यका बाहिर जान नपाउने प्रबन्ध मिलाउन सम्बन्धित निकायमा सिफारिस गरिएको आयोगले जनाएको छ ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन समयमा सत्तामा रहेकाहरूबाटै अनुसन्धान सुरु गर्नुपर्ने देखिएकाले यात्रा रोकका लागि सिफारिस गरेको बताए ।

‘आयोगले चाहेको समयमा उहाँहरूलाई उपस्थित गराउनुपर्ने हुन्छ । हामीलाई सरकारले जे कार्यादेश दिएको थियो, त्यहीभित्र रहेर निर्णय गरेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि उहाँहरू निर्दोष पनि हुन सक्नुहुन्छ ।’

जेन–जी आन्दोलनमा सहभागी समूहहरूले त्यति बेला सत्तामा रहेका प्रधानमन्त्रीदेखि जिम्मेवार अधिकारीलाई तत्काल पक्राउ र निलम्बन गर्न माग गरेका थिए ।

निलम्बन, पासपोर्ट रोक्का वा अरू कारबाहीका लागि सिफारिस गर्ने अधिकार जाँचबुझ आयोगलाई रहेको सरकारले जनाएको थियो ।

जाँचबुझ आयोगका एक सदस्यले पहिलो चरणमा पाँच जनाको हकमा निर्णय गरिएको र बिस्तारै अरूको हकमा पनि यस्तै निर्णय हुने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन मन्त्रिपरिषद्का सबै सदस्य, सुरक्षा निकायका जिम्मेवार अधिकृतहरू छानबिनमा तानिने ती सदस्यको भनाइ छ ।

मन्त्रिपरिषद्ले २३ र २४ भदौका घटना जाँचबुझका लागि विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

समितिको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न भन्दै विज्ञसहितको जनशक्ति व्यवस्थाका लागि समेत गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

Tags: #आरजुका भाइ भूषण#भूषणको घरमा सिआइबीको छापा

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 
ताजा समाचार

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट
ताजा समाचार

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.