NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु शुक्रबार अशोज २४ , २०८२
दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर शुक्रबार अशोज २४ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ बिहिबार अशोज २३ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ? बिहिबार अशोज २३ , २०८२
Next
Prev

समाचार

ओलीले ओछ्यान नपरुन्जेलसम्म पद नछाड्ने

बिहिबार अशोज २३ , २०८२
Reading Time: 1 min read
A A
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ असोज , काठमाण्डौ ।

भदौ २३ र २४ गतेको जेनजी प्रर्दशनमा दमन गरी युवाको हत्याको नैतिक आरोप बोकिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने सपना बुन्न थालेका छन् ।

जेनजी आन्दोलनमा ७६ जनाको मृत्युको कारक रहेको आरोप काँधमा बोकेका ओली पार्टी नेतृत्व छाड्ने होइन फेरि देशको नेतृत्वमा पुग्ने सपना देख्न थालेका छन् । जेनजी आन्दोलनपछि ओलीले अध्यक्ष छाड्नु पर्ने र पार्टी पुर्नगठन गर्नुपर्ने नेताहरुको आवाज उठाइरहदा समेत ओलीले आफूले नसकुन्जेल नेतृत्व नछाड्ने सन्देश दिएका छन् ।

अर्कातर्फ नेपाली कांग्रेससँग मिलेर संसद पुर्नस्थापनाका लागि अदालत जाने तयारीमा एमाले लागिपरेको छ । अब बस्ने सचिवालय र केन्द्रीय कमिटि बैठकबाट निर्णय गराएर अदालत जाने संविधान अनुरुप दलहरुको सरकार नै ब्युत्याउने योजनामा एमाले लागेको छ ।

जेन–जी आन्दोलनपश्चात जेनजी आन्दोलनपछि नेकपा एमालेको नेतृत्व छाड्न केही नेताले दबाब दिइरहेका बेला ओलीले पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षसँग भर्चुअल छलफल गरेका छन् । भर्चुअल बैठक झण्डै साढे २ घण्टा चलेको थियो ।

ओलीले त्यो दिन अधिकांश समय भर्चुअल बैठकमा सहभागीका कुरा सुनेका थिए । सोक्रममा उनले आफूले सक्रियता, इमान र विचारले कहिल्य पनि पार्टीको शिर निहुरिन नदिने प्रष्ट पारेका छन् ।

सो क्रममा ओलीले अहिलेको परिस्थितिमा आफूले नेतृत्व नछाड्ने बताएका छन् । ओलीले भनेका छन्, ‘जबसम्म म सक्छु, नसक्ने भएपछि छोड्दिन्छु म ।’ आसन्न सचिवालय र केन्द्रीय कमिटी बैठकमा छलफल गरी पार्टीको योजना ठोस रूपमा अघि बढाउने उनको भनाइ थियो ।

अर्थात ओली ओछ्यान नपरुन्जेल सम्म पद नछाड्ने मनस्थितीमा पुगिसकेका छन् । ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको बताएका छन् ।

‘संविधानबाहिरबाट बनेको सरकारले चुनाव गराउँछ भन्ने विश्वसनीय आधार नभएको उनले बताएका थिए । फागुन २१ मा चुनाव हुने भनिएकाले मंसिर वा पुसभित्र महाधिवेशन आयोजना गर्न सकिने नेताहरूको भनाइ छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागु हुनेगरी वर्तमान प्रतिनिधिसभाको विघटन भएको विज्ञप्ति सोही दिन राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको थियो।

सो विज्ञप्तिमा राष्ट्रपति पौडेलद्वारा २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको छ। तर काग्रेस र एमाले अझै पनि निर्वाचनमा जाने तर्फ तयार भइसकेका छैनन् ।

दुवै दलले केन्द्रीय किमिटिका बैठकहरु आह्वान गरेपनि नेताहरुले संसद पुर्नस्थापनामा जोड दिन थालेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा ब्युँताउनका लागि अदालत जाने कि भन्ने विषयमा दलहरुसँग छलफल भैरहेको बताएका छन् ।

‘अहिले मुलुकको अवस्था अत्यन्तै अन्योलपूर्ण छ। शान्ति सुरक्षाको अवस्था पनि निकै कमजोर छ। सरकारले सुरक्षा दिएर निर्वाचन गराउने अवस्था देखिँदैन। अन्योल र अनिश्चितताको अवस्थामा प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने विकल्प खुला राख्नुपर्छ भन्नेमा दलहरुबिच छलफल भैरहेको छ’, महतले भनेका छन् ।

यस्तै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा जाने विषयमा दलहरुसँग छलफल भइरहेको बताएका छन् ।

‘प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानेबारे दलहरुसँग कुराकानी भैरहेको छ। अन्तरिम सरकारको गतिविधि चुनावमा केन्द्रित हुने देखिँदैन। यो विषयमा थप छलफल हुँदैछ। प्रतिनिधिसभा विघटनमा असहमति राख्ने अनि विकल्प पनि नखोज्ने भन्ने होइन’, गौतमले भनेका छन् ।

कांग्रेसको एउटा समूहले एमालेसँग प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने विषयमा कुराकानी गरिरहेको छ। अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए कांग्रेसको नेतृत्वमा सरकार बन्ने सभावना हुन्छ ।

कांग्रेसभित्र विभन्न समूह छन्। तीमध्ये सभापति देउवाको खेमा प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने विकल्प खुला राख्नुपर्ने पक्षमा छ। प्रतिनिधिसभा विघटनका विषयमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको धारणा भने केन्द्रीय समितिको बैठकमा आउने बताइएको छ ।

उनीहरु तत्काल कांग्रेस नेतृत्वमा पुर्नगठनको पक्षमा छन् भने यसका लागि उनीहरुले हस्ताक्षर अभियान समेत चलाइरहेका छन् । एमाले नेता महेश बस्नतेले बुधबार प्रतिनिनिधसभा पुनस्र्थापनाको माग लिएर अदालत जाने बताएका छन्।

बस्नेतले प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा पार्टी स्वयंले अघि बढाउने वा कानुन व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा छलफल भईरहेको जानकारी दिएका छन् । एमाले र कांग्रेसको संस्थापक पक्ष संसद पुर्नस्थापनाका लागि अदालत जाने तयारी गरिरहेका बेला माओवादीका नेताहरुले भने निर्वाचनलाई नै जोड दिइरहेका छन्।

माओवादी केन्द्रले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्रउमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परेमा आवश्यक प्रक्रिया पु¥याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ ।

परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।’

यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रम सँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ ।

Tags: # अझै प्रधानमन्त्री बन्ने लक्ष्यमा ओली

लोकप्रीय

हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर

विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक

शुक्रबार अशोज २४ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

शुक्रबार अशोज २४ , २०८२

विचार

हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर

विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक

शुक्रबार अशोज २४ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

शुक्रबार अशोज २४ , २०८२

थप समाचार

हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर
अन्तर्राष्ट्रिय

विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक

शुक्रबार अशोज २४ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?
ताजा समाचार

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर
ताजा समाचार

दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

शुक्रबार अशोज २४ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

बिहिबार अशोज २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

हालका पोस्टहरू

हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर

विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक

शुक्रबार अशोज २४ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.